कोरोनाको कहर वीच कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन ।

  • भदौ ३, २०७७
  • " – मोहन श्रेष्ठ"
alt

धरान/ कुशे औशी तथा बुवाको मुख हेर्ने दिन हिन्दुहरुका लागि मात्र नभएर सम्पूर्ण नेपालीहरुका लागि महत्वपूर्ण पर्व हो । तर यस वर्ष कोरोनाको कहरका कारण सधैको वर्ष भन्दा खल्लो भएको छ । लकडाउनका कारण सँगै बस्ने बाहेक अन्य नगरमा हुने हरुले बुवालाई भेटेर मुख हेर्न पाएनन् । आमा र बुवाको मुख हेर्ने दिन मनाउने प्रचलन साहै नै महत्वपूर्ण छ । कुशे औशी र बुवाको मुख हेर्ने दिन पारिवारिक मर्यादाका र सामाजिक सद्भाव दृष्टीकोणले पनि महत्वपूर्ण छ ।

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिन प्रत्येक वर्ष भाद्र कृष्ण औंसीका दिन पर्दछ । पुरोहित बाजेलाई यजमानहरुकोमा कुश पु¥याउन जान पनि गाह्रो भएको छ । जनमान्हरुले पनि पुरोहित बाजेलाई श्रदाले दक्षिणा र सिदा पनि दिन पाएनन् । धार्मिक कार्य र पूजापाठ नै नहुने भएपछि पुरोहितहरुको जीवन निर्वाहमा समेत समस्या भएको छ ।

पितृ देवो भवः भन्ने शास्त्रीय वचन अनुसार यस दिन जीवत बाबुलाई देव तुल्य मानी मीठो मसिनो खान दिने गर्दछन् । दिवङ्गत बुवाका नाममा तर्पण, श्राद्ध र सिदा दान गरेर खुसी पारेमा सुख मिल्ने आर्मिक विश्वास छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्दछन् ।

सृष्टीकर्ता ब्रम्हाजीले विकवेकशील प्राणीसँगै पवित्र कुसको पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । अन्य मुलुकमा पनि यस पर्वलाई फार्दस डे को रुपमा मनाउने गर्दछन् । यसैदिन दिन राष्ट्रिय विभूति मोतीराम भट्टको १५१ औं जन्म जयन्ती पनि पर्दछ ।


घरमा बाबु हुनेहरुका लागि भन्दा पनि नहुनेहरुका लागि यो पर्व झन बढी महत्व पूर्ण हुन्छ । अझ स्वर्गबास भएको बुबाको अभाव महसुस गर्दछन् । सम्झेर भाव विहोल हुने गर्दछन् । यो दिन बुबालाई विर्सनेहरुलाई सम्झाउने दिन हो । बाबु प्रति सम्मान् र कृतज्ञता फर्काउने दिन पनि हो । बाबुलाई सदा खुशी राख्नु नै बुवा प्रतिको सम्मान् हो ।

जन्माई हुर्काई बढाई पढाई गर्ने बुबालाई बुढेसकालमा खुशी राख्नु सन्तानको परम कर्तव्य हो ।

विधि अनुसार ब्राम्हणहरुले काटेको कुश जजमानहरुकोमा पुर्याइ  दलिन र ढोकामाथि सिउरिन्छन् । यसरी घरमा कुश राख्नाले घर पवित्र हुने र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । यस पर्वले कुशलाई उदाहरण बनाएर सम्पूर्ण बनस्पती तथा रुख  विरुवालाई संरक्षण गर्नु पर्छ भन्ने सन्देश पनि प्रवाह गरेको छ ।

बुबा नहुनेहरुले काठमाण्डौको गोकर्ण र धरानको विष्णुपादुका जस्ता धार्मिक स्थलहरुमा श्राद्ध, तर्पण गरे पितृ तर्ने विश्वास छ । परिवारमा सवै छोराछारी भेला भएर बुबाको परिवार प्रतिको योगदानको विषयमा छलफल गर्ने दिनको रुपमा लिन सके यो दिन सोचे भन्दा बढी सार्थक हुनेछ । 

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved