सांसद जयकुमार राईको पहलमा क्षेत्र नम्बर १ का हजार घरलाई निःशुल्क जस्तापाता

  • कार्तिक १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत सुनसरीको क्षेत्र नम्बर १ का १ हजार फुसका घरमा जस्तापाता लगाईदिने भएको छ ।

फुसको घर भएका विपन्न परिवारको घरधुरीमा निशुल्क जस्तापाता लगाइदिने भएको हो । सुनसरी क्षेत्र नम्बर १ का संघीय सांसद जय कुमार राईको पहलमा धरान, बराहक्षेत्र र रामधुनीका १ हजार घरधुरीमा जस्तापाता लगाइदिने भएको हो ।

सांसद राईको अध्यक्षतामा जिल्ला समन्वय समितीको कार्यालयमा भएको बैठकमा धरानका ३ सय ३१, रामधुनीको २ सय २४ र बराहक्षेत्रका ४ सय ४५ घरधुरीमा फुसको छानो हटाएर जस्तापाता लगाइदिने निर्णय भएको छ । लाई सरकारले निःशुल्क जस्तापाता जडान गरिदिने भएको छ । जस्तापाता जडान गर्न प्रति परिवार ५० हजार नगद प्रदान गरिने सुनसरी क्षेत्र नम्बर १ का सांसद राईले बताए ।

बैठकमा धरानका मेयर तिलक राई, बराहक्षेत्रका मेयर निलम खनाल, रामधुनीका मेयर जयप्रकाश चौधरीको उपवस्थिती रहेको थियो । सांसद राईले ‘विपन्न परिवार जहिल्यै असिना–पानी, आगलागी, हावा हुण्डरी लगायतबाट पीडित भइ बढी क्षती हुने भएकोले नागरिकको सुरक्षाकालागी कार्यक्रम ल्याइएको’ बताए । तीनवर्ष भित्र देशभरीबाटै फुसको छानो हटाइसक्ने गरी शहरी विकास मन्त्रालयले योजना ल्याएको हो ।

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved