बाढीले निकास नपाउँदा बराहक्षेत्रको माझी गाउँ डुबानमा

  • साउन ५, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । गाउँ पसेको बाढीले निकास नपाउँदा बराहक्षेत्र ५ का माझी गाउँ डुबानमा परेको छ ।
बराहक्षेत्रको भरौल, कालाबञ्जार, लगायतका स्थानहरू अहिले जलमग्न बनेका छन । गए राति देखि परेको अविरल वर्षाका कारण सुनसरीको बराहक्षेत्र स्थित हैटा खोलामा आएको बाढीले बराहक्षेत्र ५ माझी गाउँ अहिले डुबानमा परेको हो । गाउँ सहित ज.डे.ज. मा. वि, मुनविम एकेडेमी, सिद्घार्थ मेमोरियल स्कुलमा समेत पानी पसे पछि डुबान भएको छ ।

जमेको पानीले निकास नपाउँदा र खोला अतिक्रमण हुने क्रम नरोकिएपछि बाढिले चौतर्फी बितण्डा मचाएको बराहक्षेत्र ५ भरौलका स्थानीयहरूले बताएका छन । बाढीले त्यस क्षेत्रका करीब ३ दर्जन बढी घरहरूमा प्रत्यक्ष असर गरेको बताइएको छ ।

अविरल वर्षा पछि वर्षै पिच्छे स्थानीय खोलामा आएको बाढीले गाउँ जलमग्न बनेपछि केहि वर्ष अघि स्थानीयहरूले तत्कालिन भरौल गाविसमा तालाबन्दी समेत गरेका थिए । पछि राजमार्ग बढाउने बहानामा माझी गाउँनै उठाएर संरचनाहरू निर्माण गर्न थालेपछि खोलाको जमिन अतिक्रमण हुदाँ यसरी बाढी पसेका कालाबञ्जारका स्थानीयहरूले बताएका छन ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved