घरमै पुगेर ह्वील चेयर बितरण

  • कार्तिक १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

बेलबारी । मोरङको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले अपाङगता भएका ब्यक्तिहरुलाई घर घरमै पुगेर सहायक सामाग्री ह्वील चेयर बितरण गरेका छन । बिहिबार बेलबारी मेयर सुवेदीले बेलबारी ८ का पदम बिष्ट र बेलबारी ३ का पदम श्रेष्ठलाई घरमै पुगेर ह्वील चेयर बितरण गरेका हुन ।

बेलबारी–८ को रणपाल आधारभूत विद्यालयमा विष्ट शिक्षक हुन । उनी श्रीमती अस्मिता विष्टको सहारामा बिद्यालयमा जाँदा आउने जाने गर्छन । एउटा पुरानो भइसकेको ह्वील चेयर थियो, पदमकी श्रीमती अस्मिताले भनिन, ‘अहिले नगर प्रमुख आफैले खोज्दै आएर दिनु भएको छ यसले ठुलो राहत भएको महशुष गरेकी छु ।’

ह्वील चेयरमै बसेर विभिन्न काठका सामग्रीहरु बनाउदै आएका बेलबारी ३ का ५४ वर्षीय श्रेष्ठलाई केहि समय अघि नगर प्रमुख सुवेदीले घरमै पुगेर केहि उपकरणहरु बितरण गरेका थिए । मोटर ड्रिल मेसिन, भ्याक्सो मेसिन, प्लेञ्जो मेसिन लगायतका उपकरण नगर प्रमुखले आफै घरमै आएर दिनु भएको थियो श्रेष्ठले भने, ‘मलाई उहाँले नै आएर ह्वील चेयर पनि दिनु भयो ।’ उनले उपकरण पाएपछि सामग्रीहरु बनाउन थप सजिलो भएको समेत बताए ।

रोटीमेकर, ऐनाहरू, हातेपंखा, मदानी तराजु, मोवाइल स्टेन, लगायतका सामग्रीहरु उनले बनाउने गरेका छन । उनी अपाङ्गता भएपनि आफनो परिवारको सहारा बनिरहेका छन ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई भित्र बाहिर गर्न सजिलो होस भनेर बितरण गरीएको नगर प्रमुख सुवेदीले बताए । आप्mनो नगर क्षेत्र भित्र अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यकता अनुसार ह्वील चेयर तथा अन्य सहायक सामग्रीहरु बितरण गरीने नगर प्रमुख सुवेदीको भनाई रहेको छ ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved