धनकुटा महालक्ष्मी नगरपालिकाकी उपप्रमुखलाई कोरोना संक्रमण पुष्टि

  • कार्तिक २०, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा ÷धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीलाई कोरोना संक्रमण देखिएको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १९ गते गरिएको (पिसिआर) स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनले बुधवार धरानमा पिसिआर परिक्षण गरेकी थिईन् । पिसिआर परिक्षणको आज विहान आएको रिर्पोट कोरोना पोजेटिभ आएको उनले बताईन् ।

कोरोना संक्रमण देखिएसँगै धनकुटा नगरपालिका–७ आफै घरमा होम आइसोलेशनमा बसेकी उपप्रमुख अधिकारीलाई सामान्य ज्वरो, घाँटी दुख्ने र छाती दुख्ने समस्या रहेको छ । केही दिन यता स्वाद र गन्ध थाहा हुन छाडेको पनि उनले बताईन् । उनमा कोरोना पोजेटिभ भएसँगै हालसालै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजग र सतर्क रहन सामाजिक सञ्जाल मार्फत आग्रह समेत गरेकी छिन् ।

यो सँगै धनकुटामा कोरोना संक्रमितको संख्या ७९ जना पुगेको छ । जसमध्ये ६५ जनाले कोरोनालाई पराजित गरेर घर फर्किसकेका छन् भने दुई जनाको निधन भएको छ । त्यस्तै १२ जना आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाँईले बताए ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved