इटहरी । समुदायबाट नियन्त्रण बाहिर पुगेको कोरोना संक्रमणलाइ रोकथाम तथा चाडपर्वलाइ मध्यनजर गर्दै जिल्ला प्रसाशन सुनसरीले गत अशोज २३ गते जारी गरेको सुरक्षा योजना प्रति होटल ब्यवसायीहरूले असन्तुस्ट जनाउदै आन्दोलन गर्ने चेतावनी दिएका छन ।
प्रशासनले राती ८ बजे नै होटलहरू बन्द गर्न जारी गरेको आदेशलाइ फिर्ता लिनुपर्ने माग गर्दै इटहरीका होटल ब्यवसायीहरूले इलाका प्रहरी कार्यालय इटहरी र उपमहानगरमा ज्ञापन पत्र बुझाएका छन । होटल ब्यवसायी संघ कुनै समन्वय नै नगरी प्रसाशनले एकलौटी निर्णय गरिदिदा ब्यवसायी धरासयी बनिनुका साथै थप आतंकित हुन पुगेको होटल सञ्चालकहरूले बताएका छन ।
८ बज्न नपाउदै होटलहरूमा प्रहरी पुगेर बन्द गर्न लगाउने र सो कृियाकलापले भित्र रहेका ग्राहकहरूमा नकरात्मक असर पर्ने साथै ब्यवसायीहरू थप आतंकित बनेकाले प्रसाशनले यो निर्णय तत्काल फिर्ता लिनुपर्ने होटल ब्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले बताए ।
६ महिनासम्म ठप्प भएको होटल व्यवसाय सरकारले लकडाउन खुकुलो बनाए संगै थोरै भएपनि राहत पाइरहेको समयमा पुनःप्रसाशनको अर्को निर्णयले थप आतंकित र धरासयी बनिन पुगेको अध्यक्ष पराजुलीको भनाइ छ । प्रसाशनले तत्काल निर्णय फिर्ता नलिए सुनसरी क्षेत्रमा सञ्चालन भएका होटलहरूमा ताला लगाएर चाबी सिडिओ कार्यालयमा बुझाउने ब्यवसायीहरूले चेतावनी दिएका छन ।
प्रसाशनको एक निर्णयले होटलहरूमा लगानी भएका करोडौ रकम डुब्ने खतरा रहेको ब्यवसायीहरूको गुनासो छ ।