समाचार

    Showing 8,361-8,370 of 10,049 items.
  • प्रदेश १ मा आज थप ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा आज ३सय ६४ जना कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा १६३, सुनसरीमा ८६, झापामा ६६, उदयपुरमा १३, धनकुटामा ५, पाँचथरमा ४, इलाममा ३, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र खोटाङमा २(२, ओखलढुङ्गामा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९६ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ४० महिला र ५६ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचामा १८, उर्लाबारीमा १४, रतुवामाई, बेलबारी र बुढीगंगामा ५(५, रंगेली, कानेपोखरी र ग्रामथानमा ३(३, कटहरीमा २, सुनबर्षी, जहदा, पथरीशनिश्चरे, केराबारी र लेटाङमा १(१ र स्थानीय तह नखुलेका ४ जनाको रिप

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 983 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दमकमा कोभिड उपचार केन्द्र सञ्चालन

    धरान / झापाको दमकमा कोभिड उपचार केन्द« सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक २ स्थित भूटानी शरणार्थी समन्वय इकाईको कार्यालय रहेको भवन पुनर्निर्माण गरी आईतबार कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको हो । १ अक्सिजन वेड, ४ एचडीयु सहति ३० वेडको उपचार केन्द«को प्रदेश १ का सांसद अर्जुन राईले उद्घाटन गरेका हुन् ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबारको तुलनामा सोमबार सुनको मुल्यमा पुनः वृद्धि

    धरान साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ७ सयमा कारोवार भएको सुनको मुल्यमा वृद्धि भइ आज ९८ हजार २ सयमा कारोबार भएको छ ।  यस्तै चाँदीको मूल्यमा पनि तोलाको १० रुपयाँैले बढेर १२ सय ८५ कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,890 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

    धरान नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द«देव शाक्य नियुक्त भएका छन् । त्ततकालिन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो। कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा काजमा गएका थिए। ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए। अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 1,599 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हिरासतमा रहदा मोबाइल चलाएको भन्दै अर्नबलाई जेल पठाइयो

    भारतीय सञ्चारकर्मी रिपब्लिक टिभीका संस्थापक एवं प्रधानसंपादक अर्नब गोस्वामीले हिरासतमा रहदा मोबाईल चलाएको पाइएपछि जेल पठाइएको छ । एक इन्टेरियर डिजाइनरको आत्महत्या दुरुत्साहन मुद्धामा पक्राउ परेका उनलाई न्यायिक हिरासतमा लिइएपछि उनलाई अलिबागको एक क्वारेन्टिन केन्द्र पठाइएको थियो । भारतीय समाचार संस्था (पिटिआई)ले जनाए अनुसार अर्नबले त्यहाँ मोबाइल फोन चलाएको पाइएपछि तलोजा जेल पठाइएको हो।अन्य व्यक्तीको मोबाइलबाट सामाजिक संजालमा सक्रिय भएको प्रहरीले जनाएको छ । अर्नबसँगै मुम्बई प्रहरीले फिरोज शेख र नितिश शारदालाई सन् २०१८ को ४ नोभेम्वरमा इन्टेरियर डिजाइनर अन्वय नाइक तथा उनकी आमाले आत्महत्याका लागि

    • प्रकाशित मितिः कार्तिक २४, २०७७
    • 2,512 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरी उपमहानगर र बिपी प्रतिष्ठान बिच कोरोना उपचारमा सहकार्य गर्ने समझदारी

    इटहरी । स्थानीय स्तरमै कोरोना परिक्षण गर्न पाउनु पर्ने स्थानीयको माग बढ्दै गए पछि इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने भएको छ । इटहरी उपमहानगरले पीसीआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने प्रतिष्ठानमा बसेको वैठकले निर्णय गरेको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पीसीआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन उपमहानगरले प्रतिष्ठान सँग गर्न सकिने सहकार्यका वारेमा प्रस्ताव राखेका थिए ।उपप्रमुख लक्ष्मी गौतमले अहिले सम्म प्रतिष्ठानले गरेको सहय

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 1,061 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अबैध रुपमा धनुकटातर्फ लादैगरेको दुई गाडी सामान प्रहरीद्वारा बरामद

    धनकुटा÷गाडीमा राखेर धनकुटातर्फ ल्याउँदै गरेको दुई गाडी अबैध सामान प्रहरीले बरामद गरेको छ । राजश्व छलेर विराटनगरबाट मारुती भ्यानमा धनकुटा ल्याउँदै गरिएको सुर्तीजन्य पदार्थ र धरानबाट बिलबिजक बिना पिकअपमा राखेर ल्याईदै गरेको बिस्कुट प्रहरीले बरामद गरेको हो । धनकुटाको जिरोप्वाइन्टमा चेकजाँच गर्ने क्रममा बा. ३३ च ४२९६ नम्बरको मारुती भ्यानमा राखेर ल्याईदै गरेको अवस्थामा बिभिन्न नामका तयारी खैनीका प्याकेट र गुट्का फेला परेको हो । धनकुटा बजारसहित हिले, बसन्तपुर लगायतका स्थानमा बिक्रीका लागि ल्याउँदै गरेको करिब २ लाख ५० हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थसहित भ्यान चालक बिराटनगर–४ जामुन

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 1,290 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • चौबिसे गाउँपालिकाद्वारा आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु

    धनकुटा÷धनकुटाको चौबिसे गाउँपालिकाले आमालाई खाना शिशुलाई नाना कार्यक्रम शुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत यस वर्षदेखि आमालाई खाना शिशुलाई नाना कार्यक्रम संचालन गरेको हो । गाउँपालिकाको ८ वटै वडाहरुमा शुरु गरिएको यस कार्यक्रम निरन्तर रुपमा संचालन हुनेछ । सो कार्यक्रम चौबिसे गाउँपालिका–१ का सन्तकुमार मगर र सबिता मगर, वडा नं. २ को टंक लिम्बू र बालकुमारी लिम्बू, शेरबहादुर लिम्बू र संगिता लिम्बू, सुरेन्द्र लिम्बू र अनिता लिम्बू, वडा नं. ३ का शिव तामाङ र शुभमाया तामाङ, बुद्धिराज याखा र उषा याखाको परिवारमा गएर सुत्केरी आमालाई खाना र नवजात शिश

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 987 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • तिहारका लागि ल्याइएको झिलिमिलि बिक्रि भएनन, चलेनन माटाका दियो

    इटहरी । कोरोना भाइरस संक्रमणका कारण नेपाली बजार तथा ब्यवसाय चौपट बनेको छ । यस वर्षको नेपालीहरूको महान पर्व बडा दशै सकिएर दिपावली शुरु हुनै लाग्दा बजारमा ल्याइएका बिभिन्न प्रकारका झिलिमिली बत्तीहरू बिक्रि नभएको ब्यवसायिहरूले गुनासो गरेको छन । सातमहिनाको लामो लकडाउन पश्चात चाडपर्वको मुखमा बजार खुलेपनि ग्राहकहरू नपाउदा ब्यवसाय धरासयी बन्न पुगेका छन् । प्रदेश एकको ब्यापारीक केन्द्र इटहरीको अवस्था अहिले त्यस्तै बनेको छ । दशैको मुखमा बजार ब्यवसाय सुचारू भएपनि ग्राहक नआइदिदा लगानी डुब्ने खतरा बढेको ब्यबसायीहरूको दुखेसो छ । यसै बिच तिहारलाइ लक्षित गरी ल्याइएको बिभिन्न प्रकारका चाइनिज झिलिमिलि बत्तीहर

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बन्दको घोषणा गरिए पनि व्यवसायीले गरे सार्वजनिक यातायात संचालन

    धरान । लकडाउनको समयमा सरकारले दिने कर छुट लगायत अन्य सुविधाहरु नदिएको भन्दै विरोध स्वरुप अनिश्चितकालीन प्रदेश १ मा यातायात बन्द घोषणा गरिए पनि सार्वजनिक सवारीका साधनहरु संचालनमै रहेका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आज देखि अनिश्चिकालीन यातायात बन्दको घोषणा गरेको थियो । तर लकडाउनका कारण मारमा परेको समयमा व्यवसाय बन्द गर्नु ठिक नरहेको भन्दै व्यवसायीहरु आफैले सवारी साधनहरु संचालनमा ल्याएका छन् । महासंघ सँग आवद्ध रहेका व्यवसायीहरुले मात्रै सवारी साधनहरु ठप्प बनाएका छन् । यता नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ सँग आवद्ध व्यवसायीहरुले भने पुर्ण रुपमा सवारी साधन संचालनमा ल्याए

    • प्रकाशित मितिः कार्तिक २३, २०७७
    • 1,354 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved