टिभिएस मोटर कम्पनी, विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको ख्यातिप्राप्त निर्माता कम्पनीले अत्याधुनिक प्रविधिको, सुविधा सम्पन्न अपाचे आर।टि।आर 200 ४ भिको नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ। नेपालमा टिभीएस् मोटर कम्पनीद्वारा उत्पादन गरिएका सम्पूर्ण सामाग्रीहरु, कम्पनीको नेपालस्थित् आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइवेट लिमिटेड ले भित्र्याउने गरेको छ । स्मार्ट सुविधाहरु भएकाले र साथै तत्कालिन अवस्थालाई मध्यनजर राख्दै डिजिटल नेसनल लन्च पछि ,रिजनल लन्च अन्तर्गत यो
मोटरसाइकल आज पूर्वका शोरुममा सार्बजनिक गरियो ।टिभिएस मोटर कम्पनीले नयाँ स्टाइल, अत्याधुनिक सुविधाहरु र गज्जबको रेसिङ्ग क्षमता भएको अपाचे आर।टि।आर 2020द्दण्ण्४ भि को नयाँ २०२० संस्करण सार्वजनिक गरेको छ ।
टि।भि।एस अपाचे आर।टि।आर द्दण्ण् ४ भिको यो नयाँ मोडल आधुनिक स्मार्ट कनेक्ट सुविधायुक्त रहेको छ । यस मोटरसाइकलमा ब्लुतुथ कनेक्ट प्रणालीमार्फत रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन,लीन एङ्गल मोड, साथै कल र एसएमएस एलर्ट जस्ता आधुनिक सेवा जडान गरिएका छन् ।
जसले बाटोमा यात्रा गर्दा अरु मोटरसाइकल भन्दा अतिरिक्त फाइदा दिने छ । यो अपाचे आर।टि।आर द्दण्ण् ४ भिको नयाँ २०२० संस्करणमा १९७।७५ सिसि एकल सिलिण्डर, ४९स्ट्रोक, ४९भल्भ, ओएल कुल्ड इन्जिन मोटर रहेको छ जसले ८५०० आरपिएममा २०।५पिएस् र ७००० आरपिएममा १८।१ एनएम पावर उत्पादन गर्दछ । यो मोटरसाइकल दुइओटा मनमोहक रङ्गमास् सायीनिङ कालो र पर्ल सेतो रङ्गमा नेपालमा उपलब्ध हुने छ
नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवा वर्गको चाहनाको मध्यनजर गर्दै स्मार्ट कनेक्ट मोटर साइकल नेपालमा ल्याएको हो ।