समाचार

    Showing 9,321-9,330 of 10,053 items.
  • भुपु गोर्खा सैनिकको भत्ता कटाउने निर्णय प्रती जनमुक्ती निकट पुर्ब सैनिक संगठनको आपत्ती, सच्याउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र (विज्ञप्ती सहित)

    धरान । भुपु गोर्खा सैनिकको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णय सच्याउन राष्ट्रिय जनमुक्ती पार्टी निकट राष्ट्रिय पुर्ब सैनिक संगठन ले प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका छन । संगठन ले सोमबार धरान स्थित ईलाका प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारको मन्त्री परिषद बैठकले गत असार १७ गते भूतपूर्व सैनिकहरु लाई विदेशी सरकार बाट पेन्सन पाउने भएकाले ने नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा बाट बञ्चित गर्ने निर्णय गरेको थियो । संगठनका जिल्ला इञ्चार्ज राम मगरको नेतृत्वमा पार्टीका केन्द्रिय अध्यक्ष केपी पालुङवा सहितको टोलीले तिन सुत्रिय माग सहितको ज्ञा

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 1,163 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी स्मृति दिवस विराटनगरमा वृक्षरोपण

    विराटनगर /  विपी कोइरालाको ३९ औं स्मृति दिवशको अवसरमा नेपाली कांग्रेस विराटनगर महानगर समितिले वृक्षरोपण गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइरालाले विपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै भने,“मुलुक संकटमा परेको बेला विपीले गरेको योगदान निकै महत्वपूर्ण थियो ।” त्यस अवसरमा प्रदेश नं. १ का प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, उपमेयर इन्दिरा कार्कीलगायत सहभागी थए । वृक्षरोपण विराटनगरस्थित आदर्श विद्यालयमा गरिएको थियो ।

    • प्रकाशित मितिः साउन ६, २०७७
    • 900 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्माणधिन पूलको फर्मा बगायो

    इलाम / अविरल वर्ष सँगै आएको बाढीले इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणधिन पक्की पुलको फर्मा बगाएको छ । आधा निर्माण गरेर वर्षेदेखि पूल अलपत्र परेको पूल सोमबार अविरल वर्षसँगै खोलामा आएको बाढीले पुलको एकातर्फको स्ल्याब लगाउन बनाइएको फर्मा र छड बगाएको हो । दुई स्ल्याबको सो पुलको अहिलेसम्म एउटा स्ल्यब मात्रै लगाइएको छ । लामो समयदेखि निमार्ण नभएको पूल पटक पटकको तागेता पछि गत आर्थिक वर्षमा बाँकि रहेको पूल निर्माणका लागी फर्मा बाँध्ने काम शुरु भएको थियो । ठेक्का लागेको सात वर्ष वितिसक्दा समेत पुल निर्माण पुरा भएको थिएको छैन । पुलभन्दा पछि निर्माण शुरु भ

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 899 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • वर्षासँगै खसेको पहिरोले धनकुटा जिल्लामा ५ घर विस्थापित

    धनकुटा / निरन्तरको अविरल बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् । अविरल वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन् । पहिरोका कारण धनकुटा नपा–१ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । त्यस्तै पहिरोका कारण महालक्ष्मी नगरपालिका–५ लेगुवाका दिपक भण्डारी, जितेन श्रेष्ठ र ब्रह्मध्वँज राईको परिवार विस्थापित भएका छन् । उनीहरुलाई अन्य स्थानमा स्थान्तरण गरिएको छ । यता साँगुरीगढी गाउँपालिका–७ लेउती र गर्जु

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,622 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • भारतीय भन्सार एजेन्टले जोगबनी नाका बन्द गर्ने निर्णय फिर्ता लिए

    विराटनगर । भारतीय भन्सार एजेन्टहरुले गरेको जोगबनी नाका बन्दको घोषणा फिर्ता लिएका छन् । बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले पर्सी बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्प पार्ने घोषणा गरेका थिए । तर, प्रमुख नाका बन्द हुँदा यसले ठूलो असर पुग्ने भन्दै नेपाल तथा भारततिरबाट समेत दबाब परेपछि उनीहरु यो निर्णयबाट पछि हटेका हुन । भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् । एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बै

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,285 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १२ संक्रमित थपिए

    विराटनगर/  प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको स

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,050 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार १८६ जनामा कोरोना संक्रमण पोजेटिभ

    काठमाडौँ / आइतबार थप १८६  जनामा संक्रमण पोजेटिभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ८ सय ४४  पुगेको छ । कोरोना संक्रमणका कारण  मृतकको संख्या ४० पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ११ हजार ८ सय ६८  जना रहेका छन् । नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।        

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 752 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पूर्व गोर्खा सैनिकको भत्ता यथावत राख्न माग

    विराटनगर । प्रदेश १ का सांसदले भूतपूर्व गोर्खा सैनिक लाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता नकाट्न आग्रह गर्दै सरकारको ध्यानाकर्षण गरेका छन् । प्रदेशसभामा शुन्य समयमा बोल्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फे २०७७ असार १७ गते संघीय सरकारले भत्ता कटाउने भन्दै गरेको निर्णय खेदपूर्ण रहेको बताइन । भनिन्,“सामाजिक सुरक्षा सम्बन्धी निर्णय खेदपूर्ण छ । विश्मा वीर गोर्खाली भनेर चिनाउने ब्रिटिस र भारतीय गोर्खा लाहुरेले जति कमाएर ल्याए त्यसमा सरकारको लगानी छैन बरु देशलाई अर्बौ रेमिटेन्स दिंदै आएका छन् ।” सांसद तुम्बाहाम्फेले गोर्खाले पाउँदै आएको पेन्सन ब्रिटिस र भ

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढीले निकास नपाउँदा बराहक्षेत्रको माझी गाउँ डुबानमा

    इटहरी । गाउँ पसेको बाढीले निकास नपाउँदा बराहक्षेत्र ५ का माझी गाउँ डुबानमा परेको छ । बराहक्षेत्रको भरौल, कालाबञ्जार, लगायतका स्थानहरू अहिले जलमग्न बनेका छन । गए राति देखि परेको अविरल वर्षाका कारण सुनसरीको बराहक्षेत्र स्थित हैटा खोलामा आएको बाढीले बराहक्षेत्र ५ माझी गाउँ अहिले डुबानमा परेको हो । गाउँ सहित ज.डे.ज. मा. वि, मुनविम एकेडेमी, सिद्घार्थ मेमोरियल स्कुलमा समेत पानी पसे पछि डुबान भएको छ । जमेको पानीले निकास नपाउँदा र खोला अतिक्रमण हुने क्रम नरोकिएपछि बाढिले चौतर्फी बितण्डा मचाएको बराहक्षेत्र ५ भरौलका स्थानीयहरूले बताएका छन । बाढीले त्यस क्षेत्रका करीब ३ दर्जन बढी घरहरूमा प्रत्यक्ष असर ग

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 970 पटक पढिएको
    • "तेजबहादुर बन"
  • एक ट्याक्टर गोलिया बरामद

    विराटनगर । प्रहरीले मोरङको कटहरीबाट ठूलो परिमाणमा काठ बरामद गरेको छ । गएराति कटहरी गाउँपालिका वडा नं.४ राम चौकमा को २ त ३२४८ नम्बरको ट्रयाक्टरमा लोड गरी ल्याइँदै गरेको अवस्थमा अवैध काठको गोलिया बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी गरी विराटनगरतर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङ तथा सिआरभी टोली कटहरीले काठ बरामद गरेको हो । कटहरी गाउँपालिका वडा नं.२ स्थित आदर्श टोलबाट जिल्ला मोरङ रंगेली नगरपालिका ३ बस्ने बर्ष २७ को चालक मेघनाथ मण्ड, विराटनगर ६ रामपुर बस्ने वर्ष २० को सह–चालक ओम प्रकाश कुमार यादवलाई ट्रयाक्टर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः साउन ५, २०७७
    • 1,195 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved