सुनसरी । सुनसरीको रामधुनी क्वारेन्टाइनमा एक जना पुरुषका कोरोना भेटिए सँगै प्रदेश १ मा सोमबार ६ जना संक्रमित थपिएका छन् ।
सुनसरीको रामधुनी नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना सहित झापामा ४ जना र मोरङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा कोरोना संक्रमतिको संख्या ७ सय ३० पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार रामधुनीका १ जना, झापाको गौरीगञ्जमा ३ पुरुष र दमकमा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै, मोरङको कटहरीमा एक जना पुरुषमा संक्रमण देखिएको हो ।
प्रदेश १ मा सोमबार ३३ जना निको भएर डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत झापाका २०, मोरंगका ५, संखुवासभाका ३, सुनसरी र खोटाङका २–२ र ताप्लेजुङका १ पुरुष डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ६ सय ४ पुगेको छ ।