तीब्र जनसंख्या वृद्धि नै धरानमा पानीको दिर्घकालिन चुनौती

  • मंसिर ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान तीब्र जनसंख्या वृद्धि सहित अव्यवस्थित शहरीकरणका कारण धरानमा खानेपानीको लागि दिर्घकालिन चुनौती रहेको एक अध्ययनले देखाएको छ ।

खानेपानीको स्रोत जोगाउनका लागि गरिएको साउथ एशियन अफ एडभान्स स्टडिजको अध्ययनले जलवायु परिवर्तनले धरानमा सहज पानी आपुर्तिमा दिर्घकालिन चुनौती थपे सँगै तिब जनसंख्या वृद्धि र अव्यवस्थित सहरीकरणका कारण धरानमा खानेपानीको दिर्घकालिन चुनौती रहेको जनाएको छ ।

सियासको टोलिले सन २०१६ देखि २०१९ सम्म धरान सहितका देशका अन्य ५ वटा शहरमा पानीको स्रोत जोगाउने उपायको खोजि तथा अध्ययन गरेको थियो ।

अध्ययनका अनुसार सन २००१ देखि २०११ को दश वर्षउमा धरानको जनसंख्या ४१ प्रतिशतले बढेको देखाएको छ । तीब्र रुपमा बढ्दै गएको जनसंख्याको वृद्धिदरले धरानमा पानीको अभाव पनि थपिदै गएको बताएको छ ।

धरानको माटोको पानी सोस्ने दर बजार वरपरको क्षेत्रमा औसत १ सय २४ मिलिमिटर प्रति घण्टा र ९ देखि ४ सय मिलिमिटर प्रतिघण्टाको दायरामा रहेको जनाएको छ । धरानको भुसतहले उच्च दरमा पानी सोस्ने र पानी नअडिने भिरालोपनले पनि धरानमा पानीको अभाव हुने गरेको अध्ययनले देखाएको छ ।

धरानमा बाह्य र भुमिगत दुवै स्रोत दिगोपन, जलवायु परिवर्तनका जोखिम र तिब्र शहरीकरणको दृष्टिकोणबाट संवेदनशिल र जोखिमयुक्त देखिएको अनुसन्धानकर्ता कौस्तुभराज न्यौपानेले बताए । पानीको दिगो प्रबन्ध सुनिश्चित गर्न सहभागितामुलक योजना तर्जुमा र कार्यमुलक अनुसन्धान गर्न आवश्यक रहेको उनको भनाई छ ।

अध्ययनले धरानको पानीको दिगो व्यवस्थापनका लागि पानी चौतारी, भुमिगत जल पुनर्भरण खाल्डो, निति अनुसन्धानको विज्ञ समुह बनाउन सुझाव दिएको छ । पानी सँगका सरोकारवालाहरु संग दिगो व्यवस्थापनका लागि पानी चौतारी कार्यक्रमहरु मार्फत समस्या समाधान गर्न सुझाएको छ । जमिनमुनीको पानीको दिगोपनमा चासो आवश्यक रहेको अध्ययनको सुझाव छ ।

पानीको सोस्ने भुसतह र उच्च वर्षाको फाइदा लिददै धरान उपमहानगरपालिकाले नयाँ सार्वजनिक वा निजी घरमा भुमिगत जन पुनर्भरण खाल्ने बनाउनु सहजीकरण गर्नुपर्ने जनाएको छ । आकाशेपानी संकलन तथा एक घर एक खाल्डो निर्माण गरि भुमिगत जल पुनर्भरण गर्न आवश्यक रहेको न्यौपानेले बताए ।

भुसतहको पानीलाई दिर्घकालिन रुपमा जोगाउन आवश्यक रहेको बताउँदै सुरक्षाको निति अवलम्बन गर्नुपर्ने उनले बताए । सर्दु र खर्दुका मुहानहरुलाई संरक्षण गर्न स्थानीय सँगको सहकार्य आवश्यक रहेको पनि उनको भनाई छ । मुहानको दिगो व्यवस्थापनका लागि आर्थिक स्रोत विनियोजन गर्नु पर्ने उनले बताए । 

20201118_090528 20201118_090534 20201118_090605 20201118_090609

 

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved