मदिरा प्रहरीद्धारा बरामद

  • असोज १३, २०७७
  • " भगीरथ भण्डारी"
alt

इलाम / भन्सार छली नेपाल ल्याईएको मदिरा प्रहरीले बिभिन्न स्थानकाट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले भारतबाट भन्सार छलेर इलाम ल्याउदै गरेको मदिरा बरामद गरेको हो ।
इलाम नगरपालिका ७ जिरोमा प्रहरी निरीक्षक नविन राईको कमाण्डमा खटिईएको टोलिले सूर्योदय नगरपालिका २ का पुर्ण कुमार तामाङले पशुपतिनगरबाट इलाम लैजादै गरेको मे १ ज २१७६ नंम्बरको मारुती भेन र १३२ बोतल भारतीय सिक्केमे रम बरामद गरेको छ । प्रहरीले भेन चालक तामाङ सहित उक्त मदिरा र गाडी कर दाता सेवा कार्यालय इलाममा बुझाएएको छ ।

त्यसै सूर्योदय नगरपालिका १० नयाँचोक स्थित कल्पना तामाङले संचालन गरेको जिम्बा होटल, डम्बर प्रधानले संचालन गरेको एभरेष्ट होटल र पदम प्रधानको होटलबाट लुकाई छिपीइ राखेको सिक्किमे मक्स प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरीले उक्त होटलहरुमा खानतलासी गर्दा जिम्बा होटलबाट १४१ बोतल, एभरेष्ट होटलबाट ४८ बोतल र प्रधानको होटलबाट ४८ बोतल गरी जम्मा २३७ बोतल भारतीय सिमिमे मक्स बरामत गरी कर दाता सेवा कार्यालय इलाममा इलाममा बुझाईएको छ ।

त्यसै गरी इलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटिएको प्रहरी निरीक्षक रमेश राईकै टोलीले सोमबार बिहान सूर्योदय नगरपालिका २ मानेभन्ञ्याङ रोड छेउ जंगलमा भारतबाट नेपाल तर्फ लुकाई छिपाई ल्याउदै गरेको एक लाख ३६ हजार ४ सय ८० रुपैंया बराबरको ३० कार्टुन भारतीय रेडबुल र ५ कार्टुन भाडा माझ्ने साबुन बरामद भन्सार कार्यालय पशुपतिनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक०लालध्वज सुवेदीले जानकारी दिए ।

 

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved