छठको दोस्रो दिन खरना मनाउँदै

  • मंसिर ४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान आज छठपर्वको दोस्रो दिन । यस वर्षका सबै चाडपर्वहरु खुलेर मनाउन नपाएको अवश्था छठ पर्व पनि प्रभावित बनेको छ।

खोला, नदीहरुमा छठको पहिलो दिन देखिनै सिंगारिने गरिन्थे तर यस वर्ष कोरोनाका कारण स्थानीय सरकारले प्रतिबन्ध लगाए पनि घर घरमै विभिन्न धार्मिक रित पुरा गर्दै छठ पर्व मनाईरहेका छन् ।

दोस्रो दिन आज पानी समेत नखाई व्रत बसिने ‘खरना’ मनाउने तयारीमा छन् । भोलि मंसिर ५ गते अस्ताउँदो सुर्यलाई र मंसिर ६ गते विहान उदाउँदो सुर्यलाई अर्घ दिएर समापन गर्ने तयारी स्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो ।

आजको दिन भर व्रत बसेर व्रतालुहरू साँझमा एक छाक मात्र भोजन गर्दछन् । आज एक छाक मात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो ।

चार दिन सम्म मनाइने छठ पर्वको छठको पहिलो दिन, कार्तिक शुक्ल चतुर्थीलाई “नहाई खाय“ भनिन्छ । छठको तेस्रो दिन, कार्तिक शुक्ल षष्ठीलाई विशेष दिन “छठ“ भनिन्छ । छठको चौथो दिन, कार्तिक शुक्ल सप्तमीलाई ‘विहनीया अर्घ’ भनिन्छ ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट शुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ । खोला, नदीको तिरमा विभिन्न मन्दिरहरु बनाई छठ पर्व मनाउने गरिएको थियो ।

धरान मेघा हिमालयन कल ...

धरान/ धरानस्थित धरान मेघा हिमालयन कलेजले राष्ट्रिय परीक ...

यातायात मजदुर व्यवसा ...

काठमाण्डौं/ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ...

सप्त​कोशीबाट १६८ केज ...

धरान/ सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित कोशी नदी क ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१३ देवीमार्गबा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved