समाचार

    Showing 8,671-8,680 of 10,050 items.
  • प्रेस संगठन रामधुनीमा शिशिर भट्टराई

    धरान । प्रेस संगठन नेपाल रामधुनी नगर कमिटीको संयोजकमा शिशिर भट्टराई चयन भएका छन् । संगठनको विहिबार भएको रामधुनी नगर स्तरिय भेलाले भट्टराईलाई संयोजकमा चयन गरेको हो । उनको संयोजकत्वमा ७ सदस्यीय प्रेस संगठन नेपाल रामधुनी नगरकमिटी चयन भएको छ । कमिटिको सहसंयोजकमा मान्यता साह चयन भएकी छिन् । सदस्यहरुमा तुलसी खँड्का, प्रकृति रौनियार, सुरज सदा, अमन ढुंगेल र अन्जना चौधरी चयन भएका छन् । कार्यक्रममा नेकपा सुनसरी संगठन विभाग प्रमुख नन्दकुमार बस्नेतले नवनिर्वाचित कमिटिलाई पद तथा गोपनियताको सपथ गराएका थिए । कमिटिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले जस्तो सुकै प्रतिकुल परिस्थितीमा पनि पत्रकारिता स्वच्छ,

    • प्रकाशित मितिः असोज २, २०७७
    • 788 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बास्केटबल खेलाडिलाई डिपोट स्कुलले दियो छात्रवृत्ती

    धरान । धरान बास्केटबल संघको सिफारिसमा डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रम वाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरको थियो । धरान १८ स्थित डिपोट स्कुलको सभाहलमा विहिवार एक कार्यक्रमको आयोजना गरि संघ, विद्यालय, छात्रवृत्ति पाएका विद्यार्थी र अभिभावक बिच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । संघको तर्फ वाट संघका केन्दिय उपाध्यक्ष सुरजकुमार लामा र विद्यालयका तर्फ वाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमाल लिम्वुले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा उल्लेख ग

    • प्रकाशित मितिः असोज २, २०७७
    • 1,012 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सिमा हेरफेरको माग

    धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका स्थानीय टोलबासीहरुले वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सिमा हेरफेरको माग गरेका छन् । साबिक पाख्रीवास नगरपालिका–४ का स्थानीयवासीहरुले हाल वडा नं. ३ बाट सेवा सुविधा उपभोग गर्न समस्या भएको भन्दै उल्लेख गर्दै सिमा हेरफेर गर्न माग गर्दै नगरपालिकामा ज्ञापन–पत्र बुझाएका हुन् । पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका करिब ६० घर टोलवासीले हाल पाख्रीवास कृषि अनुसन्धान केन्द्र नजिकै रहेको ४ नम्बर वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिन अत्यान्तै कठिनाई भएको भन्दै नगर प्रमु

    • प्रकाशित मितिः असोज २, २०७७
    • 619 पटक पढिएको
    • " सन्तोष रुचाल"
  • साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला

    धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०÷५५ बर्ष उमेरको एक पुरुषको शव फेला परेको हो । राजमार्गबाट करिब ३० मीटर नजिक बाँसको झ्याङमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । किरा परेर लास सड्न थालिसकेको छ । मृत्तकको पहिचान गर्न नै समस्या भएको डिएसपी श्रेष्ठले बताए । शवको पहिचानका लागि जिल्ला मातहतका सबै प्रहरी कार्यालयहरुलाई खबर गरिएको प्रहरीले बताएको छ । बाँसको झ्याङमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको हुन् र के कारणले मृत्यू भयो भन्ने खुल्न सकेको छ

    • प्रकाशित मितिः असोज १, २०७७
    • 888 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोरोनाबाट थप २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण ,१ हजार २ सय ४३ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ /  बिहिबार  थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५९ हजार ५ सय ७३ जना  पुगेको छ । नेपालमा मृतकको संख्या ३८३ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४३  जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् । 

    • प्रकाशित मितिः असोज १, २०७७
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब धरानमा घरमै बसेर अनलाईनबाट कर तिर्न सकिने

    धरान । धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नु पर्ने तथा नगरपालिकानै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै पहिलो पटक धरान उपमहानगरपालिकाले अनलाईनबाटै कर तिर्न सकिने प्रणाली शुरु गरे पछि घर मै बसेर कर तिर्न सकिने भएको छ । धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको छ । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको धरान उपमहानगरपालिकाका सुचना महा

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,498 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असोज ३ गते मदन भण्डारी स्पोर्टस एकेडेमीको रक्तदान तथा स्वास्थ्य परामर्श कार्यक्रम हुने

    धरान । लकडाउनका कारण रक्तदान कार्यक्रम नहुँदा अस्पतालहरुमा रगतको अभाव हुन थाले पछि धरानमा मदन भण्डारी स्पोर्टस एकेडेमीले रक्तदान कार्यक्रम गर्ने भएको छ । संविधान दिवशको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमी धरान उपमहानगर कमिटीले असोज ३ गते रक्तदान कार्यक्रम सहित निशुल्क स्वास्थ्य परामर्श कार्यक्रम गर्ने भएको हो । विहिबार पत्रकार सम्मेलन गरि रक्तदान सहित निशुल्क स्वास्थ्य परामर्श समेत दिइने जनाएको छ । मदन भण्डारी फाउण्डेसनको भातृसंगठनको रुपमा रहेको मदन भण्डारी स्पोर्टस एकेडेमीले संविधान दिवसलाई रचनात्मक ढंगले मनाउने जनाएको छ । लकडाउनका कारण लामो समय देखि रक्तदान कार्यक्रमहरु गर्न नपाउँदा अस्पता

    • प्रकाशित मितिः असोज १, २०७७
    • 1,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा एक वृद्धको शव फेला

    इलाम / इलाममा एक बृद्ध मृत फेला परेका छन् । चुलाचुली ५ स्थित रतुवा खोलामा मृतअवस्थामा वृद्धको शव फेला परेको हो । खोलाको ढुंगामा अड्किरहेको अवस्थामा वृद्धको शव फेला परेको प्रहरीको भनाई छ । मृत व्यक्तीको परिचय खुल्न नसकेको र अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

    • प्रकाशित मितिः असोज १, २०७७
    • 661 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • वामदेव गौतम राष्ट्रियसभामा मनोनित

    धरान/ बर्दिया क्षेत्र नं १ बाट गत २०७४ सालको निवार्चनमा पराजित भएका नेकपा उपाध्यक्ष समेत रहेका वामदेव गौतम राष्ट्रिसभामा मनोनित भएका छन् । गत सोमबार बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफरिस गर्ने निणर्य अनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार गौतम मनोनयन भएको सूचना अब संसद सचिवालयमा जानेछ ।  

    • प्रकाशित मितिः असोज १, २०७७
    • 865 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा ३ सय ६५ पुगे कोरोना संक्रमित

    इटहरी । सुनसरीको इटहरीमा विहिबार १५ जनाको कोरोना रिपोर्ट पोजिटिभ आए सँगै कोरोना संक्रमितको संख्या ३ सय ६५ पुगेको छ । पछिल्लो तिन दिनमा गरिएको स्वाब परिक्षणको विहिबार आएको रिपोर्ट अनुसार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेहरुमा इटहरी ४ का १ जना ४४ वर्षिय पुरुष, इटहरी ५ का २६ वर्षिय एक पुरुष सहित ११, २२, २४ वर्षिय महिला रहेका छन् भने वडा नम्बर ९ का १८ र ५२ वर्षिय २ जना पुरुष, १३ का ३५ र ६० वर्षिय दुई पुरुष, इटहरी १९ का ३९ वर्षिया महिला, २० का १३ वर्षिय बालिका सहित र १६ र २० वर्षिय पुरुष, ससस्त्र प्रहरी पकलीका २७ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका ३९ वर्षिय १ जन

    • प्रकाशित मितिः असोज १, २०७७
    • 532 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved