बन्दको घोषणा गरिए पनि व्यवसायीले गरे सार्वजनिक यातायात संचालन

  • कार्तिक २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनको समयमा सरकारले दिने कर छुट लगायत अन्य सुविधाहरु नदिएको भन्दै विरोध स्वरुप अनिश्चितकालीन प्रदेश १ मा यातायात बन्द घोषणा गरिए पनि सार्वजनिक सवारीका साधनहरु संचालनमै रहेका छन् ।
सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले आज देखि अनिश्चिकालीन यातायात बन्दको घोषणा गरेको थियो । तर लकडाउनका कारण मारमा परेको समयमा व्यवसाय बन्द गर्नु ठिक नरहेको भन्दै व्यवसायीहरु आफैले सवारी साधनहरु संचालनमा ल्याएका छन् ।

महासंघ सँग आवद्ध रहेका व्यवसायीहरुले मात्रै सवारी साधनहरु ठप्प बनाएका छन् । यता नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ सँग आवद्ध व्यवसायीहरुले भने पुर्ण रुपमा सवारी साधन संचालनमा ल्याएका हुन् ।
यातायात व्यवसायी महासंघ सँग आवद्ध रहेका करिब ९० प्रतिशत सवारी साधनहरु संचालनमा रहेको प्रदेश नम्बर १ का संयोजक सरोज श्रेष्ठले बताए । सरकारले यातायात संचालन हुँदा कोरोना फैलिदै गएको भन्दै बन्द गराउन खोजिरहेको अवश्थामा व्यवसायी आफैले बन्द गराउन मुर्खता रहेको उनको भनाई छ ।

उनले भने, ‘लकडाउन केही खुकुलो भएकाले सवारी साधन संचालन गर्न पाएका छौं, केही राहत मिलेको छ, यस्तो अवश्थामा आफैले बन्द गर्न खोज्नु राम्रो होइन्, त्यसैले हामी सँग आबद्ध रहेका व्यवसायीहरुले सवारी साधन संचालनमा ल्याएका छौं ।’

दुई दिन अघि सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले इटहरीमा पत्रकार सम्मेलन गर्दै आइतबारबाट प्रदेश भर तीन पाँग्रे देखि माथिका सबै सार्वजनिक सवारी साधनहरु बन्द गर्ने जानकारी दिएको थियो ।
लामो समयको बन्दाबन्दीमा समेत सबै क्षेत्रका ब्यबसायीहरुलाई प्रदेश सरकारले सम्बोधन गरेपनि १ नम्बर प्रदेशका यातायात ब्यबसायीहरुलाई भने ब्यवास्था गरेको आरोप लगाउँदै बन्दको घोषणा गरेका हुन् ।

लामो समयको बन्दाबन्दीमा यातायात सञ्चालन पुर्णरुपमा स्थगित रहेको अवस्थाको लकडाउन समयावधिको कर भने पुर्ण रुपमा लिएको भन्दै व्यवसायीहरुले प्रदेश सरकारको विरोध जनाउँदै आएका छन् । श्रेष्ठले भने, ‘प्रदेश सरकारको ध्यानाकर्षण गराइरहेका छौं, हाम्रो माग प्रति कुनै सुनुवाई भएको छैन्, तर पनि बन्दनै गर्नु अहिलेको अवश्थामा उचित होइन्, सरकारले नै चाहिरहेको छ, सार्वजनिक यातायात बन्द गरौं भनेर, बन्द हुँदाको नोक्सान त हाम्रै हो ।’ बन्द प्रति नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघको कुनै सहमती नरहेको पनि उनले स्पष्ट पारे ।

व्यवसायी महासंघ सँग आवद्ध रहेका लामा तथा छोटो दुरीका सवारी साधनहरु पुर्ण रुपमा संचालनमा रहेका छन् । बन्दको विषयमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको पनि कुनै सहमती नरहेको संगठनका धरान नगर अध्यक्ष कमल भट्टराईले बताए । बन्दको घोषणा गरे पनि सुनसरीका धरान, इटहरी, इनरुवाबाट सार्वजनिक सवारी साधनहरु निर्वाध रुपमा संचालनमा रहेका छन् ।

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved