समाचार

    Showing 8,931-8,940 of 10,052 items.
  • सुनको भाउ भाउमा पुन:गिरावट्

    काठमाडौं । नेपाली बजारमा उकालो लाग्दै गएको सुनको मुल्यमा फेरी गिरावट आएको छ । आइतबार तोलामा ९८ हजार ४ सयमा बिक्री भएको सुनको मुल्यमा ५ सय घटेर ९७ हजार ९ सय कायम भएको छ । यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ४ सय कायम भएको छ । हिजो तोलाको ९७ हजार ९ सय तोकिएको थियो । यसैगरी चाँदीको भाउ फेरि पनि तोलामा २५ रुपैयाँले गिरावट आएको छ । हिजो तोलाको १३ सय ४५ रुपैयाँमा झरेको चाँदी आज फेरि १३ सय २० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ८, २०७७
    • 1,897 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानमा उपचाररत धरान ८ का एक कोरोना संक्रमितको मृत्यु

    धरान । धरान स्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार गराइ रहेका धरान ८ का एक कोरोना संक्रमीतको मृत्यु भएको छ । धरान वडा नम्बर ८ बरगाछिका का ६८ बर्षीया पुरुषको  आईतबार बेलुका ६/३५मा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।प्रतिष्ठानका प्रवक्ताका डा निदेश सापकोटाका अनुसार साउन २९ गते रिर्पोट पोजेटिभ आएको र ३० गते प्रतिष्ठानमा भर्ना भएका थिए । उनका अनुसार मृतकलाई उच्च रक्तचाप मधुमेह ,श्वास प्रश्वासमा जस्ता दिर्घकलिन रोग समस्या रहेको थियो । मृतकको शवको व्यवस्थापन गर्ने कार्य भइरहेको पनि उनले बताए । यो संगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 1,003 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ४ वडा कोरोना संक्रमण शुन्य : संक्रमित वडागत सुचि सहित

    इटहरी । प्रदेश १ को मुख्य शहर इटहरी अहिले कोरोना भाइरस ९ कोबिड – १९ संक्रमणको उच्च जोखिममा परेको छ । इटहरीको अधिकांस वडाहरूमा कोरोनाको संक्रमण पुगिसकेको पाइएको छ । २० वटा वार्डहरू रहेको इटहरी उपमहानगरमा अधिकान्स वडाहरुमा संक्रमण ले पकड जमाएसंगै उच्च सतर्कता अपनाउदै शहरलाइ लकडाउन गरीएको छ । अधिकांस वडाहरूमा संक्रमण फैलिएसंगै समुदाय स्तरमा कोरोना संक्रमितहरूको संख्या पनि बढदै गएको पाइएको छ ।   आइतबार दिउसो ४ बजे सम्म इटहरीमा कोरोना संक्रमितहरूको संख्या ७८ पुगिसकेको छ । संक्रमण फैलिदै गइरहेको बेला इटहरीको चार वटा

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 993 पटक पढिएको
    • "तेज बहादुर बन"
  • बलात्कार आरोपमा दुई जना पक्राउ

    धनकुटा, ७ भदौ ÷बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् । एउटै बालिकालाई पालो–पालो बलात्कार गरेको आरोपमा एक युवा र परिवार भित्रैकौ नै हाडानाता पर्नेलाई बलात्कार गरेको आरोपमा अर्का युवालाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । धनकुटा नगरपालिका–१ निगालेकी १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २२ बर्षीय बिमल तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोबिन्द अधिकारीले बताए । सोही बालिकालाई बलात्कार गरेको आरोपमा गत बुधबार निगालेकै १९ बर्षीय निकेश तामाङलाई प्रहरीले पक्राउ गरी सकेको थियो । ती बालिकालाई निकेशले साउन २७ गते गाउँकै खाँली घरमा लगेर बलात्कार

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 993 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ८१ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ ६ शनिबार/  आज थप ८ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५   जना  पुगेको छ । नेपालमा मृतकको संख्या  १५० जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप २ सय ८१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१   जना  जना रहेका छन् ।  काठमाडौं उपत्यकामा आज १६६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा १२६ भक्तपुरमा २८ र

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 666 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको शहिदभूमि गाउँपालिकामा टमाटर खेती

    धनकुटा, ७ भदौ / कोरोना भाइरसको महामारीका बाबजुद पनि धनकुटाको शहिदभूमि गाउँपालिकाबाट गत वर्ष ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको छ । कृषकहरुले सामाजिक दुरी कायम गर्दै यस वर्ष सो गाउँपालिकाको ३ सय हेक्टर जमिनमा टमाटर खेती गरेका थिए । यो सिजनमा गाउँपालिकाबाट ७२ मेट्रिक टन टमाटर बाहिर निर्यात भएको कृषि प्राविधिक खीरप्रसाद राईले बताए । गत वर्ष सहिदभूमि गाउँपालिकाबाट २० करोड रुपैयाँ बराबरको टमाटर बाहिरी जिल्लामा निर्यात भएको थियो । । यस वर्ष पनि टमाटर खेतीबाट गत वर्षकै हाराहारीमा कृषकहरुले आम्दानी गर्ने अपेक्षा लिएको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले बताए । टमाटरको सिजनमा सहिदभूमि ग

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 1,107 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • जनताबाटै बन्यो बराहक्षेत्रको ३ नम्बर वडाको कार्यालय भवन

    बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाको वार्ड नम्बर ३ मा जनताद्वारा निर्मित वडा कार्यालय भवनमा आइतबार सुभ साइत गरि कार्यालय प्रवेश गरेको छ । गत वैशाख २७ गतेबाट नडाहामा निर्माण सुरु गरिएको सो भवनमा आजबाट पुजा आरधना सहित गृह प्रवेश गरेको छ । पछिल्लो पल्ट कोभिड १९ कोरोना संक्रमणका कारण औपचारिक उद्घाटन भने समय सहज भए पछि गरिने निर्माण समितिले जनाएको छ । पटक पटक वडा कार्यालय निर्माण सम्बन्धी खिचातानी भएपछी स्वयं जनताको प्रत्यक्ष संलग्नतामा नडाहामा भवन निर्माण सम्पन्न भएको थियो स्थानीय युवा समाजसेवी एवम शिक्षासेवी केशव पुरीको अध्यक्षतामा भवन निर्माण समिति गठन गरेर सुरु गरिएको सो भवन आज बाट

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ७० संक्रमित थपिए

    विराटनगर, ७ भदौ । प्रदेश १ मा आज ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् । मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष, स

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 759 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • संक्रमित राख्न विराटनगरमा होटल आईसोलेसन तयार

    विराटनगर । प्रदेश सरकारको निर्णयसंगै प्रदेश १ को राजधानी विराटनगरमा होटल आईसोलेसनको रुपमा संचालनमा आएका छन् । प्रदेश सरकारको कोभिड क्राईसिस म्यानेजमेन्ट कमिटीको बैठकले होटललाई समेत आईसोलेसनको रुपमा प्रयोग गर्न सकिने निर्णय गरेको थियो । खासगरी बढी संक्रमित भएको प्रदेश राजधानी विराटनगरका होटलले आईसोलेसन सेवा दिनसमेत सहमत भएका हुन । तर, सरकारी भन्दा पनि होटलले निजी तथा संस्थानका कर्मचारीहरुलाई सेवा दिन तत्परता देखाएका छन । होटल संचालहरुका अनुसार सरकारी संस्थान र बैकहरुले आफ्ना कर्मचारीहरुमा संक्रमण देखिए उनीहरुलाई आईसोलेट गर्नको निम्ति होटल नै बुक गर्न शुरु गरिसकेका छन् । विराटनगर महानगरपालिकाक

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 984 पटक पढिएको
    • " कुमार लुइँटेल"
  • बेलबारीको आफ्नै आइसोलेसन

    बेलबारी / समुदायमा स्तरमा कोरोनाको संक्रमण फैलिन थालेसँगै बेलबारी नगरपालिकाले आफैँ आइसोलेसन बनाएको छ । बेलबारी नगरपालिका वडा नम्बर २को बागदेवी सामुदायिक बन उपभोक्ता समहुको भवनमा २५ शैयाको आइसोलेसन बनाएको हो । लक्षण नदेखिएका संक्रमितलाई चौबिसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने व्यवस्था मिलाइएको बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । केही स्थानियतहले भने क्वारेन्टाइनलाई हटाएर आइसोलेसन बनाइरेहका छन भने बेलबारीले भने क्वारेन्टाइनसमेत संचालन गरिरहेको छ । बिभिन्न देशबाट आएकाह?लाई ४ महिना देखी क्वारेन्टाइनमा राखिरहेको नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्

    • प्रकाशित मितिः भदौ ७, २०७७
    • 716 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved