दुहबी /सुनसरीको बर्जु गाउँपालिका-५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बिहान १० बजेको समयमा उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाईएकोमा उपचारको क्रममा साँढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
धरान/ कुशे औशी तथा बुवाको मुख हेर्ने दिन हिन्दुहरुका लागि मात्र नभएर सम्पूर्ण नेपालीहरुका लागि महत्वपूर्ण पर्व हो । तर यस वर्ष कोरोनाको कहरका कारण सधैको वर्ष भन्दा खल्लो भएको छ । लकडाउनका कारण सँगै बस्ने बाहेक अन्य नगरमा हुने हरुले बुवालाई भेटेर मुख हेर्न पाएनन् । आमा र बुवाको मुख हेर्ने दिन मनाउने प्रचलन साहै नै महत्वपूर्ण छ । कुशे औशी र बुवाको मुख हेर्ने दिन पारिवारिक मर्यादाका र सामाजिक सद्भाव दृष्टीकोणले पनि महत्वपूर्ण छ । कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पर्दछ । पुरोहित बाजेलाई यजमानहरुकोमा कुश पु¥याउन जान पनि गाह्रो भएको छ । जनमान्हरुले प
विराटनगर । विराटनगरमा रोकिएको स्वाब संकलन मंगलबारबाट शुरु भएको छ । तीन दिनअघि खटिएका स्वास्थ्यकर्मीलाई नै कोरोना संक्रमण देखिएपछि स्वाब संकलन रोकिएको थियो ।महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका अनुसार नयाँ मेडिकल टिमले पुनः स्वाब संकलन सुरु गरेको छ । महानगरले आफ्ना तीनवटा आईसोलेसन सेन्टरमा संक्रमितलाई राखिरहेको छ । बैजनाथपुर, मारवडी सेवा सदन र कालिमन्दिरको कालि सेवा सदनमा आईसोलेसन बनाइएको छ । महानगरबाट दैनिक २ सयसम्म वाब संकलन हुन्छ ।
विराटनगर, १ भदौ । प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कोभिड–१९ संक्रमण परीक्षणका प्राथमिकीकरण निर्धारण गरेको छ । मन्त्रालयले सघन उपचार कक्षमा उपचाररत र सिकिस्त विरामीहरु, कोभिड–१९ जस्तै लक्षण भई संकास्पद कारणले मृत्यु भएका व्यक्तिहरु, चिकित्सकको सल्लाह वमोजिम लक्षण देखिएका व्यक्तिहरु, कुनै किसिमको शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई
विराटनगर, २ भदौ । प्रदेश १ मा आज १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ९६ जना संक्रमित भएका छन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । बुढीगंगामा २ महिला ३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उता झापाको दमकमा ७ पुरुष, भद्रपुरमा १ महिला ५ पुरुष, झापा गाउँपालिकामा २ पुरुष, कनकाईमा १ महिला र झापाको स्थान
विराटनगर, २ भदौ । प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना नियन्त्रण सरकारबाट मात्रै संभव नभएकाले सवैको सहाकार्य आवस्यक रहेको बताउनुभयो । सवैको सहकार्यमा कोरोनालाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । मन्त्री घिमिरेले संक्रमण बढेका स्थानहरुमा कोरोना नियन्त्रणका कामहरु भईरहेको बताउनुभयो । संक्रमण बढेसँगै प्रदेश सरकारले परीक्षणका लागि प्राथमिकता निर्धार
धनकुटा, २ भदौ / लकडाउनका कारण मारमा परेका उद्योगी, व्यवसायीहरुलाई उद्योग वाणिज्य संघ धनकुटाले नवीकरणमा ५० प्रतिशत छुट दिने भएको छ । लकडाउनका कारण उद्योग, व्यापार व्यावसाय धारासायी बन्दै गएकाले व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले यस आर्थिक बर्षको सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको धनकुटा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले बताए । कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि सरकारले लगाएको लकडाउनका कारण पूर्णरुपमा व्यावसाय संचालन हुन नसक्दा अहिले उद्योगी, व्यापारी तथा व्यावसायीहरु चरम आर्थिक संकटमा परेकाले संघको तर्पmबाट पनि सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने निर
इलाम / जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् ।११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सकेर सोमबार घटनामा संलग्न आफ्नै सहोदर भाई टिकाराम आचार्य, छिमेकी लक्ष्मी दंगाल र झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ३ बस्ने पार्वता आचार्य बजगाईंलाई विपक्षी बनाई स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण देखिने बिरामीको लागि उपचार गर्न बनाएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा अब लक्ष्यण देखिने संक्रमितलाई मात्र प्राथमिता दिइने भएको छ । पछिल्लो समय लक्षणसहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए । भने,“लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिईने छ ।” कोभिड उपचार केन्द्रमा आईसीयु र भेन्टिेलेटरसहितको सुविधा विस्तार गरिएको बताए । उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयु बेड तयारी अवस्थाम
काठमाडौ २०७७ भदौ १ सोमबार/ आज थप ५ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या २७ हजार २ सय ४१ जना पुगेको छ । नेपालमा मृतकको संख्या १०६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ९५ जना जना रहेका छन् ।