कोभिड १९ को संक्रमण र त्यसको नियन्त्रण र रोकथामका लागि घोषणा गरिएको लकडाउनका कारण गत चैत्र ११ गतेदेखि विद्यालयहरु बन्द भएपछि विद्यालयतहमा अध्ययनरत ७० लाख बालबालिकाहरु घरमै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारदेखि बैकल्पिक सिकाइ प्रविधि सुरु भएको अवसरमा शुभकामना सम्बोधन गर्दै घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइनलगायत डिजिटल प्रविधिको प्रयोग गरेर पठन(पाठन गराउन लागिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले यो अवसरका अधिकतम लाभ लिन पनि सबै विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा परिवर्तन आउनेपनि प्रधानमन्त्रीले बता
कोेरोना भाइरस र लकडाउनका कारण रगतको अभाव भइरहदा धरान जेसिजको आयोजनामा धरान १२ अमान बजार स्थित भएको रक्तदान कार्यक्रममा १ सय २ पिन्ट रगत संकलन भएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सुनसरीको वीपी प्रतिष्ठानस्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा अध्यक्ष दिपेन्द्र निरौला, प्रमुख अतिथि उमेश थापा र निवर्तमान अध्यक्ष मनिष शाहीले मन्तव्य व्यक्त गरेका थिए । रगत अभाव मा वीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचार गर्न आउने विरामीहरु समस्यामा परेकोले आकस्मिकरुमपा कार्यक्रम गरिएको अध्यक्ष निरौलाले बताए ।
कोरोना भाइरस पहिचान गर्न अब सरकारले अनुमति प्राप्त निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ल्याबमा गरिएको परिक्षणको खर्च पनि सरकारले नै व्यहोर्ने छ । आज मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।जोगेश्वर गौतमले मन्त्रालयको स्वीकृति लिएको पिसिआर जाँचको नमुना आवश्यक प्रक्रिया पुरा गरेर निजी ल्याबलाई पनि जाँच्ने व्यवस्था गरिएको बताए ।
काठमाडौं पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणा थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ५ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सगै नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ९सय ७४ पुगेको छ । जसमध्ये पुरुष ८७७ र ९७ जना महिला छन् । आइतबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । स्
धरान मोरङगको रतुवामाई नगरपालिकामा थप २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै रतुवामाईमा नगरपालिकामा संक्रमितहरुको संख्या ४७ पुगेको छ । प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको रतुवामाई नगरपालिकाका मेयर रबिन राईले जनाए । मेयर राईले कोशपित्र सगंको टेलिफोन सम्पर्कमा बताएअनुसार संक्रमितहरु सबै २५ जना पुरुष भएको र उनिहरु सबै भारतका विभिन्न सहरहरु बाट आएर क्वारेन्टाईनमा बस्दै आएका थिए । उनका अनुसार बिराटनगर कोभिड १९ उपचार केन्द«मा ठाउँ नभएकाले संक्रमितहरुलाई धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयार भइरहेको छ । रतुवामाई
काठमाडौँ । बलिउडका चर्चित ३४ बर्षिय युवा अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनि मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको हुन् । प्रहरी घरमा पुगेर अनुसन्धान गरिरहेको भारतीय मिडियाहरुले बताएका छन् । उनको किन आत्महत्या गरे भन्ने कारण बारे भने अहिले प्रष्ट भएसकेको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा अभिनेता राजपुत पछिल्लो ६ महिनादेखि डिप्रेसनमा रहेको र उनले डिप्रेसनको उपचार समेत गराईरहेको बताइएको छ । टेलिभजनबाट आफ्नो करियर सुरु गरेका उनि बलिउडमा पनि छाएका थिए । राजपुतको पछिल्लो फिल्म छिछोरे रिलिज भएको थियो । उनी भारतीय टेलि
काठमाडौं उपत्यका प्रवेशका लागि सरकारले नगरपालिकाको अनुमति चाहिने निर्णय गरेको छ । सरकारले काठमाडौं उपत्यका बाहिर रहेकाहरु फर्किनका लागि आफू बसोबास गरिसकेको नगरपालिकाको अनुमति चाहिने व्यवस्था आइतबार गृह मन्त्रालयमा बसेको बैठकले गरेको हो । त्यस्तै काठमाडौं उपत्यकाबाहिर जान चाहनेले अत्याश्यक काम खुल्ने कागजात पेश गरेमा तुरुन्तै सवारी पास दिने पनि गृह मन्त्रालले निर्णय गरेको छ । त्यसपछि जिल्ला प्रशानसन कार्यालयले संक्रमण जोखिम विश्लेषण, यात्रा औचित्यतालाई पुष्टि गर्ने कागजातसमेत विचार गरी पास दिन सक्ने गृहको निर्णय छ ।गृहको निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि व्यक्तिले उक्त अनु
धरान/ ग्राहकको रोजाईमा पर्दै आएको मोटरसाईकल जापानीज मोटरसाइकल निर्माता कम्पनी कम्पनी सुजुकीले अब मोटरसाईकल वा स्कुटर खरिद गर्दा ग्रहाकहरुकालागि नगद छुटको योजना ल्याएको छ । सुजुकीको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोवाइल्सले असार १ देखि लागु हुने गरि एउटा मोटरसाइकल वा स्कुटर खरीदमा १५ हजार रुपैयाँको छुट अफर ल्याइएको होे । लकडाउनका कारण थला परेको नेपाली बजार पुन सञ्चालनमा ल्याउन सरकारले लकडाउनको स्वरुपममा हेरफेर गर्दै उद्योग, व्यापार, व्यवसाय गर्न पाउने निर्णय गरेसँगै सुजुकीले यो अफर ल्याएको हो । सुजुकीको आधिकारिक बिक्रेता नवदुर्गा अटो प्यालेस धरानका का प्रोपाइटर दुर्गा भुजेलका अ
नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको आइतबार दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् । गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको हो । मृतक शर्माको शवलाई पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परा
ईटहरी/ सरकारले कोरोना भाइरसको बहनामा भ्रष्टाचार गरेको भन्दै ईटहरी २० तरहराका युवाहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका छन् उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको नेपाल भित्र रहेका क्वारिटिन व्यवस्थित बनाउनु पर्ने, विदेशबाट फर्किएका नागरिकलाइ सम्मान सहित ल्याइनु पर्ने, स्वास्थ्यकर्मिलाइ भरपर्दो र गुणस्तरीय पिपिइ प्रदान गर्नुपर्ने, कोरोना परिक्षणलाइ गुणस्तर बनाइनु पर्ने जस्ता माग राखेकाका प्लेकार्ड हातमा लिएर प्रदर्शन गरेका हुन् । तरहरास्थित सगरमाथा खेल मैदानमा आयोजित शान्तिपूर्ण विरोध कार्यक्रममा सयौंका संख्यामा युवाहरुको सहभागिता रहेको थियो ।