इटहरी । कोरोना भाइरस संक्रमणका कारण नेपाली बजार तथा ब्यवसाय चौपट बनेको छ । यस वर्षको नेपालीहरूको महान पर्व बडा दशै सकिएर दिपावली शुरु हुनै लाग्दा बजारमा ल्याइएका बिभिन्न प्रकारका झिलिमिली बत्तीहरू बिक्रि नभएको ब्यवसायिहरूले गुनासो गरेको छन । सातमहिनाको लामो लकडाउन पश्चात चाडपर्वको मुखमा बजार खुलेपनि ग्राहकहरू नपाउदा ब्यवसाय धरासयी बन्न पुगेका छन् ।
प्रदेश एकको ब्यापारीक केन्द्र इटहरीको अवस्था अहिले त्यस्तै बनेको छ । दशैको मुखमा बजार ब्यवसाय सुचारू भएपनि ग्राहक नआइदिदा लगानी डुब्ने खतरा बढेको ब्यबसायीहरूको दुखेसो छ । यसै बिच तिहारलाइ लक्षित गरी ल्याइएको बिभिन्न प्रकारका चाइनिज झिलिमिलि बत्तीहरूको बिक्रिमा पनि यो वर्ष ह्रास आएको छ ।
कोरोना भाइरस संक्रमणका कारण इटहरीमा ग्राहक नपाउदा तिहारलाइ लक्षित गरी ल्याएका बत्तीहरू बिक्रि नभएको ब्यवसायिहरूको भनाइ छ । इटहरी मुख्य चौकका इलेक्ट्रोनिक्स ब्यवसायी गर्दै आएका फडिन्द्र कार्कीले यो वर्ष बिक्रि हुदैन भनेर नै थोरै मात्रामा चाइनिज बत्तीहरू मगाएको तर त्यो पनि बिक्रि नभएको बताए ।
दिपावलीमा बिक्रि हुन्छ भनेर झिलिमिलि बाहिरबाट मगाएर ल्याएपनि अहिले सम्म बिक्रि नै नभएको ब्यवसायीहरू बताउछन । यता इटहरीको हटीयालाइनमा बिगत १३ वर्षदेखि माटोको दियो लगायत भाडाहरू बनाउदै बिक्रि बितरण गर्दै आएका कुमाले इस्मान महतोको पनि दुखेसो उस्तै छ ।
बिगतको वर्षहरूमा माटोको दियो नपुगेर अभाव भएको तर यो वर्ष बिक्रि बितरणमा ह्रास आएको उनले बताए । उनले अघिल्लो वर्षको तिहारमा मात्रै २ लाख सम्मको माटाका भाडा तथा दियोहरू बनाएर बजारमा सप्लाइ गरेको तर अहिलेको वर्ष कोरोना कहरका कारण माटोको दियोहरू बिक्रि नभएको बताए ।