विराटनगरमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु

  • असोज १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । विराटनगरको अस्पतालमा बुधवार तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा दुई र नोबेल अस्पतालमा एकको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ७३ वर्षीय वृद्धको कोभिड अस्पतालमा‌ अपरान्ह १२ः३५ बजे मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डा.दीपक सिग्देलका अनुसार वृद्धमा श्वासप्रश्वासमा समस्या बढेपछि आजै ११ बजेतिर अस्पताल भर्ना गरिएको थियो । वृद्धलाई तत्काल आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको मृत्यु भएको हो । वृद्धमा स्वास्थ्यसम्बन्धी अरु पुरानो समस्या नदेखिएको परिवारले जानकारी दिएको अस्पतालले जनाएको छ । बुधबार बिहान कोसीमै मोरङको जहदा गाउँपालिका-६ का ६० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो । यस्तै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको हरिनगर-२ का ५० वर्षीय संक्रमित पुरुषको पनि बुधबार बिहान ७ः३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved