धरान । झापाबाट आएका कोरोना संक्रमित बिरामीहरु निको भएर विहिबार ३० जना घर फर्किएका छन् । धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसोलेसनमा रहेको ३० जनालाई प्रतिष्ठानले बिदाई गरेको हो । पछिल्लो पीसीआर परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि चौथो पटक कोरोना संक्रमितहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । कोरोना मुक्त हुनेमा १८ वर्ष देखि ४५ वर्ष सम्मका पुरुष रहेका छन् । उनका अनुसार प्रतिष्ठानमा नयाँ ८ जना सहित पुराना २४ जना कोरोना संक्रमित उपचारमै रहेका छन् । केही दिन अघि झापाकै २८ जना निको भएर घर फर्किएका थिए ।
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अप्रेशनका लागि आएका बिरामीहरु निजी अस्पतालहरुमा गएर अप्रेसन गराउन बाध्य बनेका छन् । कोरोना संक्रमण फैलिन सक्ने भन्दै प्रतिष्ठानले अप्रेशन लगायतका अन्य सेवाहरु बन्द गरे पछि दक्षिण एशियाकै उत्कृष्ठ मानिएको प्रतिष्ठानमा उपचारबाट समेत बञ्चित हुनुपरेको बिरामीहरुले गुनासो गरेका छन् । विशेष गरी हाडजोर्नीको अप्रेशन गर्नुपर्ने अवश्थाका बिरामीहरुले प्रतिष्ठानबाट सहज सेवा पाउन सकेका छैनन् । अप्रेशन गर्नका लागि कोरोनाको संक्रमण परिक्षण गर्नु पर्ने र परिक्षणको प्रक्रिया लामो भएकाले ढिलो अप्रेशन हुने हुँदा बाहिरै लानुपर्ने बाध्यता रहेको उनीहरुको भनाई
धरान / सप्तरीमा फेरी ६ जनामा कोरोना संक्रमण देखिएको छ । यो सगै सप्तरीमा संक्रमितकोे संख्या १ सय २१ पुगेको छ भने ४ जना निको भएर घर फर्किएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको नमुनामा परीक्षणमा बिहिबार थप जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै ६ जना पुरुष भएको र उनिहरु हनुमान नगरको क्वारेनटाइनमा बस्दै आएका खुलेको छ ।
लकडाउनका कारण विदेशमा अलपत्र परेको नेपालीहरुलाई स्वदेश ल्याउने काम सुरु भएको छ । आजको पहिलो उडानबाट कुबेतमा अलपत्र नेपाली १६१ जनालाई नेपाल ल्याइएको छ । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका उनीहरुलाई आज नेपाल ल्याइएको हो । उनीहरुलाई प्रदेश अनुसार होल्डिङ सेन्टरमा राखिने जनाइएको छ । कुबेतबाट आजै अरु थप १४० जना नेपालीहरुलाई समेत ल्याइनेछ । बाँकी नेपालीलाई लिएर आजै २ बजेपछि अर्को जहाज आउने त्रिभुवन विमानस्थलले जनाएको छ । पहिलो चरणमा आएका उनिहरु दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । कुवेत सरकारको पहल र सहयोगमा त्यहाँ अलपत्र नेपालीलाई ल्याइएको हो । यसअघि म्यानमार
पथरी शनिश्चरे/ भौतिक निर्माण र पूर्वाधार विकासमा अगाडि रहेको मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १, बौद्धचौकस्थित रहेको पञ्चायत मावि, परिसरमा प्रदेशकै एकमात्र अपाङ्गमैत्री भवनको शिलान्यास भएको छ । पथरी शनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले २८ गते बुधबार शिलान्यास गर्नुभएको सो भवन प्रदेश नं। १ को सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालय प्रदेश नं। १ धनकुटाको सहयोगमा प्राप्त १ करोड बराबरको लागतमा बन्न लागेको हो । नमुना विद्यालयको रूपमा आकर्षणता बढाइरहेको पञ्चायत मावि यतिबेला पथरीको मात्र नभएर जिल्लाकै गहना बनेको छ, प्रदेशकै नमुना बन्ने क्रममा कदम बढाइरहेको छ ।
सुनसरी । लकडाउनको सबै भन्दा बढी समस्या कृषी क्षेत्रमा परेको छ । उत्पादन भएका वस्तुहरु बजार सम्म पुर्याउन नसक्दा बारीमै उत्पादनहरु कुहिन थालेका छन् । अहिलेको मौसमी फलफुल लिचि, आप लगायतका फलफुलहरु बोटमै कुहिन थाले पछि कृषकहरु चिन्तित बनेका छन् । लकडाउनले सुनसरी र मोरङ्खका लिचि कृषकहरूको आम्दानीलाई पनि लक गरिदिएको छ । लकडाउनको कारण बजार सम्म पुर्याउन नसक्दा लिच्ची बोटमै कुहिन थालेको कृषकहरू बताउँछन । वर्षभरी कुरेर सिजनमा लिच्चीको व्यापार बाटनै लाखौंको आम्दानी गर्ने कृषकहरू यो वर्ष लाखौंको आम्दानी बोटमै कुहिन थालेको गुनासो गरेका छन । प्रत्येक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका सुनसरी
काठमाडौं । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार सााझ बसेको मन्त्रिपरिषदको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । गत चैत ६ गते देखि हुने भनिएको कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण गत चैत ५ गतेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगित गरिएको थियो । विद्यालयहरूले आन्तरिक मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउनेछन् र, त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुने बताइएको छ ।
कालाबन्जर । आगामी आर्थिक बर्षको बजेट तथा निति कार्यक्रमलाई सहयोग पुर्याउन नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बराहक्षेत्र नगर कमिटीले सरकारलाइ सुझाब सल्लाह पेश गर्ने तयारी गरेको छ । जनताको बिकासका लागि जनता संगै सहकार्य गर्नु पर्छ भनेर नगर भित्र रहेका विभिन्न संघसंगठन संग चरणवद्ध छलफल गरिएको हो नेकपाका नगर अध्यक्ष कमल बहादुर कटुवालले बताए । उनले भने छलफलबाट राम्रा कुराहरु आएका छन् , नगरको बिकासको अवधारणा आएको छ । यसलाई हामी हाम्रो स्थानीय सरकार संग राख्नेछौ अधिकांश कुरा लागू हुन्छन् । सुझावमा कसैले आफुलाइ फाइदा पुग्ने ब्यक्तिबादी योजनाका कुराहरु ल्याउनु भएको छ त्यस्ता कुरा लाई भने हामी क
विराटनगर । प्रदेश १ सरकारले ल्याउने बजेटमा उत्पादन र रोजगारीलाई अवसर दिन उद्योगी तथा व्यवसायीले सुझाव दिएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को समन्वयमा आयोजित झुम भर्चुअल अन्तरक्रियामा उद्योगी व्यवसायीले प्रदेश बजेटले कृषि उत्पादन र रोजगारीको क्षेत्रलाई सवल बनाउनु पर्ने उद्योगी व्यवसायीमो माग छ । महासंघका उपाध्यक्ष राजेन्द्र राउतले भने,“कोरोना महामारीले संकट मात्र होइन कृषि तथा गैरकृषि उद्योग क्षेत्रमा नयाँ अवसवर पनि सिर्जना गर्दैछ तर सरकारले विशेष कार्यक्रम सचालन गर्न जरुरी छ ।” राउतले लकडाउनका कारण लामो समयसम्म बन्द उद्योगधन्दालाई पूर्ववत अवस्थामा फर्काउन बजेटले ध्
विराटनगर । प्रदेश १ सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक केदार कार्की र सांसद शेखरचन्द्र थापाले राखेका संशोधन प्रस्ताव वहुमतले अस्विार गरेको थियो । संघीय समाजवादी पार्टीका सांसद जयराम यादवले गरेको संशोधन प्रस्ताव स्विकार गर्ने सरकारका तर्फबाट मुख्यमन्त्री शेरधन राईले जनाउ दिएपछि यादवले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका थिए । कांग्रेसका प्रमुख सचेतकले संशोधन प्रस्तावहरु फिर्ता नलिएपछि वहुमतबाट ती प्रस्ताव अस्वीकृत गर्दै नीति तथा कार्यक्रम पनि वहुमतले पारित गरेको हो । सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकार