प्रदेश १ मा १२ संक्रमित थपिए

  • साउन ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/  प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८ सय ५ पुगेको छ ।

प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढी (उदयपुर)बाट ७ पुरुष र १ महिला डिस्चार्ज भएका छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ७ सय १० पुगेको छ ।

प्रदेश १ मा आज ९ सय २८ जनाको कोरोना परिक्षण गरिएको छ । १ सय ८५ महिला र ७ सय ४३ पुरुषको कोरोना परिक्षण गरिएको छ । प्रदेश १ मा आज सम्म ३६ हजार ३ सय ९१ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved