धनकुटा ÷धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीलाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १९ गते गरिएको (पिसिआर) स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनले बुधवार धरानमा पिसिआर परिक्षण गरेकी थिईन् । पिसिआर परिक्षणको आज विहान आएको रिर्पोट कोरोना पोजेटिभ आएको उनले बताईन् । कोरोना संक्रमण देखिएसँगै धनकुटा नगरपालिका–७ आफै घरमा होम आइसोलेशनमा बसेकी उपप्रमुख अधिकारीलाई सामान्य ज्वरो, घाँटी दुख्ने र छाती दुख्ने समस्या रहेको छ । केही दिन यता स्वाद
इटहरी । नेपाल सरकारले गत अशोज २६ गतेदेखि सार्वजनिक यातायातमा पुरै यात्रुहरू बोक्न पाउने र भाडा दर पुरानै कायम गर्नुपर्ने निर्णय गरेपनि यातायात सञ्चालकहरूले भने यात्रुहरूबाट दोब्बर भाडा असुल्ने गरेको पाइएको छ । कोरोना कहर बिच यातायात सुचारू गर्दा सरकारले यातायात व्यवसायि हरूको मार्कालाइ मध्य नजर गर्दै आधा सिट मात्र यात्रु बोक्न र ५० प्रतिशत भाडा बढाएर लिन अनुमती सहित अशोज १ गते पहिलो निर्णय गरेको थियो । तर लकडाउन खुलेसंगै यातायात सञ्चालन हुन थालेपछि यात्रुहरू प्रत्यक्ष मार्कामा परेको गुनासो बढेपछि पुन अशोज २६ गते पुरै यात्रुहरू बोक्न पाउने र भाडादर पुरानै कायम गर्नुपर्ने निर्देशन सहित अर्को न
इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले भारी मात्रामा अवैध रूपमा भन्सार छली ल्याइएको निलो रेडबेल सहित एक ब्यवसायीलाइ नियन्त्रणमा लिएको छ । भन्सार छलेर नेपाली बजार भित्र्याइएको करीब २ लाख २० हजार मुल्य बराबरको ६ बोरा रेडबुल प्रहरीले नियन्त्रणमा लिइएको हो । प्रहरीले इटहरी उपमहानगरपालिका ४ बाट झापाको दमक नगरपालिका ८ बस्ने ४०बर्षीय कमल दाहालसहित प्लाष्टिकको सेतो बोरामा भारतमा निर्मित निलो रेडबुल भन्सार छलि ल्याउदै गर्दा नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीको गस्ती टोलिले बोरामा रहेको सामान बारे सोधपुछ गर्दै चेकजाच गर्दा भन्सार छलेर ल्याएको प्रमाणित भएपछि दाहाललाई पक्राउ गरी आवश्यक कारवाहिका लागि भन्
इटहरी । समुदायबाट नियन्त्रण बाहिर पुगेको कोरोना संक्रमणलाइ रोकथाम तथा चाडपर्वलाइ मध्यनजर गर्दै जिल्ला प्रसाशन सुनसरीले गत अशोज २३ गते जारी गरेको सुरक्षा योजना प्रति होटल ब्यवसायीहरूले असन्तुस्ट जनाउदै आन्दोलन गर्ने चेतावनी दिएका छन । प्रशासनले राती ८ बजे नै होटलहरू बन्द गर्न जारी गरेको आदेशलाइ फिर्ता लिनुपर्ने माग गर्दै इटहरीका होटल ब्यवसायीहरूले इलाका प्रहरी कार्यालय इटहरी र उपमहानगरमा ज्ञापन पत्र बुझाएका छन । होटल ब्यवसायी संघ कुनै समन्वय नै नगरी प्रसाशनले एकलौटी निर्णय गरिदिदा ब्यवसायी धरासयी बनिनुका साथै थप आतंकित हुन पुगेको होटल सञ्चालकहरूले बताएका छन । ८ बज्न नपाउदै होटलहरूमा प्रहरी पु
धरान । कोशी पत्र दैनिकका निर्देशक तथा कोशी मिडिया ग्रुप प्रालिका निर्देशक योगेशबाबु काफ्लेले आफुले अध्ययन गरेको विद्यालयमा शिक्षा कोषका लागि सहयोग रकम प्रदान गरेका छन् । मंगलबार धनकुटाको महालक्ष्मी नगरपालिका ९ स्थित मुर्तिढुङगाको श्री सिंहदेवी माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाको कोष स्थापनाका लागि पहिलो चरणको सहयोग गरेका छन् । काफ्लेले आफ्नो ३१ औं जन्मदिनको अवसरमा स्वर्गीय हजुरबुबा कमलापति काफ्ले र हजुरुआमा पुण्यवता काफ्लेको स्मृतिमा स्थापना गरिदिएको कमलापति पुण्यवता शिक्षा कोष स्थापना गरिदिएर पहिलो चरणको ५० हजार रुपैया सहयोग गरेका हुन् । कोषमा पहिलो चरणको ५० हजार रुपैया हस्तान्तरण गरिएको
विराटनगर । जर्बजस्ती करणीका घटनामा संलग्न तीन जना प्रतिवादीलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका वडा नं. ३ सिमपानेका चक्रबहादुर चौधरी, सकुमान तामाङ छन । कात्तिक १३ गते राति अन्दाजी पौने १२ बजेतिर मोरङ बेलबारी नगरपालिका वडा नं १ अमना सिसौलीको जंगलमा वेलबारी नगरपालिका वडा नं ३ बस्ने वर्ष २१ को सुमन भन्ने सुकमान तामाङले सोही ठाउँका बर्ष ५० को चक्र बहादुर चौधरीको सहयोगमा १४ वर्षीया नावालकमाथि जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ । प्रतिवादी सुकमान तामाङ सहयोगी चक्र बहादुर चौधरी समेतलाई जिल्ला अदालत मोरङबाट म्याद थप भई अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय
विराटनगर । प्रदेश १ मा तीव्र गतिमा फैलिरहेको कोरोनाको संक्रमण मुख्यत मोरङमा केन्द्रीत भएको तथ्यांकले देखाएको छ । परीक्षण भई कोरोना पोजेटिभ भएकाहरुको तथ्यांकले संक्रमण मोरङ र त्यसमा पनि प्रदेश राजधानी विराटनगर केन्द्रीत भएको देखिन्छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कको पछिल्लो तथ्यांकअनुसार प्रदेशभर कूल संक्रमितको संख्या १९ हजार ७९१ पुगिसकेको छ । तीमध्ये मोरङमा मात्र संक्रमितको संख्या ९ हजार ३५२ जना छ । जिल्लामा कोरोना संक्रमणबाट ७० जनाले ज्यान गुमाई सकेका छन । प्रदेशको आंकडा हेर्दा कूल संक्रमितमध्ये ४७ दशमलब २५ प्रतिशत मोरङका छन । मोरङमा ५ हजार
धरान । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सुनसरीको क्षेत्र नम्बर १ का १ हजार फुसका घरमा जस्तापाता लगाईदिने भएको छ । फुसको घर भएका विपन्न परिवारको घरधुरीमा निशुल्क जस्तापाता लगाइदिने भएको हो । सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जय कुमार राईको पहलमा धरान, बराहक्षेत्र र रामधुनीका १ हजार घरधुरीमा जस्तापाता लगाइदिने भएको हो । सांसद राईको अध्यक्षतामा जिल्ला समन्वय समितीको कार्यालयमा भएको बैठकमा धरानका ३ सय ३१, रामधुनीको २ सय २४ र बराहक्षेत्रका ४ सय ४५ घरधुरीमा फुसको छानो हटाएर जस्तापाता लगाइदिने निर्णय भएको छ । लाई सरकारले निःशुल्क जस्तापाता जडान गरिदिने भएको छ । जस्तापाता जडान गर्न प्रति
धरान । कोरोना संक्रमण पुष्टि भएका सबै बीमितहरूलाई एक हप्ताभित्रै दाबी भुक्तानी दिनुपर्ने बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दाबी रकम भुक्तानीमा ढिलाइ भएको गुनासो आए पछि सरकारले ७ दिनभित्रै दाबी भुक्तानीको व्यवस्था गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए पछि बीमा समितीले सोही अनुसार सबै बीमा कम्पनीहरुलाई सात दिन भित्र भुक्तानी दिन निर्देशन जारी गरेको हो । अर्थ मन्त्रालयले मंगलवार बीमा समितिलाई निर्देशन दिएको थियो । बीमा समितिले मंगलवार नै एक परिपत्र जारी गर्दै कम्पनीहरूलाई तोकिएको समयावधिभित्रै दाबी भुक्तानी दिन निर्देशन दिएको हो । कोरोना पुष्टि भएका बीमितले समयमै दाबी पाउनेछन् । पेन्डि
इलाम / इलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको हो । ९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताए ।उनले भने ‘भवनको भित्रिकाम सबै सकियो अव फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकि रहेको बताए ।’ भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको रहेको ‘व्यापारिक प्रयोजनका लागि भवन निर्माण गरिएको हो । सिटी मार्टका लागि पार्किङस्थलको