भारतीय भन्सार एजेन्टले जोगबनी नाका बन्द गर्ने निर्णय फिर्ता लिए

  • साउन ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । भारतीय भन्सार एजेन्टहरुले गरेको जोगबनी नाका बन्दको घोषणा फिर्ता लिएका छन् ।
बिहारको जोगबनीस्थित भारतीय भन्सार कार्यालयसंग सम्बन्धित क्लियरिङ एजेन्ट, सिएचए एवम् ट्रान्सपोर्टरहरुले पर्सी बुधबारदेखि जुलाई ३१ सम्म सबै कामकाज ठप्प पार्ने घोषणा गरेका थिए । तर, प्रमुख नाका बन्द हुँदा यसले ठूलो असर पुग्ने भन्दै नेपाल तथा भारततिरबाट समेत दबाब परेपछि उनीहरु यो निर्णयबाट पछि हटेका हुन ।

भारतको बिहार राज्यमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलन शुरु भएको र सीमामा कामकाज गर्न जोखिम भएको भन्दै उनीहरुले भन्सारसंग सम्बन्धित काम गर्न सक्ने जनाउ दिएका छन् ।

एजेन्ट, तथा ट्रान्सपोर्टरहरुको संयुक्त बैठकले कारोना महामारीबीच काम गर्न स्वस्थ्यका हिसाबले समेत जोखिमपूर्ण भएको निर्णय गरेकोमा सावधानी अपनाएर काम गर्ने निर्णय भएको छ । उनीहरुले कामलाई सूचारु गर्ने र अवरोध गर्ने निर्णय गरेको भन्सार एजेन्ट संघ विराटनगर रानी भन्सार कार्यालयका प्रमुख विजेन्द्र परासरले जानकारी दिएका छन् ।
भारतबाट नेपाल आई सामान खन्याएर भारत फर्कनु पर्ने गाडीहरु भने निर्वाध जाने तर बाँकी भन्सारसंग सम्बन्धित क्लियरिङलगायत काम पनि कुनै एजेन्टले गर्ने काम बन्द गर्ने घोषणा गरिएको थियो ।

कोभिड १९ को प्रभाव र लकडाउनका कारण विराटनगर भन्सारको राजश्व असूलीसमेत प्रभावित बनेको छ । भन्सारले लक्ष्यअनुसार भन्सार राजश्वसमेत उठाउन सकेको छैन । लक्ष्यअनुसार असूली गर्न नसकी ५७ दशमबल १३ प्रतिशतमा सीमित बन्न पुगेको हो ।

 

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved