धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिकाको साढे ३ सय रोपनी जग्गामा रोपिएको एवोकाडो र आपको विरुवाको अनुगमन गरिएको छ ।
गाँउपालिकाले विश्व वातावरण दिवसको अवसर पारी गत असारमा युएनडिपी र पर्डेप नेपाल सँग समन्वय गरेर रोपेको १ हजार एवोकाडो र आपको विरुवाको अनुगमन गरेको हो । किसानहरुले ती विरुवालाई मलजल तथा गोडमेल गर्ने कार्यलाई ध्यान दिएका छन् कि छैन भन्नेमा केन्द्रित रहेर अनुगमन गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदीले जानकारी दिईन ।
अनुगमनको क्रममा विरुवाको गोडमेल एवम् संरक्षणमा त्यहाँका किसान उत्साहित भएर लागेको पाईएको उनले वताए । गाउँपालिकाको वडा नं ६ थलथले बजार छेउमा रहेको खालि सार्ववनिक जग्गामा डेड सय रोपनीमा ५ सय वोट एवोकाडोको विरुवा रोपिएको छ भने वडा नं १ को गोपालपुर विडिटोलको सार्वजनिक जग्गामा २ सय रोपनिमा ५ सय वोट आँपको विरुवा रोपिको छ ।
वृक्षारोपण क्षेत्र वरिपरि रहेको बस्तिका किसानहरु यति बेला खुसि भएका छन् । अहिले युएनडिपी र पर्डेप नेपालले विरुवा हेरचाह गर्ने जिम्मा गाउँपाउपालिकालाई दिए पनि गाँउपालिकाले वरिपरि रहेको नजिकैका वस्तीलाई समूह गठन गरी विरुवा हुर्काउने बढाउने र आम्दानी गर्ने जिम्मा किसानलाइ दिएको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाको तर्फ बाट भने किसानलाई प्राबिधिक तथा सिंचाईको अभाव रहेको ठाँउमा सिंचाइको सुविधा उपलब्ध गराउने सहिदभुमि गाँउपालिका उपाध्यक्ष रत्नेश्वरी राइले बताईन । गाँउपालिकाको अन्य खालि जग्गाहरुमा क्रमागत रुपमा वृक्षारोपण गर्दै जाने योजना छ ।
एबोकाडो खेतिलाई व्यवस्थित रुपमा हुर्काउन बढाउन वरिपरी रहेको वस्तिका ६० घर किसानको समूह मिलेर आवश्यता अनुसार मल, पानी लगाउने र गोडमेल काम पालै पालो गरेर गर्ने गरेको वडा नं ६ का पदम बहादुर भण्डारीले बताए । त्यस्तै गरी एबोकाडो फल्न थाले पछि प्रशोधन गरि सो फलबाट विभिन्न चिजहरु बनाउने योजना समूहको रहेको भण्डारीको भनाई छ ।
अहिले समूह मार्फत विरुवाको हेरचाह गर्ने र पछि आम्दानी फल दिन थाले पछि कार्यविधि, नियम बनाएर समूहका किसानका लागि काम गर्ने योजना रहेको उनको भनाई छ ।
कृषीलाई प्रमुख पेशाको रुपमा सम्हाल्दै आएका गाउँपालिका वडा नं १ गोपालपुरका ज्ञान बहादुर राईले आफ्नो जीवन कषी पेशामै वितेको स्मरण गर्दै यसपालि भने पहिलो पटक संयूक्त राष्ट्र संघ, पर्डेप नेपाल धनकुटा र गाँउपालिकाले संयूक्त रुपमा आँपको विरुवा रोपीदिदा आफुलाई साह्रै खुशी लागेको बताए । उनी अहिले रोपिदिएको आँपको विरुवा हेरचाहा गर्न लागि परेका छन् । गोपालपुर हावा पानीको हिसाबले न्यानो बेसीं ठाँउ हो । आप खेतिका लागि यो ठाउँलाई उपयूक्त मानिन्छ ।
यहाँंका किसानले व्यवसायिक रुपमा आप खेति नगरेपनि उनिहरुले प्रत्येक घरमा एक दुइ बोट आपको विरुवा रोपेका छन् । तर उनिहरुले व्यवसायिक रुपमा आँप खेति नगरे पनि खालि रहेको सार्वजनिक जग्गामा किसानलाई व्यवसायिक रुपमा विकास गर्न ५ सय बोट आपको विरुवा रोपी दिईएको छ । यसबाट राम्रो आम्दानी हुनेमा उनिहरु ढुक्क छन् ।
गोपालपुरका ११ घरका कृषक समुह बनाएर आँप खेति जोगाउने हुर्काउनेमा लागि परिरहेको मनिक राइले बताए । रोपेको आँपको विरुवाले ४ वर्ष देखि फल दिन थाल्ने उनले बताए । एक बोट बराबर ४ सय देखि ५ सय केजि सम्म फल्ने उनको अपेक्षा छ । अनुगमनमा गाउँपालिकाको उपाध्यक्ष रत्नेश्वरी राई, पर्डेप नेपाल धनकुटाका सचिव नरेश श्रेष्ठ, कायकार्यकारी निर्देशक सुवेदी सहित स्थानीय किसानको सहभागीता थियो ।