१ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया पारीत गर्दै बेलबारीको छैटौ नगरशभा सकियो

  • असार ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी ÷ १ अर्ब १३ करोड ५६ लाख ९ हजार ९ सय ६५ रुपैया बजेट पारीत गर्दै बेलबारी नगरपालिकाको छैटो नगरशभा सम्पन्न भएको छ ।

नगरशभाले कृषि, शिक्षा, स्वास्थ्य तथा नगरका गौरबका आयोजनालाई प्राथमिक्ता दिने समेत निर्णय गरेको छ भने केहि नयाँ योजनाहरु समेत थपेको छ । बेलबारी १ मा बन्न लागेको बेलबारी कम्पलेक्सलाई समेत नगरपालिकाले गौरबको योजनाका रुपमा लिएको छ । केहि दिन अघि मात्रै कम्पलेक्स निर्माणका लागि नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले नगर विकास कोष सँग सम्झौता गर्नु भएको थियो ।

मोरङको बेलबारी नगरपालिका वडा नम्बर १ मा नगरपलिकाको स्वामित्वमा रहेको जग्गामा निर्माण गर्न लागिएको आधुनिक सपिङ कम्प्लेक्सको नगर विकास कोषसँग सोमबार नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सम्झौता गर्नु भएको छ ।

२० करोड ९ लाख ८० हजार लागतमा निर्माण गर्न लागिएकोnagar sava 2 उक्त कम्पलेक्स १८ महिना भित्रमा निर्माण कार्य सक्ने लक्ष्य

राखिएको नगर प्रमुख सुवेदीले बताउनु भयो । नगर विकस कोषको ७० प्रतिशत सहुलियत ऋण र ३० प्रतिशत नगरपालिकाले ब्यहोर्न गरी सम्झौता गरीएको थियो । २० करोड ९ लाख ८० हजार लागतमा निर्माण गर्न लागिएको उक्त कम्पलेक्स १८ महिना भित्रमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको समेत नगरशभामा नगर प्रमुख सुवेदीले जानकारी गराउनु भएको थियो । यस्तै १५ शैया बेडको अस्पताल बनाउने समेत नगर प्रमुख सुवेदीले नगरशभामा जानकारी गराउनु भएको छ ।

नगरशभाले गरिवसँग नगरपालिकालाई निरन्तरता दिदै विपन्न परिवारलाई बस्तुगत राहत सहयोग तथा सिप क्षमता र सामान्य पुजिको अभावमा जिविको पार्जन गर्न कठिन भएका ब्याक्ति वा समुहरुलाई उद्यम शिलतामा अग्रसर गराउनका लागि १ करोड ९६ लाख ५० हजार रुपैया बिनियोजन गरेको छ ।

कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्केका ब्याबसायिक सिप र क्षमता भएर पनि ब्याबसायिक उद्यममा नलागेका स्थानिय युवाहरुलाई आफनै भुभिमा परिश्रम र सहकार्य गराउदै युवाहरुलाई स्वरोजगार बनाउनका लागि १ करोड रकम बिनियोजन नगरशभाले गरेको थियो ।

बायेर बोकाको स्रोत केन्द्र बिस्तार गर्नका लागि १ करोड २५ लाख नगरपालिकाले छुट्याएको छ भने नगरपालिकाले ३ महिना भन्दा बढि समय खान नपुग्ने अति विपन्न परिवारका लागि खाध्य सुरक्षा विपत सहजताका लागि १ करोड बजेटको ब्यबस्थापन गरेको छ । एक वडा एक उत्पादन साहकार तुल्याउन प्रत्येक वडाले न्यूनतम ५ लाख रुपैया र वडाले नै फलफुल उत्पादनमा आत्मनिर्भर बनाउन २ लाख रुपैयाको बजेटको नगरशभा वाट छुटयाइएको छ ।

कृषिलाई आधुनिकरण र ब्याबसायिकरण गर्न प्रोत्सान गर्दै नमुना कृषि फर्म संचालन गर्ने, चाक्लाबन्दि खेतिगर्ने, बाझो जग्गा राख्न नपाइने समेत निति तथा कार्यक्रममा उल्लेख गरीएको छ । पशु स्वास्थ्य लाई प्रभावकारी बनाउनका लागि २२ जनालााई पशु प्राविधिक बनाउने निति तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

नगरपालिकाले आफनो गौरवकै आयोजनाका रुपमा लिभ्रा कम्पनिसँगको सहकार्यमा फोहोरमैला ब्यबस्थापन, २४ करोडको लागतमा बेलबारी कम्पेल्कस, रैझार पुल ,अमना सिसौलि परियोजना, बेलबारी बहुमुखि क्याम्पस, रमिते पर्यटकिय क्षेत्र,उज्यालो बेलबारी कार्यक्रम, धनपालगढि, नगरपालिकाको भवन, सौर्य उर्जा कार्यक्रमलाई लिएको छ ।

यस्तै नगरशभाले बेलवारी नगरपालिकाको चिसाङ र लोहन्द्राखोलाको बक्राहा सिचाई आयोजना अन्तर्गत राखीएको हुँदा यसको दिगो एवम् व्यवस्थित नदि नियन्त्रणको कार्य गर्न गराउन प्रदेश सरकार तथा सघिय सरकार सँग माग गरेको छ ।

पेट्रोल खानि अन्वेषणको तथा पेट्रोल उत्खनन् गरी प्रसोधन गर्न बिस्तृत अध्ययन गरी उत्खनन् कार्य अघि बढाउन नेपाल सरकारसँग अनुरोध गर्ने , सिमसार क्षेत्रको, रमिते पर्यटकिय क्षेत्र र सृजनापार्कको संरक्षण तथा बिकासका लागि योजनामा समावेस गरी बजेट ब्यवस्थापन गर्न प्रदेश सरकार सँग माग गर्ने,नगरपालिका क्षेत्रमा हजारौको संख्यामा रहेका सुकुम्बासीहरुको दिगो ब्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने , हुलाकिमार्ग १३ कि.मी सडक स्तर उन्नती, र कालोपत्रे, पुल निर्माण गर्नका लागि योजनामा समावेस गर्दै बजेट ब्यवस्थापन गरीदिन प्रदेश सरकार सँग अनुरोध गर्ने ,रोजगारी अभिबृद्धि तथा गरिव परिवारलाई उद्यम बिकासमा सहभागि गराई आर्थिक अबस्था सुधार गर्ने उदेश्यले आ.ब. २०७५।०७६ मा संचालन गरिने “गरिव सँग नगरपालिका”कार्यक्रमा सहकार्य गर्न सम्बद्ध कार्यालय संस्थाहरुसँग अनुरोध गर्ने,बेलवारीमा संचालन भईरहेको बेलवारी बहुमुखी क्याम्पस भवन निर्माणको लागि प्रदेश तथा नेपाल सरकार सँग अनुरोध गर्ने, नगर क्षेत्रको दक्षिणी हुलाकि सडक खण्ड दुहवी मोतिपुर ग्रामथान हुदै बेलवारीको ५,६,७ नं वडा भएर पुर्व तर्फ कानेपोखरी गाउपालिका सुनवर्षी नगरपालिका जोडने सडक निर्माणको लागि आबश्यक बजेट बिनियोजन गरी कार्यन्वयन गर्न संघ तथा प्रदेश सरकार सँग अनुरोध गर्ने ।

भाउन्ने आमतोला सडक निर्माणका लागि प्रदेश सरकारबाट चालु आ.व.मा बहुवर्षिय योजनाको रुपमा अगाडी बढाइएकोमा सो योजनाको यथासिघ्र कार्यान्वयनगर्न प्रदेश सरकार समक्ष अनुरोध गर्ने बेलबारी नगरपालिकामा खेलकुद विकास तथाप्रर्वद्धन गर्न कवर्डहल तथा रंगशाला निर्माणका लागि प्रदेश तथा नेपाल सरकार सँग अनुरोध गर्ने बेलबारी नगरपालिमा कृषि क्षेत्रको विकास गर्न र व्यवसाय प्रर्वधनका लागि शित भण्डार (कोल्डस्टोर) निर्माणका लागि प्रदेश तथा नेपाल सरकार सँग अनुरोध गर्ने, बेलबारी नगरापालिका क्षेत्रमा क्षेत्रिय र प्रदेश स्तरका कार्यक्रम समेत संचालन गर्न सहयोग पुग्ने गरीको अत्याधुनिक १००० सिट क्षमता भन्दा माथीको सभागृह निर्माणका लागि प्रदेश तथा नेपाल सरकार सँग अनुरोध गर्ने, वडा नं. ५, ६ र ७ लाई जोड्ने सुनसरी मोरङ सिचाई योजनाको मुलनहर सडक कालोपत्रे गर्न प्रदेश तथा नेपाल सरकार समक्ष अनुरोध गर्ने लगायतका योजनाहरु प्रदेश तथा सघिय सरकार सँग माग गर्ने सर्व सम्मत वाट निर्णय गरीएको नगर प्रमुख सुवेदीले बताउनु भयो ।

 

 

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved