धरान – वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानका सहप्रक्ता डा.आशिष श्रेष्ठले आज राजीनामा दिएका छन । उनको राजीनामा पत्र वीपी प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले स्विकृत गरेका छन ।
व्यक्तिगत व्यस्तताको कारण राजीनामा दिएको बताउँदै सहप्रवक्ताको रूपमा कार्यरत रहँदा सबैबाट पूर्ण सहयोग मिलेको श्रेष्ठले बताए । म सहप्रवक्ता नियुक्त भएर काम गरेको करीब ६ महिना भयो ।
यस दौरानमा प्रतिष्ठानका पदाधिकारी लगायत सबैबाट पूर्ण सहयोग मिलेको छ । उनले भने, यो कार्यभार सम्हालि रहँदा मेरो व्यक्तित्व विकासमा समेत टेवा पुगेको छ । चिकित्सक पेशा भन्दा विल्कुलै फरक जिम्मेवारी सम्हाल्दा धेरै सिक्ने मौका मिलेको छ ।
डा. श्रेष्ठले प्रतिष्ठानमा २०११ देखि ओरल प्याथोलोजी विभागको प्रमुखको रूपमा कार्यभार सम्हालेका हुन । उनि २००२ मा विधार्थीका रूपमा प्रतिष्ठान आएका थिए । बिडिएस सकाएपछी फ्याकल्टी डिभेलपमेन्ट प्रोगाम अर्न्तगत प्रतिष्ठानको सहयोगमा उनले भारतको मणिपाल युनिर्भसिटीबाट ३ वर्षे एमडिएस सकाएका हुन ।
रिक्त रहेको सहप्रवक्ताको पदमा एनेटोमी विभागका सह प्राध्यापक डा.चुडामणी पोखरेललाई नियुक्त गरीने रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले जानकारी गराए ।