वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सिमा हेरफेरको माग

  • असोज २, २०७७
  • " सन्तोष रुचाल"
alt

धनकुटा / धनकुटाको पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका स्थानीय टोलबासीहरुले वडा कार्यालयबाट सेवा सुविधा उपभोग गर्न कठिनाई भएको भन्दै सिमा हेरफेरको माग गरेका छन् ।

साबिक पाख्रीवास नगरपालिका–४ का स्थानीयवासीहरुले हाल वडा नं. ३ बाट सेवा सुविधा उपभोग गर्न समस्या भएको भन्दै उल्लेख गर्दै सिमा हेरफेर गर्न माग गर्दै नगरपालिकामा ज्ञापन–पत्र बुझाएका हुन् । पाख्रीवास नगरपालिका–३ कसेनी टोलमा बसोबास गर्दै आएका करिब ६० घर टोलवासीले हाल पाख्रीवास कृषि अनुसन्धान केन्द्र नजिकै रहेको ४ नम्बर वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा लिन अत्यान्तै कठिनाई भएको भन्दै नगर प्रमुख वृषबहादुर राईलाई ज्ञापन–पत्र बुझाएका छन् । नगरपालिकाको नयाँ संरचना अनुसार हालको ३ नम्बर वडाको भौगोलिक सिमा उत्तरतर्फ धनकुटा नगरपालिका–१ हिले र दक्षिणतर्फ कसेनी भुल्केसम्म जोडिएको छ ।

साबिकको वडा नं. ४ र हालको वडा नं. ३ कसेनीमा बसोबास गर्ने नगारिकहरुलाई राज्यले प्रदान गर्ने सेवा सुविधा उपभोग गर्न असहज भएको उनीहरुले वताएका छन् । उनीहरुले आफुहरु बाध्य भएर टोलवासीको संयुक्त निर्णयले हस्ताक्षर संकलन गरी पुनः हालको पाख्रीवास नगनरपालिकाको ४ नम्वर वडामा समेटी दिन निवेदन दिएको कसेनी टोलवासीका अगुवा चकेन्द्र कुमार राईले बताए । उनले संघीय संरचना अनुसार तत्कालिन गाविस भन्दा पनि अपायक परेकाले कसेनी टोलका जनताहरुलाई सिंहदरबारको अधिकार घर–घरमा भनिरहँदा सेवा लिन कठिन भएको नगर प्रमुख वृषबहादुर राई सामु गुनासो गरेका छन् ।

नगरपालिकामा ज्ञापन–पत्र बुझाउन पुगेका कसेनी टोलका अर्का अगुवा मिलन देवान राईले स्थानीय सरकार संचालन ऐन, २०७४ को परिच्छेद–२ को दफा ६ मा व्यवस्था भएको सिमा हेरफेर सम्बन्धी कानुनी आधारलाई टेकेर आफुहरुले माग गरेको बताए । उनले कसेनी टोलका ६० घरका करिब ३ सय भन्दा सदस्यहरुको संयुक्त भेला र मञ्जुरीबाट निर्णय गरेर वडाको सिमाना हेरफेरको विषयमा नगरपालिकामा ज्ञापन–पत्र दिन टोलवासीको अगुवाई गरेर आफुहरु आएको बताए । कसेनी टोलवासीले बुझाएको सिमा हेरफेर सम्बन्धी ज्ञापन–पत्र बुझ्दै नगर प्रमुख राईले टोलवासी मागलाई सम्बोधन गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

टोलवासीको पूर्ण सहमति भए टोलवासीहरुको आमभेला बोलाएर आमभेलाको निर्णय सहित सिमा हेरफेरको लागि नगरपालिका अघि बढ्ने प्रमुख राईले बताए । टोलवासीले नै आफुहरु राजीखुशी साथ पाख्रीवास वडा नं. ३ बाट वडा नं. ४ मा समाहित हुन तयार हुने भए नगरकार्यपालिकाले प्रक्रिया अघि बढाउन ढिला नगर्ने उनले भने । उनीहरुले पाख्रीवास नगरपालिका कार्यालयमा बुझाएको ज्ञापन–पत्र जिल्ला प्रशासन कार्यालय धनकुटामा समेत बोधार्थ दिएका छन् ।

प्रधानमन्त्री ओलीले ...

धरान/ प्रधानमन्त्री केपी शर्मा ओलीले बिपी कोइराला स्वास ...

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved