इटहरी उपमहानगर र बिपी प्रतिष्ठान बिच कोरोना उपचारमा सहकार्य गर्ने समझदारी

  • कार्तिक २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । स्थानीय स्तरमै कोरोना परिक्षण गर्न पाउनु पर्ने स्थानीयको माग बढ्दै गए पछि इटहरी उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने भएको छ ।

इटहरी उपमहानगरले पीसीआर परीक्षण र कोभिड उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग सहकार्य गर्ने प्रतिष्ठानमा बसेको वैठकले निर्णय गरेको छ । वैठकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले पीसीआर परीक्षणको दायरा वढाउन र उपचारमा अझ सहज वातावरण वनाउन उपमहानगरले प्रतिष्ठान सँग गर्न सकिने सहकार्यका वारेमा प्रस्ताव राखेका थिए ।
उपप्रमुख लक्ष्मी गौतमले अहिले सम्म प्रतिष्ठानले गरेको सहयोगमा धन्यवाद ज्ञापन गर्दै इटहरीको कोभिडको अवस्था र चुनौतीका वारेमा जानकारी गराएकी थिइन । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर शाहले इटहरी उपमहानगर सँग आपसी सहकार्य गरिने वताए । प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. प्रमोद वरालले पालिकाहरु सँग समन्वय गरेर नै महामारीको ब्यवस्थापनमा प्रतिष्ठान इच्छुक रहेको वताए ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका छन । प्रतिष्ठानले आन्तरिक छलफल गरेर जानकारी गराउने बताएको उपप्रमुख गौत्तमले बताइन । वैठकमा सहभागि इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज राम कुमार धमलाले सम्झौताको खाका तयार गरेर सहकार्य अघि वढने जानकारी दिए । वैठकमा इटहरी वडा नम्वर ९ का अध्यक्ष भूपेन्द्र वराल, वडासदस्य कुमारी न्यौपाने, इटहरी अस्पतालका निमित्त प्रमुख डा. मनिष शर्मा, जनस्वास्थ्य निरिक्षक घनश्याम सिग्देल सहभागि रहेका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved