विराटनगरमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु

  • असोज १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरको अस्पतालमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई र नोबेल अस्पतालमा एकको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालमा‌ अपरान्ह १२ः३५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धमा श्वासप्रश्वासमा समस्या बढेपछि आजै ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको मृत्यु भएको हो । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ । बुधबार बिहान कोसीमै मोरङको जहदा गाउँपालिका-६ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर-२ का ५० वर्षीय संक्रमित पुरुषको पनि बुधबार बिहान ७ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved