धरान । स्थानीयलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा दिदै आएका धरान–१५ स्थित शहरी स्वास्थ्य केन्द्र आफ्नै भवनमा सरेको छ । बुधबार एक कार्यक्रमका बीच भवनको उद्घाटन भएको हो । स्वास्थ्य सेवाका साथै केन्द्रले विरामीलाई निःशुल्क रुपमा४५ प्रकारको औषधी सहित आकस्मिक उपचार सेवा समेत प्रदान गर्दै आएको छ । अहिले स्वास्थ्य केन्द्रमा अहेब सहित ३ जना कर्मचारी कार्यरत छन् । धरान–१५ स्थित खोरीया बस्तीमा निर्माण भएको २ कोठे भवनको उद्घाटन गर्दैै वडाध्यक्ष नरेशकुमार इवारमले शहरी स्वास्थ्य केन्द्रमा अहिले प्रेसरको जाँच गर्ने, चोटपटक लागेका घाइतेहरुको ड्रेसिङ गर्नेदेखि ज्वरो आउँदा र टाउको दुख्दा आवश्यक औषध
बिराटनगर/ मोरङको बिभिन्न २ स्थानबाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार अररिया जोगबनी-९ का ३२ बर्षीय सुरजेश कुमार राय र सोही स्थानका १३ बर्षीय मो.आशिक मिया रहेका छन । बिशेष सुराकका आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार साँझ सवा ५ बजे बिराटनगर-१६ स्थित दरैयाबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रण पश्चात उनिहरु उपर चेकजाँज गर्दा ५ ग्राम खैरो हिरोईन फेला पारी बरामद गरिएको हो । यसै गरी बिराटनगर(१७ का २७ बर्षीय लद्दीफुल मिया १३ ग्राम खैरो हिरोईन सहित पक्राउ परेका छन । उ
बराहक्षेत्र । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएर वितण्डा मच्चाइरहेको ‘मकुना’ नामको जंगली हात्तीको अवस्था जाँचबुझ गर्न आएको प्राविधिक टोलीले हात्तीको माद् (हात्तीको कञ्चटबाट निस्किने जैविक पदार्थ) घटाउने प्रक्रिया अघि बढाएको छ । हात्तीको प्रारम्भिक अवस्थाको निरीक्षण गर्दा अत्याधिक माद् खसिरहेको पाइएकाले पहिले माद् घटाउने प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनबाट आएका प्राविधिक टोली प्रमुख डा. अमिर सडौलाले जानकारी दिए । ‘हात्तीको अवस्थाबारे बुझ्न पहिले फिल्ड निरीक्षण ग¥यौं, हात्ती किन गाउँ पसिरहेको छ, अनुसन्धान ग¥यौं, हात्तीले माद
धरान । छैठौं र सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश नम्बर १ बाट बास्केटबल टिमका क्याप्टेन रहेका २८ वर्षिय धरानका हेमन्त राई अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन चाहन्थे । तर ३ वर्ष अघि खेल्ने क्रममा घाइते भए पछि उनको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुने सपना तुहियो । उनी अहिले विद्यालयहरुमा बास्केटबलको प्रशिक्षकका रुपमा रहेका छन् । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेशनल टिमबाट खेल्ने तयारीमा थिए । खेलको प्रशिक्षणकै क्रममा उनको घुँडामा चोट लागे पछि अप्रेशन नै गर्नुपर्यो । त्यस पछि उनी राष्ट्रिय खेलाडी त बन्न सकेनन्, खेलाडीको रुपमा खेल जिवन सकियो । उनी प्रदेश १ को तर्फबाट अण्डर स
विराटनगर । कोरोनाको संक्रमण फैलिदै गर्दा अस्पतालहरुमा स्वाव परिक्षण गर्ने प्रयोगशालाको अभाव बढ्दै गएको छ । निजी तथा सरकारी अस्पतालहरुमा भएका प्रयोगशालामा परिक्षण गर्दा नागरिकहरु ठगिएका छन् । महंगो शुल्क तिरेर पनि अहिले नागरिकहरुले ल्याब परिक्षण गर्न पाएका छैनन् । यसै बिच प्रदेश १ सरकारले सुविधा सम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने भएको छ । आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि प्रयोशालाको मंगलबार मुख्यमन्त्री शेरधन राईले शिलान्यास गरेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माण पछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री शेरधन राईले बताए । उनले प्रयोगशालाका नाममा ह
धरान । नेपालको चर्चित गायन रियालीटी सो वाइवाइ नेपाल स्टारको टप ९ मा धराने युवागायक सन्देश बम्जन लामा पर्न सफल भएका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण हुने गायत प्रतियोगितामा टप ९ मा पनि सफल भएका हुन् । अन्य प्रतिष्पर्धीहरुको तुलनामा उनको स्वरको तारिफ निर्णायकहरुले पनि गर्ने गरेका छन् । उनको गायन शैलीलाई पनि सबैले मन पराएका छन् । धरान २ का सन्देशलाई बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको उनका बुबा पशुपति तामाङले बताउँछन् । संगित प्रतिको रुचि र साधनाले उनलाई टप ९ मा पुर्याएको छ । संगितको कुनै पनि अध्ययन नगरेका सन्देश घर, विद्यालयमै गुनगुनाउदै यो क्षेत्र सम्म आएको बुब
इलाम । इलामको देउमाई नगरपालिका १ का कृष्ण राईले गतसाल १४ मन आलु रोपेका थिए । यो साल भने बीउँ नपाएको कारण १० मन मात्रै रोप्दैछन् । त्यो १० मन पनि बेलैमा जोहो गरेको कारण रहेको थियो । राईले गत साल खाने आलु २५ मन बेचे विउँ आलु भने ४० मन बेचे । राई भन्छन ‘सबै किसान मेरैमा आलुको बीउँ किन्न आए, अहिले आफू कस्कामा किन्न जानु ? पछि किन्न पाईन्छ भनेर शुरुमा बेचियो अहिले आफ्नै बारी बाँझो भो, अब यो साल यत्तिनै (१० मन ) रोपेर चित्त बुझाउँदैछु ।’ इलाम नगरपालिका ३ कृषक गणेश सुनुवार एकमनको छ हजार रुपैयाँ दिन्छु भन्दा पनि आलुको विउँ नपाएको गुनासो गर्छन । उनले भने, ‘कतै अलिकति पाईएछ भने रोप्छु
इटहरी । निर्माण शुरू भएको ७ वर्ष पुगिसक्दा पनि रानी देखि धरान ६ लेन सडकखण्डले पुर्णता पाउन सकेको छैन । त्रिदेशीय जोड्ने सडक रानी देखि किमाथाङका सम्मको राष्ट्रिय योजनाको सडक अन्र्तगतको रानी बिराटनगर इटहरी धरान ६ लेन परियोजना निर्माण कार्य अहिले इटहरी सम्म आइपुगेको छ । आर्थिक वर्ष २०६९÷७० बाट विराटनगरको रानीदेखि इटहरी हुँदै धरानसम्म ६ लेन सडकको निर्माण कार्य शुरू भएको थियो । निर्माण कम्पनिले ५ वर्ष भित्र योजना पुरा गर्ने भनि नेपाल सरकार संग सम्झौता गरी काम अघि बढाएको ७ वर्ष बितिसक्दा पनि अहिले सम्म ४० प्रतिशत मात्रै सम्पन्न भएको छ । पटक पटकको सडक क्षेत्रको बिवाद र विविध कारणले निर्माणको
धरान । एलएलबी अध्ययन गरेर आफ्नो छुटै योग्यता बनाई सरकारी जागिर खाने लक्ष्य राखेर एलएलबी प्रथम वर्षको भर्नाका लागि आवेदन दिएका बिर्तामोडका राजकुमार ओडारीले सोचेका थिए । प्रदेशकै एक मात्रै एलएलबी अध्ययन हुने धरान स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भर्नाका लागि आवेदन दिए । आवेदन दिए पछि प्रवेश परिक्षाका लागि सगै कम्मर कसेर पढ्न थाले, उनले लोकसेवा आयोगको तयारी समेत गरे । ओडारीले इलामको माइ नगरपालिकाको शिक्षा शाखाको अधिकृतको रुपमा १ वर्ष अघि देखि कार्यरत छन् । यता एलएलबी अध्ययन पढ्न पाउने कि नपाउँने कुनै अत्तोपत्तो छैन् । क्याम्पसले अहिले सम्म न त प्रवेश परीक्षा नै लिएको छ, न त परिक्षाको कुनै मिति
बिराटनगर।मोरङको बिराटनगर-१५ स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने ६५ बर्षीया बिखिया देवि साहको मृत्यु भएको छ । सोमबार बेलुका ७ बजे मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन । गम्भिर घाईते भएकी उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई(७ का बिक्रम साह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।