कोशी कोभिड अस्पतालमा लक्ष्यण देखिने संक्रमितलाई मात्र प्राथमिकता

  • भदौ १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमण देखिने बिरामीको लागि उपचार गर्न बनाएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा अब लक्ष्यण देखिने संक्रमितलाई मात्र प्राथमिता दिइने भएको छ ।
पछिल्लो समय लक्षणसहितका संक्रमित बढेसँगै कोभिड अस्पतालमा सुविधाहरु विस्तार गर्दै लक्षण भएकाहरुको उपचारमा बढी प्राथमिकता दिईने अस्पताल संयोजक डा. दीपक सिग्देलले बताए । भने,“लक्षण नभएकालाई राख्दै नराख्ने भन्ने होईन, लक्षण भएकालाई बढी प्राथमिकता दिईने छ ।” कोभिड उपचार केन्द्रमा आईसीयु र भेन्टिेलेटरसहितको सुविधा विस्तार गरिएको बताए । उपचार केन्द्रमा ५ वटा भेन्टिलेटर र १० वटा आईसीयु बेड तयारी अवस्थामा राखिएको डा.सिग्देलको भनाइ छ ।

आईसीयु र भेन्टिेलेटर वेडसँगै आवस्यक जनशक्तिलाई तालिमको प्रबन्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । २० जना स्टाफ नर्स र १० जना चिकित्सकलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रले तालिमको प्रबन्ध गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । सुविधा बिस्तारसँगै जनशक्तिको अभाव नहोस् भन्नका लागि तालिमको प्रवन्ध गरेर जनशक्तिलाई तयारी अवस्थामा राखिएको मन्त्री घिमिरेले सुनाए ।
कोभिड १९ उपचार केन्द्रमा आईसीयु र भेन्टिलेटर सुविधा थपिएसँगै वेड संख्या १ सय पुगेको छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved