धनकुटा, ४ भदौ / धनकुटामा दुई बालिका बलात्कृत भएका छन् । पाँच दिनको अन्तरमा दुई बालिकामाथि बलात्कार भएको हो । ती बालिकाहरुमाथि बलात्कार गरेको आरोपमा दुवै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडी बढाएको छ । धनकुटा नगरपालिका–८ की १० वर्षीया बालिकालाई ललाई फकाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको आरोपमा सोही स्थानका २२ वर्षीय दुल कुमार राईलाई पक्राउ गरी जिल्ला अदालत धनकुटामा जबरजस्ती करणी अन्तरगतको मुद्दा दायर गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए । साउन ३१ गते दिउँसो बलात्कार गरी फरार रहेका राईलाई पीडितको आफन्तले जिल्ला
विराटनगर । विराटनगरको कोशी कोभिड १९ उपचार केन्द्रको लापरवाहीका कारण आफ्नो बुबाको मृत्यु भएको भन्दै विराटनगरकी निलिमा दाहालले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएकी छन् ।उनले न्यूनतम स्वस्थ्य सुविधासमेत नदिई लापरवाही गर्दा मृत्यु हुन गएको भन्दै न्याय माग्न अदालत जानु परेको स्पष्ट गरेकी छन् । कोभिड अस्पतालमा गत साउन २८ गते नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालको मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि दाहाल गत साउन २६ कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । तर, अस्पताल गई स्वास्थ्य अवस्थाबारे बुझ्दा सामान्य अवस्थामा रहेको भने दाहलले बताएकी छन् । तर, साउन २८ गते भेट्दा
विराटनगर, ३ भदौ । प्रदेश १ मा आज १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमण पुष्टि भएकामा ३३ महिला र ९० पुरुष छन् । मोरङमा ६७, सुनसरीमा ३७, झापामा १६, पाँचथरमा १ र २ जना भारतका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ५२ जना संक्रमित थपिएका छन् । संक्रमित मध्ये ३२ पुरुष र २० महिला छन् । मोरङको रंगेलीमा ५ महिला ४ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, कटहरीमा १ महिला, धनपालथान, कानेपोखरी र मिक्लाजुङमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार सुनसरीको हरिनगरमा १२ पुरुष १ महिला, दुहवीमा ८ पुरुष ३ महिला, बर्जुमा ४ पुरुष १ महिला, इटहरीमा ४ पुरुष, धरान र रामध
इलाम / ‘किसानसंग संमृद्धि’अभियान अन्तर्गत इलामको सूर्योदय नगरपालिकाले १४ वडाका ५६ जना पशुपालक किसानहरुलाई मोटर सहितको घाँस काटने मेसिन वितरण गरिएको छ । कृषिमा आधुनिकिकरण गर्दै उत्पादन लागत कम गर्ने उद्देश्यले नगरपालिकाले कृषिमा आवद्ध किसानहरुलाई ५० प्रतिशत अनुदानमा घाँस काटने मेसिन वितरण गरिएको हो । नगरको बार्षिक कार्यक्रम अनुसार पशुसेवा शाखाको सिफारिसमा नगरले उक्त मेसिन बितरण गरेको छ । किसानलाई मेसिन मात्र दिदा गतबर्ष त्यति प्रभावकारी नभएकोले यो बर्ष मोटर सहित मेसिन बितरण गरिएको नगरप्रमुख रण बहादुर राईले जानकारी दिए । नगरले दुध उत्पादन बढाएर पाउडर प्लान्ट संचालन गर्ने योज
धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेकी धरान १५ की एक कोरोना संक्रमीत वृद्धाको मृत्यु भएको छ । धरान वडा नम्बर १५ की ७१ बर्षीया वृद्धाको मगंलबार बिहान सवा ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। साउन २३ गते एन्फा क्वारेन्टाइनमा लिएको स्वाबमा पोजेटिभ देखिए पछि २४ गते बिहान प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतकलाई दिर्घकालिन रोग मुटुको र दमको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचार
सुनसरी । समुदाय स्तरमा कोरोनाको संक्रमण बढ्दै गएको छ । समुदाय स्तरमा फैलिन थाले पछि सुनसरीमा अहिले सम्मकै धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान आएको रिपोर्ट अनुसार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन देखिएको अहिले सम्मकै धेरै संख्यामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । कोरोना संक्रमित हुनेहरूमा सुनसरीको हरीनगरका १३ जना पुरुष, इटहरी उपमहानगरपालिकाको ४ जना पुरुष, दुहबी नगरपालिकाको ३ जना महिला ८ जना पुरुष सहित ११ जना, रामधुनी नगरपालिकामा २ जना पुरुष, र बर्जु गाउँपालिकामा १ जना महिला ४ जना पुरुष गरी ५ जनामा कोरोना सङ्क्
टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आर।टि।आर 200 ४ भिको नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ। नेपालमा टिभीएस् मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित् आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइवेट लिमिटेड ले भित्र्याउने गरेको छ । स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै डिजिटल नेसनल लन्च पछि ,रिजनल लन्च अन्तर्गत यो मोटरसाइकल आज पूर्वका शोरुममा सार्बजनिक गरियो ।टिभिएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र गज्जबको रे
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत एक प्रहरी सहित इटहरी उपमहानगरमा ४ जनामा कोरोना संक्रमण पुस्टी भएको छ ।गत साउन ३१ गते पिसिआ रद्वारा स्वाव संकलन गरी ल्याब पठाइएका मध्ये ७ जनाको रिपोर्ट आउन बाकि रहेकोमा ३ गते प्राप्त रिपोर्ट अनुसार ४ जनामा कोरोना संक्रमण पुस्टि भएको इटहरी अस्पतालका इमर्जेन्सी शाखाका इञ्चार्ज राम कुमार धमलाले बताए । इटहरी उपमहानगरपालिका वडा ४ का एकजना २५ वर्षिय पुरूष , इलाका प्रहरी कार्यालय इटहरीका एक प्रहरी र प्रहरी कार्यालय परिषर भित्र रहेको २ जना थुनुवा सहित इटहरीमा ४ जनालाइ कोरोना संक्रमण पुस्टी भएको उनले बताए । ४ जना संक्रमितहरू थपिएसंगै इटहरीमा कोरोनाबाट संक्
धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचार गराइ रहेकी मोरङ कोरोना संक्रमीत वृद्धाको मृत्यु भएको छ । मोरङ बुढीगङगा २ की एक ६७ बर्षीया वृद्धाको सोमबार राती मृत्यु भएको हो । उनी बिराट मेडिकल कलेजबाट रेफर भएर आएकी थिइन । सोमबार साँझ ४ः४५ वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाका अनुसार अत्यधिक ज्वारो, खोकी, श्वास फेर्नमा समस्या भएको कारण उनलाई विराट मेडिकल कलेजले प्रतिष्ठान रिफर गरेको थियो । मृतक वृद्धालाई दिर्घकालिन रोग मुटुको उपचार भईरहेको डा।सापकोटाले बताए । मृतकको शवको व्यवस्थापन गर्ने कार
धरान / राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय १ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ। विक्रम संवत १९९६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन्। घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।