धरान /आगामी मंगलबारसम्म देशभर हावाहुरीसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने वंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम नरोकिने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान रहेको छ । दिउँसोसम्म पहाडी र तराइका केही क्षेत्रमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।
धरान /नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या १०९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा गरिएको परीक्षणामा उदयपुरका ३ , पर्सा १ र कपिलवस्तु ३ जना गरि जम्मा ७ जनामा संक्रमण देखिएको हो । उदयपुरका १८ , ४५ र ६५ वर्षीय महिला, पर्साका ६२ वर्षीय पुरुष र कपिलवस्तुका १७, १८ र १८ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । &
नेपालगञ्जका थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो ।उनका अनुसार नयाँ संक्रमित १६ वर्षीया बालक हुन । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास डा देवेकाटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्ष
तेह्रथुम । सामान्य घरायसी विवादमा एक युवाले आफ्नै बाबुआमाको हत्या गरेका छन् । फेदाप गाउँपालिकाको वडा नम्बर ५ स्थित इसिबुका २० वर्षिय कञ्जन लिम्बुले आफ्नै बाबुआमाको हत्या गरेका हुन् । उनले बाबुआमालाई बञ्चरोले हानेर दुवैको हत्या गरेका हुन् । कञ्चनले ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङको बिहीबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कञ्चनले बाबुआमाको हत्या गरेपछि १०० नम्बरमा फोन गरेर ‘मैले बुबाआमालाई मारेँ’ भनेका थिए । फोनमा त्यस्तो भनेपछि प्रहरी घटनास्थल पुग्यो र उनको पिछा गर्न थाल्यो । कञ्चनलाई भाग्दै गरेको अवस्थामा पोक्लाबाङबाट पक्रा
कपिलवस्तुका २ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्र मण पुष्टि भएको हो । संक्रमित हुने कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका दुई पुरुष छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका जनाए ।
धरान जंगली हात्तीको आक्रमणमा परि विहिवार विहान सप्तरीमा एक महिलाको ज्यान गएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्ती पसेको हात्तीको आक्रमणमा परि शम्भुनाथ नगरपालिका २ भल्वाईकी ३८ वर्षीया जानकी मगरको ज्यान गएको हो । मृतकका पति पेशल मगरका अनुसार विहान करिब १ बजे सुतिरहेको बेला हात्तीले घर नै तोडफोड गर्न थालेपछि भाग्ने क्रममा उनलाई हात्तीले कुल्चेर घाइते भएको थिएन । घाईते मगरलाई उपचारकोलागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरान /आजबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएको छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । बिहान १० बजेदेखि राष्ट्रिय सभा सांसदहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ । संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ । सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अ
धरान । लकडाउनका कारण विपन्न परिवारलाई हातमुख जोर्न नै समस्या परिरहेका बेला जाति भेद विरुद्ध विश्व मंचले खाद्यान्न वितरण गरेको छ । मंचले उदयपुर त्रियुगानगरपालिकाको वडा नम्बर ९ मा रहेका मुसहर बस्तीमा राहत वितरण गरेको हो । त्रियुगा नगरपालिका र दलित अधिकार सञ्जालको समन्वयमा मुसहरबस्तीका १ सय १० घर परिवारलाई राहत वितरण गरिएको हो । करिब १ साता सम्म पुग्ने गरि मंचले चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न वितरण गरेको हो । राहत वितरण कार्यक्रममा उदयपुरका जिल्ला विकास समितिका संयोजक खडक बहादुर परियार, बडा नम्बर ९ का बडाध्यक्ष धन बहादुर दनुबार, ग्लोबल फोरमका स्थानीय प्रतिनिधि तथा दलित अधिकार सन्जालका स
धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गए पछि सरकारले लकडाउन थप १० दिन लम्बाउने निर्णय गरे सँगै विकास निर्माणका काम र उद्योगहरु भने सर्शत खुला गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले जेठ ५ गते सम्म लकडाउन लम्बाउने निर्णय गरे सँगै एक स्थानमा एक पटकमा १० जना नबढ्ने गरी सहरी पूर्वाधार शीर्षकका आयोजनामा काम गर्न दिने निर्णय भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका छन् । राष्ट्रिय गौरवका आयोजनासँगै सिञ्चाई, जलविद्युत, खानेपानी, विमानस्थल सडक र पुल, सडक र सरकारी भवन निर्माण एवं प्रबलीकरणका काम गर्न पाइनेछ । यसरी काम गर्दा दैनिक स्वास्थ्यजाँच गर
वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख निलम खनालले नगरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत वितरण गरेका छन् । वराहक्षेत्र– १० स्थित प्रकाशपुरका सुत्केरी तथा गर्भवती महिलाहरुलाई ओरेक नेपाल सुनसरीले नगरको एकद्वार प्रणालीमार्फत प्रदान गरेको राहत खाद्यान्न नगर प्रमुख खनालले सम्बन्धित व्यक्तिलाई प्रदान गरेको वडाध्यक्ष महेन्द्रबहादुर खत्रीले जानकारी दिए । वराहक्षेत्र नगरपालिका र ओरेक नेपाल सुनसरीको समन्वयमा नगरका सबै वडाका सुत्केरी तथा गर्भवती महिलाहरुलाई राहत उपलब्ध गराइने ओरेक प्रतिनिधि विमला घिमिरेले जानकारी दिइन् । वराहक्षेत्र नगरपालिकाको ११ वटा वडामा ३ महिनासम्मका १२५ जना सुत्