मापदण्ड पालना नगर्ने ब्यवसायीको पसल नै शिल

  • कार्तिक १, २०७७
  • " तेजबहादुर बन "
alt


इटहरी । चाडपर्व नजिकिएसंगै उपभोग्य बस्तुको मुल्यमा एकरूपता नभएको ब्यापक जनगुनासो पछि इटहरी उपमहानगरपालिकाले बजार अनुगमनलाइ तिब्रता दिइएको छ । पटक पटक सम्झाउदा पनि अटेर गर्दै म्याद गुज्रिएको सामान बिक्री गर्ने एक किराना पसललाइ शिल गरेको छ ।
केहि समय अघि अखाद्य बस्तु सहित म्याद गुज्रिएका सामग्रीहरू भेटिएपछि चेतावनी दिदै छोडिएको इटहरी १२ खनार स्थित बिक्रम किराना पसलमा शुक्रबार अनुगमन गर्दा पुनः पुरानै सामग्री भेटिएपछि पसल शिल गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । खनारका स्थानीय मंगल चौधरीले सञ्चालन गरेको उक्त पसलबाट म्याद गुज्रीएको घ्यु, बिस्कुट, तेल, बेसार लगायतका खाद्यान्नहरू फेला परेका थिए ।
बजार अनुगमनलाइ तिब्रता दिने क्रममा शुक्रबार इटहरी १२ खनार स्थित केहि खाद्यान्न पसल, किराना पसलहरू अनुगमन गरिएको थियो । करीब २ घण्टा गरिएको अनुगमनमा खनार क्षेत्रमा सञ्चालित ७ वटा किराना पसलबाट म्याद गुज्रीएको सामग्रीहरू जफत गरिएको उपमेयर गौतमले बताईन् ।
एक दर्जन बढी पसलहरूमा अनुगमन गर्दा अधिकांस ब्यवसायहरूले प्रशासनबाट जारी मापदण्ड पालना नगरेको, मास्क, सेनिटाइजर प्रयोग नगरेको तथा मुल्यसुचि नराखेको पाइएकोले तिनिहरूलाइ अन्तिम चेतावनि दिइ छाडिएको र पुनः अनुगमन गर्दा गल्ती दोहोरिए पसल शिल गर्ने चेतावनी दिएको उपमेयर गौतमले बताईन ।

माग सम्बोधन नभए धरान ...

धरान/ निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याप्स ...

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved