समाचार

    Showing 8,461-8,470 of 10,050 items.
  • अनुगमन प्रति कठोर बन्दै उपमहानगर, उपभोक्तालाइ सडेको मासु बिक्रि गर्ने ५ वटा पसल सिल

    इटहरी । कोरोना कहर बिच उपभोक्तालाइ सडेको मासु बिक्री बितरण गर्न र मापदण्ड बिनै ब्यवसाय सञ्चालन हुदै आएका इटहरीका ५ वटा मासु पसल शनिबार सिल गरिएको छ । उपमहानगर अन्तरगत उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिबार गरिएको बजार अनुगमन पश्चात बिपि चौक छिर्ने मुखैमा सञ्चालन भएका मासु पसलहरू अवैध रहेको पाइएकोले तत्काल सिल गरिएको हो ।पटक पटक सम्झाउदा र चेतावनी दिदा पनि अटेर गरेर ब्यवसाय नविकरण नगरेको, सुरक्षित ढंगबाट मासु बिक्रि बितरण नगरेको, उपभोक्तालाइ सडेको मासु बिक्रि गर्ने गरेको, नविकरण र ब्यवसाय दर्तै नगरी पसल सञ्चालन गरेको पाइएपछि उपमहानगरको अनुगमन टोलीले ५ वटा

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,018 पटक पढिएको
    • "तेजबहादुर बन "
  • न्यायिक समिति सुझाव पेटिका वितरण

    धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले गाउँपालिका र न्यायिक समितिले प्रदान गरेको सेवा प्रवाहमाथि नागरिकको गुनासो सुनुवाई गर्न न्यायिक समिति सुझाव पेटिका वितरण गरेको छ । गाउँपालिका र न्यायिक समितिले सम्पादन गरेका कामको विषयमा गाउँपालिकाबासीको कुनै गुनासोहरु भए सुझाव दिनको लागि नागरिकहरुलाई सहजता पु¥याउने उद्देश्यले सबै वडामा सुझाव पेटिका वितरण गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । उनले भने–‘भौगोलिक विकटताका कारण कतिपय नागरिकहरुको गाउँपालिका वडा न्यायिक समितिसम्म पुगेर आफ्नो गुनासो पोख्ने पहुँच नहुन सक्दछ । त्यसैले आफुलाई लागेको गुनासो वा सुझाव भए सम्बन्धित वडामा राखिए

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,323 पटक पढिएको
    • " सन्तोष रुचाल"
  • यात्रुवाहक सवारी साधनमा नयाँ मापदण्ड

    धरान । जिल्ला भित्रिने लामो दुरीको यात्रुवाहक सवारीसाधनहरु बिहान ९ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने सुनसरी जिल्ला स्थित कोभिड १९ क्राइसिस मेनेजमेन्ट सेन्टर (डिसिसिएमसि) बैठकले निर्णय गरेको छ । आइतबारदेखि लागु हुने गरि सुनसरी जिल्लाबाट छुट्ने लामो दुरीका यात्रुवाहक सवारीसाधनहरु पनि बिहान ७ बजेभित्र गन्तव्यतर्फ प्रस्थान गरिसक्नुपर्ने निर्णय बैठकले गरेको छ । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले छोटो दुरीका बस, कार, जिप, म्याजिक, टेम्पो, माइक्रो, ई रिक्सा, मोटरसाइकललाई जोरविजोर प्रणालीमा मात्र सञ्चालन गर्ने पनि निर्णय गरेको छ । यसको व्यवस्थापन १ नम्बर प्रदेश ट्राफि

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 758 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना माहामारीमा मजदुर, चाडवाडको मुखमा छाक टार्न मूस्किल

    इलाम । इलाम नगरपालिका–५ का ५१ वर्षिय प्रेम लिम्बु श्रमिक हुन । उनी गाडिको सामान लोड र अनलोड गर्ने काम गर्छन । सामान बोकेको भरमा उनले दिनको पाँचसय रुपैयाँ जति कमाउथे । लक डाउन भएपछि यातायात प्रायः ठप्प भयो । यातायात बन्द भएपछि उनको कमाई बन्दनै भयो । यातायात शुरु भएपछि उनी अहिले सामान्य अवस्थामा फर्किदैछन । पाँच जनाको उनको परिवारमा अहिले उनीहरु दुईजना बस्छन् । परिवारको घर खर्च उनी एक्लैले धान्न पर्छ । दुखले घर खर्च धानिरहेका लिम्बुलाई लकडाउनको समयमा निकै हम्मे हम्मे प¥यो । अहिले थोरै भएपनि काम पाउन थालेपछि उनलाई केही आशा पलाएको छ । फाकफोकथुम गाउँपालिका ३ का २५ वर्षिय गौरव लामिछाने या

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,095 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सार्वजनिक स्थानमा रोपिएको एवोकाडो खेतीको अनुगमन

    धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाको साढे ३ सय रोपनी जग्गामा रोपिएको एवोकाडो र आपको विरुवाको अनुगमन गरिएको छ । गाँउपालिकाले विश्व वातावरण दिवसको अवसर पारी गत असारमा युएनडिपी र पर्डेप नेपाल सँग समन्वय गरेर रोपेको १ हजार एवोकाडो र आपको विरुवाको अनुगमन गरेको हो । किसानहरुले ती विरुवालाई मलजल तथा गोडमेल गर्ने कार्यलाई ध्यान दिएका छन् कि छैन भन्नेमा केन्द्रित रहेर अनुगमन गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदीले जानकारी दिईन । अनुगमनको क्रममा विरुवाको गोडमेल एवम् संरक्षणमा त्यहाँका किसान उत्साहित भएर लागेको पाईएको उनले वताए । गाउँपालिकाको वडा नं ६ थलथले बजार छेउमा रहे

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 614 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश सांसद साम्बाको क्षेत्रमा १ अर्ब २६ करोडको योजना

    मोरङ । प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा आफ्नो क्षेत्रमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको छ । मोरङ निर्वाचन क्षेत्र नं.१ (क) बाट निर्वाचित साम्बाले आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको जनाएका छन् । साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ ।साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् । सांसद साम्ब

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 1,507 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मंसिर ६ गते सम्म निषेधाज्ञा जारी

    सुनसरी । कोरोना संक्रमण बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक १ गते देखि मंसिर ६ गते सम्म निषेधाज्ञा जारी गरेको छ । प्रशासनले जिल्लामा लागु हुने गरी विभिन्न क्षेत्र तोकी निषेधाज्ञा जारी गरेको हो । प्रशासनका अनुसार जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रुपमा भेलाजम्मा भई कुनै पनि कार्य गर्न पाइने छैन् । प्रशासनको निर्णय सँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । सुनसरी प्रशासनले उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्य समेतमा रोक लगाइएको जनाएको छ । त्यसै गरी मन्दिर, शक्ति पिठमा नित्य पुजा बाहेक गर्न नपाइने भनिएको छ । उसले मस्जिद तथा गुम्बाहरुमा

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 677 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मापदण्ड पालना नगर्ने ब्यवसायीको पसल नै शिल

    इटहरी । चाडपर्व नजिकिएसंगै उपभोग्य बस्तुको मुल्यमा एकरूपता नभएको ब्यापक जनगुनासो पछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाइ तिब्रता दिइएको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्दै म्याद गुज्रिएको सामान बिक्री गर्ने एक किराना पसललाइ शिल गरेको छ । केहि समय अघि अखाद्य बस्तु सहित म्याद गुज्रिएका सामग्रीहरू भेटिएपछि चेतावनी दिदै छोडिएको इटहरी १२ खनार स्थित बिक्रम किराना पसलमा शुक्रबार अनुगमन गर्दा पुनः पुरानै सामग्री भेटिएपछि पसल शिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । खनारका स्थानीय मंगल चौधरीले सञ्चालन गरेको उक्त पसलबाट म्याद गुज्रीएको घ्यु, बिस्कुट, तेल, बेसार लगायतका खाद्यान्न

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 399 पटक पढिएको
    • " तेजबहादुर बन "
  • घरमै पुगेर ह्वील चेयर बितरण

    बेलबारी । मोरङको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपाङगता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामाग्री ह्वील चेयर बितरण गरेका छन । बिहिबार बेलबारी मेयर सुवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन । बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा विष्ट शिक्षक हुन । उनी श्रीमती अस्मिता विष्टको सहारामा बिद्यालयमा जाँदा आउने जाने गर्छन । एउटा पुरानो भइसकेको ह्वील चेयर थियो, पदमकी श्रीमती अस्मिताले भनिन, ‘अहिले नगर प्रमुख आफैले खोज्दै आएर दिनु भएको छ यसले ठुलो राहत भएको महशुष गरेकी छु ।’ ह्वील चेयरमै बसेर विभिन्

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 649 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनशक्ति अभाव देखाउँदै वीपीले गर्यो डाइलासिस सेवामा कटौती

    धरान । हप्तामा दुई पटक डाइलासिस गर्नु पर्ने बिरामीलाई धरान स्थित वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हप्तामा १ पटक मात्रै गरिदिने भए पछि स्वास्थ्य अधिकार कुण्ठित भएको गुनासो गरेका छन् । डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठानले एक विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । विरामीहरु भने आफुहरुको बाँच्ने अधिकार कुण्ठित गरेको र तड्पेर मर्ने अवस्था आएको भन्दै विरोध गरेका छन् । मृगौला पीडित सरोकार समाजका अध्यक्ष मानबहादुर बजगाईका अनुसार सोमबार देखि प्रतिष्ठानको डाइलाइसिस युनिटले एक जना विरामीको हप्तामा १ पटक म

    • प्रकाशित मितिः कार्तिक १, २०७७
    • 633 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved