इटहरीमा ४ वडा कोरोना संक्रमण शुन्य : संक्रमित वडागत सुचि सहित

  • भदौ ७, २०७७
  • "तेज बहादुर बन"
alt

इटहरी । प्रदेश १ को मुख्य शहर इटहरी अहिले कोरोना भाइरस ९ कोबिड – १९ संक्रमणको उच्च जोखिममा परेको छ । इटहरीको अधिकांस वडाहरूमा कोरोनाको संक्रमण पुगिसकेको पाइएको छ । २० वटा वार्डहरू रहेको इटहरी उपमहानगरमा अधिकान्स वडाहरुमा संक्रमण ले पकड जमाएसंगै उच्च सतर्कता अपनाउदै शहरलाइ लकडाउन गरीएको छ । अधिकांस वडाहरूमा संक्रमण फैलिएसंगै समुदाय स्तरमा कोरोना संक्रमितहरूको संख्या पनि बढदै गएको पाइएको छ ।
 
आइतबार दिउसो ४ बजे सम्म इटहरीमा कोरोना संक्रमितहरूको संख्या ७८ पुगिसकेको छ । संक्रमण फैलिदै गइरहेको बेला इटहरीको चार वटा वार्डहरू भने अझै सुरक्षित रहेका छन् । इटहरी वार्ड नं ३ , १३ र १५ कोरोना संक्रमणबाट सुरक्षित देखिएको छ । अहिले सम्म सो क्षेत्रमा एक जनामा पनि संक्रमण देखिएको छैन ।
 
सम्बन्धित वडा कार्यालयहरूले सुरक्षा सतरकतामा बिशेष ध्यान दिनुका साथै लकडाउनको उचित पालना गरेपछि संक्रमणबाट जोगिएका छन् । सुरूवाती समयमा इटहरी २ का एक १९ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि हुदा तत्काल २ र ३ नं वार्डलाइ पुर्ण रूपमा शिल गरिएको थियो । त्यहि बेला देखि उच्च सुरक्षा सतर्कता अपनाउदै लकडाउनको पालना गरेपछि अहिले संक्रमणबाट जोगिदै आएको वार्ड नं ३ का वडाध्यक्ष बालकुमार बिष्टले बताए । उनले ५० जना भन्दा बढीको पिसिआर चेक गर्दा सबैको रिपोर्ट नेगेटिभ देखिएको र अन्यको टेस्ट हुने क्रम जारी रहेको बताए । संक्रमण भित्रन नदिन गाउमा उच्च सतर्कता अपनाइनुका साथै बाहिरबाट प्रवेश गरेकाहरूलाइ प्रत्यक्ष निगरानी गरिएकै कारण ३ मा कोरोना संक्रमण नदेखिएको वडाध्यक्ष बिष्टको दाबी छ ।
 
त्यस्तै इटहरी १३ मा पनि अहिले सम्म संक्रमणको दर शुन्य रहेको छ । संक्रमणको हिसाबले हेर्ने हो भने सो क्षेत्र उच्च जोखिममा पर्ने स्थान पनि हो । सुनसरी मोरङ औद्योगिक करिडोर पनि सोहि क्षेत्रमा पर्छ तर उच्च सतरकता अपनाइएकै कारण इटहरी १३ मा पनि संक्रमण नपुगेको वडा कार्यालयले जनाएको छ । त्यस्तै वार्ड नं १५ मा पनि अहिले सम्म कोरोना संक्रमण देखिएको छैन ।
 
गाउमा उच्च सतरकता अपनाएकै कारण अहिले सम्म कोरोना संक्रमण नदेखिएको इटहरी १५ का वडाध्यक्ष श्रवण कुमार चौधरीको भनाइ छ । हाल सम्म त्यहाको जनप्रतिनिधि सहित केहिको मात्र पिसिआर टेस्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ देखिएको वडाध्यक्ष चौधरीले बताए ।
 itarai corona sankraman
 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved