धरान/ भारतको सिक्किम स्टेटका पूर्वमन्त्री तथा बर्तमान सरकारका मुख्यमन्त्री पिएस गोलका सल्लाहकार जिएम गुरुङ( गर्ज बहादुर गुरुङ) कोशी प्रदेश प्रायः आउ जाउ गरिरहन्छन् । प्राय गरि सिक्किम सरकारका पूर्वमन्त्री समेत रहेका उनी नेपालको राजनीतिक अवस्थादेखि भने चिन्ता ब्यक्त गर्दछन् । तत्कालिन मुख्यमन्त्री पवन चाम्लिङको सरकारमा गुरुङ २० बर्ष सम्म मन्त्री भए । उनी भन्छन,‘नेपालको राजनीति नजिकबाट नियालेको छु,हरेक नेताहरु चिन्छु,सरकारको नेतृत्वको सन्दर्भमा जानकार नै हुन्छ, तर दुःख लाग्छ, नेपालमा स्थिीर राजनीति भएन, सरकार फेरबदलको राजनीतिलाई त्यागेर स्थिर राजनीतिको सरकार बनाउन सक्यो भने राम्रो ह
धरान । धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत अबैध रुपमा लगाएका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार कार्तिक ३० गते धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार,प्रहरी चौकी त्रिवेणी र आँखीसल्लाबाट परिचालन भएको प्रहरी टोलीले शहिदभुमी र साँगुरीगढी गाउँपालिकाको बिभिन्न एरिया इलाकाहरुका साढे ३८ रोपनी क्षेत्रफलमा प्राकृतिक रुपमा डाँडा पाखामा हुर्केका ३० हजार १ सय गाँजाकाबोटहरु फडानी गरी जलाई नष्ट गरेको छ ।यसै ग
धरान/ सुनसरीको धरान उपमहानगरपालिका वडा नं २० को विष्णुपादुकास्ति वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ । नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं १, सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रीय सदस्य माननीय डा शेखर कोइरालाले लाली गुरांसको विरुवा रोपेर कार्यक्
काठमाण्डौ/ संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिए । उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु गरेका थिए । उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए । त्यस्तै आफुले कालापानीको विवादको बेला
काठमाडौँ । मंशीर १६ गते हुने उप निर्वाचनको निम्ति सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर नगरपालिकाबाट सुरेन्द्र मानन्धर उम्मेदवार बन्ने छन् । रुकुम पूर्वको पुथउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनले टिकट पाएकी छन् । त्यसैगरी दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष
विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठूला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरु भएका छन् । विद्यार्थीहरुको यही योगदानलाई स्मरण गर्दै १७ नोभेम्बरलाई विश्वभर अन्तर्राष्ट्रिय विद्यार्थी दिवसका रुपमा मनाउने गरिन्छ । तर, यसको अर्थ के होइन भने यसलाई राजनीतिक दिवसको सन्दर्भमा मात्र लिने गरिन्छ । यसलाई त बरु अहिले गैराराजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रुपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरुले मनाउने गर्छन् । य
झापा । खेलाडी उत्पादन गर्ने जिल्लाका रुपमा झापा परिचित छ । फुटबल, क्रिक्रेट, भलिबल, कराते, बक्सिङ, जुडो लगायतका खेलमा झापाका खेलाडीको राष्ट्रियस्तरमै दबदबा छ । क्रिक्रेटकी रुबिना क्षेत्री हुन् या फुटबलका हरि खड्का, झापाले खेलकुदको माध्यमबाट मुलुकको नाम चम्काउन दिएको योगदान अतुलनीय छ । तर जुन स्तरमा खेलाडीले सफलता पाउँदै आएका छन्, त्यसको तुलनामा झापामा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा भने उल्लेख्य लगानी हुन सकिरहेको छैन । खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणको टड्कारो आवश्यकता पूरा गर्न शिवसताक्षी नगरपालिकाले पछिल्लो समय स्थानीय रङ्गशाला निर्माणमा देखाएको तदारुकता भने लोभलाग्दो छ
काठमाडौं/ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढेको छ भने पेट्रोलको भने यथावत रहेको छ ।शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलमा मूल्य प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो । शनिबार रातिदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि भएको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै अब काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्ने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् रहेको छ।निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज,
आज १ मङ्सिर । आजबाट मङ्सिर लाग्यो । मङ्सिर को महिनालाई निकै धेरै पहिलेदेखि नै चिसोको सुरुवातको महिनाका रूपमा लिने गरिएको छ । छोटा दिनहरू र लामा राताहरूअब दिनहरू क्रमशः छोटा र राताहरू लामा हुँदै जानेछन् । छिटै साँझ पर्ने र बिहान अबेरसम्म पनि अँध्यारो नै भएको जस्तो आभास हुन थाल्नेछ । हिमालबाट बहेर आएको हावा र चिसो सिरेटोले हाम्रो शरीरलाई पनि चिसो बनाउन थाल्नेछ । बिहान घामको किरणले पृथ्वीलाई स्पर्श गर्नुअघि अब शीतले लपक्कै भिजाएको हुनेछ, हाम्रा बाटाहरू, हाम्रा खेतका डिलहरू र सागसब्जी तथा बोटबिरुवाहरू । यसको अर्थ हो, अबका रातहरू झन् बढी चिसा भएका छन् । चिसो मौसममा सबैभन्दा सामान्य हो, रुघाखोकी
काठमाडौं/ लक्ष्मीपूजालाई लक्षित गर्दै कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएकोपूर्णबहादुरको सारंगी सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ। निर्माता विनोद पौडेलले फिल्मले प्रदर्शनको १४ औं दिनसम्म आइपुग्दा २७ करोड रूपैयाँ संकलन गरेको जानकारी दिए। उनले भने, हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उहाँले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ। उनले चलचित्रले मंगरबारसम्म २५ करोड तीन लाख र बुधबार दुई कर