बिराटनगर।मोरङको बिराटनगर-१५ स्थितमा मोटरसाईकलको ठक्करबाट सोही स्थान बस्ने ६५ बर्षीया बिखिया देवि साहको मृत्यु भएको छ ।
सोमबार बेलुका ७ बजे मे ७ प ६३३२ नम्बरको मोटरसाईकलले पैदल हिडिरहेकी बिखिया देविलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन ।
गम्भिर घाईते भएकी उनको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने मोटरसाईकल र चालक रतुवामाई(७ का बिक्रम साह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।