सुनसरीमा १२ हजार ट्रामाडोल ट्याब्लेटसहित दुई युवा पक्राउ

  • कार्तिक १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको हरिनगरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

विशेष सूचनाको आधारमा गरिएको प्रहरी चेकजाँचका क्रममा उनीहरूबाट १२ हजार पिस ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो।

इलाका प्रहरी कार्यालय हरिनगरा र सुरक्षा प्रहरी बेस क्याम्प बसन्तपुरबाट खटिएको संयुक्त टोलीले देवानगंज–हरिनगरा सडक खण्डमा चलिरहेको प्र.१–०२–००४ ह.८३३५ नम्बरको सिटी सफारी रोकी चेकजाँच गर्दा औषधि फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त सिटी सफारीमा लुकाएर राखिएको ट्रामाडोल १२०० पत्ता (१२,००० ट्याब्लेट) बरामद गरिएको हो। सोही सवारी साधनका चालक, हरिनगरा गाउँपालिका–५ का १५ वर्षीय आदिल अंसारी र सोही सिटीमा सवार २२ वर्षीय अख्तर अंसारीलाई नियन्त्रणमा लिइएको छ।

बरामद लागूऔषध र सवारीसहित दुबैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाइ थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved