साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला

  • असोज १, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवामा बेवारिसे शव फेला परेको छ । सिम्सुवास्थित कोशी राजमार्ग नजिक करिब ५०÷५५ बर्ष उमेरको एक पुरुषको शव फेला परेको हो ।
राजमार्गबाट करिब ३० मीटर नजिक बाँसको झ्याङमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । किरा परेर लास सड्न थालिसकेको छ । मृत्तकको पहिचान गर्न नै समस्या भएको डिएसपी श्रेष्ठले बताए । शवको पहिचानका लागि जिल्ला मातहतका सबै प्रहरी कार्यालयहरुलाई खबर गरिएको प्रहरीले बताएको छ ।
बाँसको झ्याङमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको हुन् र के कारणले मृत्यू भयो भन्ने खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको छ । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved