समाचार

    Showing 8,581-8,590 of 10,050 items.
  • विराटनगरमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु

    विराटनगर । विराटनगरको अस्पतालमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई र नोबेल अस्पतालमा एकको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालमा‌ अपरान्ह १२ः३५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धमा श्वासप्रश्वासमा समस्या बढेपछि आजै ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको मृत्यु भएको हो । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ । बुधबार बिहान कोसीमै मोरङको जहदा ग

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 1,634 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिड अस्पतालमा उपचाररत १ जना काेराेना संक्रमितको मृत्यु

    धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।विहिबार राती उपचारमा रहेका राजबिराज ४ का एक ३९ वर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार मृत्तकलाई गोल्डेन हस्पिटल विराटनगरबाट प्रतिष्ठानको इमर्जेसीमा ल्याएको र असोज ९ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो ।  उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । मृतकमा उच्च रक्तचाप , मधुमेह र मृगौलाको दिर्घकालिन समस्या भएको र डाइलासि

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 872 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दश हजार घुस  सहित एक कर्मचारी रंगे हात पक्राउ

    इलाम/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय इलामबाट दश हजार रुपैयाँ घुस रकम सहित एक कर्मचारीलाई पक्राउ गरेको छ ।आयोगको इटहरीस्थित कार्यालयको टोलीले सोमबार करदाता सेवा कार्यालयबाट सेवा निवृत भएका कार्यालय सहयोगी मोहनलाल ढकाल दश हजार रुपैयाँ घुस रकम सहित पक्राउ परेका हुन् । ढकालले सेवाग्राहीबाट लिएको घुस रकम सहित रंगे हात पक्राउ परेका हुन ।पक्राउ परेका ढकाललाई अख्तियारको क्षेत्रीय कार्यालय इटहरीमा लगेर थप अनुसन्धान भइरहेको इटहरी स्थित कार्यालयका सूचना अधिकारी पुरुषोत्तम ढकालले जानकारी दिए ।करदाता सेवा कार्यालयको कर्मचारी हुुँ भनेर सेवाग्राहीलाई दुःख दिने गरेको सूचनाको आधार

    • प्रकाशित मितिः असोज १४, २०७७
    • 888 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • वीपी प्रतिष्ठानका उपकुलपतिले जारी गरेका सरुवा, नियुक्ति पत्रमा अख्तियारको चासो

    धरान । कोरोना पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आइसोलेसनबाटै जारी गरेका सरुवा तथा नियुक्तिका पत्रहरुमा अख्तियारले चासो दिएको छ । कोरोना संक्रमण पुष्टि भएर करिब दुई साता देखि उपकुलपति डा. गिरी आइसोलेसनमा छन् । आइसोलेसनमै रहँदा जारी गरिएका पत्रहरु कसरी कार्यालय सम्म आइपुगे र कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले हस्ताक्षर गरिएका पत्र कसले कार्यालय सम्म ल्याएर जारी गर्यो भन्ने विषयमा अख्तियारले चासो देखाएको स्रोतले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएकाहरुले प्रयोग गरेका कुनै पनि वस्तु अन्य व्यक्तिले प्रयोग गर्न नहुने स्वास्थ्य प्रोट

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 1,266 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १५ सय ९३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुग्यो

    धरान /  पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै देशभर संक्रमित हुनेको संख्या ७६ हजार २ सय ५८  पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रफिङको क्रममा प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ सय ३१ जना निको भए सगै जम्मा निको हुनेको संख्या ५५ हजार ३ सय ९१ जना पुगेको छ भने मृतकको संख्या ४ सय ७७ पुगेको छ ।          

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 709 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोसी अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु

    विराटनगर । कोसी अस्पताल विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको आईसोलेसन विभागका प्रमुख डा. लक्ष्मीनारायण यादवका अनुसार सुनसरीको दुहवी नगरपालिका–५ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो । यादवका अनुसार संक्रमित पुरुषमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या थियो । उनी सोमबार दिउँसो अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाउँदा रिर्पोट पोजेटिभ आएको थियो ।

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 967 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मदिरा प्रहरीद्धारा बरामद

    इलाम / भन्सार छली नेपाल ल्याईएको मदिरा प्रहरीले बिभिन्न स्थानकाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङ सहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ । त्यसै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 963 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • बेलबारीमा असोज २३ गते देखी कक्षा ११ को परिक्षा

    बेलबारी । बेलबारी नगरपालिकाले असोज २३ गते देखी कक्षा ११ को परिक्षा संचालन गर्ने भएको छ । सोमवार बेलबारी नगरपालिका शिक्षाशाखाका प्रमुख भुपेन्द्र कोइरालाको अध्यक्षतामा बसेको बैठकले असोज २३ गते देखी २८ गते सम्म कक्षा ११ को परिक्षा संचालन गर्ने निर्णय गरेको हो । बैठकमा नगर क्षेत्र भित्र कक्षा ११ संचालन गरीरहेका सामुदायिक तथा संस्थागत बिद्यालयहरुका प्रद्यानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो । बैठकले परिक्षा संचालन गर्नका लागि एक समिति समेत गठन गरेको छ । गोबिन्द भण्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा खगेन्द्र लुइटेल, टेक नारायण शाह, भुपाल बस्नेत, सदस्य रहेका छ

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 1,059 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विश्वव्यापी यलम्बर संगित प्रतियोगिताको अनलाइन अडिसन शुरु

    धरान । कोरोनाको कारण स्थगीत रहेको विश्वव्यापी यलम्बर संगित प्रतियोगिताको अडिसन लकडाउन खुले सँगै शुरु भएको छ । साँस्कृतिक जागरण गर्ने उद्देश्यले विगत ६ वर्ष देखि किरात राई साँस्कृतिक कलाकार संघले प्रतियोगिताको आयोजना गर्दै आएको छ । जेठ २२ गते हुदै आएको प्रतियोगिता यस वर्ष कोरोनाको कारण रोकिएकाले भदौ २७ गते देखि खुल्ला गरिएको संघले जनाएको छ । किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा छैठौं संस्करणको प्रतियोगिताको अडिसन अनलाईनबाट हुने भएको छ । कोरोनाको कारण अनलाइन मार्फत प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको अडिसन भदौं २७ गते देखी नै खुल्ला गरिएको संघका अध्यक्ष राम

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 1,378 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा पुगे ६ हजार ५ सय कोरोना संक्रमित

    विराटनगर । प्रदेश १ मा सोमबार ८३ जना कोरोना संक्रमित थपिए संगै ६ हजार ५ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकाश मन्त्रालयका अनुसार सुनसरीमा ३६, मोरङमा ३०, ओखलढुङ्गामा ४, खोटाङ र झापामा २–२, धनकुटा र इलाममा १–१ र प्रदेश १ बाहिर ७ जनामा संक्रमण देखिएको छ । सुनसरीमा संक्रमण पुष्टि भएका ३६ जना मध्ये १२ महिला र २४ पुरुष रहेका छन् । त्यसै गरि मोरङमा ३० जना संक्रमित मध्ये ९ महिला र पुरुष ११ जना रहेका छन् । उता ओखलढुङ्गामा ३ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएको छ भने खोटाङमा २ पुरुषमा संक्रमण देखिएको छ । झापामा २ पुरुष, धनकुटा र इलाममा १–१महिलामा कोरोना पुष्टि भएको

    • प्रकाशित मितिः असोज १३, २०७७
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved