जनशक्ति अभाव देखाउँदै वीपीले गर्यो डाइलासिस सेवामा कटौती

  • कार्तिक १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हप्तामा दुई पटक डाइलासिस गर्नु पर्ने बिरामीलाई धरान स्थित वीपी कोइाराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले हप्तामा १ पटक मात्रै गरिदिने भए पछि स्वास्थ्य अधिकार कुण्ठित भएको गुनासो गरेका छन् ।

डाइलाइसिस युनिटमा खटिएका स्टाफ नर्सहरुलाई कोरोना संक्रमण भएकोले दक्ष जनशक्ति अभाव भएको भन्दै प्रतिष्ठानले एक विरामीलाई हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । विरामीहरु भने आफुहरुको बाँच्ने अधिकार कुण्ठित गरेको र तड्पेर मर्ने अवस्था आएको भन्दै विरोध गरेका छन् ।

मृगौला पीडित सरोकार समाजका अध्यक्ष मानबहादुर बजगाईका अनुसार सोमबार देखि प्रतिष्ठानको डाइलाइसिस युनिटले एक जना विरामीको हप्तामा १ पटक मात्र डाइलाइसिस गर्न थालेको हो । सोमबार ६ जना विरामीको नियमित डाइलाइसिस हुन पाएन । हप्तामा २ पटक डाइलाइसिस गराइरहेकालाई १ पटक मात्र गराउदा धेरै समस्या हुने उनको भनाई छ । उनले भने, ‘हप्ता २ पटक डाइलाइसिस गर्दा त गाह्रो छ, झन् १ पटक मात्र गर्दा के अवस्था के होला ? यो त सिधै आत्महत्या गर, तड्पेर मर भनेको होइन ?’
मृगौलाका विरामी तथा आफन्तजनहरुले विगतमा जस्तै हप्तामा २ पटक डाइलाइसिस गराउन पाउनुपर्ने माग गरेका छन् । उनीहरुले सोमबार दिनभर नै अस्पताल प्रशासनमा यही माग राखेर बसेका थिए । तर, प्रशासनले भने चित्तबुझ्दो जवाफ दिन सकेन । अध्यक्ष बजगाईले निःशुल्क पाउनुपर्ने औषधी पनि वीपी प्रतिष्ठानको मेडिकल स्टोरमा सकिएर विरामीले बाहिर खरिद गर्नुपरेको तर अहिलेसम्म प्रतिष्ठानबाट पैसा फिर्ता नपाएको पनि गुनासो पोखे ।

विरामीका अभिभावक धरानका उत्तम राईले अस्पताल प्रशासनले जनशक्ति (नर्स) कमी भएको भन्ने जवाफ दिएको बताए । उनले यसअघि ५० जना नर्स नियुक्ती गर्ने भनेपनि समयमा नगर्दा यो समस्या आएको बताए । उनले भने, ‘५० जना नर्स लिने भनेको थियो, तर अहिलेसम्म किन लिएनन् ?अब किड्नीको विरामी झुण्डिएर मर्नेबाहेक उपाय छैन ।’

अस्पताल प्रशासनले भने डाइलाइसिस युनिटमा खटिएका आधा दर्जन नर्सहरुलाई कोरोना संक्रमण भएको जनाएको छ । डाइलाइसिसमा १९ जना नर्सहरु खटिएकोमा ६ जनालाई संक्रमण भएको र ४ जना कोभिड अस्पतालमा खटिएकोले जनशक्ति पर्याप्त नभएको सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले बताए । ‘आधा जनशक्ति कमी भएकोले हप्तामा १ पटक मात्र डाइलाइसिस गर्ने भनेर डाइलाइसिस युनिटबाट जानकारी आयो,’उनले भने,‘गाह्रो भएको विरामीलाई इर्मजेन्सीबाट आउदा गर्ने व्यवस्था हुन्छ ।’ डाइलाइसिसमा खटिने नर्सलाई बिशेष तालिम दिइनुपर्ने भएकोले तत्काल अन्यलाई त्यहाँ खटाउन सकिने अवस्था नभएको पनि उनको भनाई छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved