इलामका किसानले पाएनन आलुको बीउँ

  • पुस १, २०७७
  • "भगीरथ भण्डारी "
alt

इलाम । इलामको देउमाई नगरपालिका १ का कृष्ण राईले गतसाल १४ मन आलु रोपेका थिए । यो साल भने बीउँ नपाएको कारण १० मन मात्रै रोप्दैछन् । त्यो १० मन पनि बेलैमा जोहो गरेको कारण रहेको थियो । राईले गत साल खाने आलु २५ मन बेचे विउँ आलु भने ४० मन बेचे । राई भन्छन ‘सबै किसान मेरैमा आलुको बीउँ किन्न आए, अहिले आफू कस्कामा किन्न जानु ? पछि किन्न पाईन्छ भनेर शुरुमा बेचियो अहिले आफ्नै बारी बाँझो भो, अब यो साल यत्तिनै (१० मन ) रोपेर चित्त बुझाउँदैछु ।’

इलाम नगरपालिका ३ कृषक गणेश सुनुवार एकमनको छ हजार रुपैयाँ दिन्छु भन्दा पनि आलुको विउँ नपाएको गुनासो गर्छन । उनले भने, ‘कतै अलिकति पाईएछ भने रोप्छु नत्र बारी बाँझै रहन्छ ।’
यो समय आलु रोप्ने अन्तिम सिजन हो । बेँसीमा यतिबेला रोपेको आलु चैत्र महिनामा खन्ने बेला हुन्छ भने लेकमा जेठ, असारमा खन्ने गरीन्छ । रोप्ने अन्तिम सिजनमा इलाममा आलुको बीउँ किन्न नपाउँदा किसान चिन्तित बनेका छन् । गतवर्षको तुलनामा यस वर्ष आलुको उत्पादन बढे पनि विउँ भने हाहाकार भएको छ । इलाममा उत्पादित आलु स्थानीय बजारसँगै झापा, मोरङ्ग, काठमाण्डौँ लगायतका बजारमा पुग्छ भने बाहिरी जिल्लाबाट पनि इलाम आउने गर्छ ।

खेती विस्तार भएपनि सहि तरिकाले जिल्लामा बीउँको लागि आलु भण्डारण गर्न नसकिएको कारणले यस वर्ष आलुको बीउँ अभाव भएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकृत गणेश राई बताउँछन । जिल्लामा एमएस, डेजिरे, बिटे, झ्याले, जनकदेव, खुमल उपहार, खुमल सेतो जस्ता जातका आलु रोपिन्छन् ।

कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्क अनुसार इलाममा आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लाको छ हजार आठ सय ३९ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । २०७५÷०७६ मा छ हजार आठ सय ५९ हेक्टर क्षेत्रफल र २०७६÷०७७ मा छ हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो । उत्पादन भने आर्थिक वर्ष २०७४÷०७५ मा ९९ हजार पाँच सय ८२, २०७५÷०७६ मा एक लाख नौ हजार सात सय ५०, २०७६÷०७७ मा एक लाख १० हजार नौ सय २९ मेट्रिकटन उत्पादन भएको केन्द्रका बाली संरक्षण अधिकृत हेमराज पन्तले जानकारी दिए ।

आलु खेतिकै लागि स्थापना भएको इलामको बागबानी विकास केन्द्रले चार सय १२ मन आलु विक्री गरेपनि इलाम जिल्लालाई धान्न नपुगेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा ४३ मन बढी आलु उत्पादन गरेपनि सँधै भन्दा यस वर्ष माग धेरै रहेको कारण पर्याप्त नभएको हो । केन्द्रले यस वर्ष एक सय ३७ मन रोप्ने तयारीमा छ । केन्द्रबाट जनकदेव, खुमल उपहार, खुमल सेतो जातका आलु विक्री गर्ने गर्छ । २४ सय मन आलुको माग रहेको बागबानी विकास केन्द्र इलामका गणेश खत्रीले बताए ।

आलुको बीउँ अभाव हुन नदिन इलामका तीन पालिकामा बीउँ भण्डारणका लागि स्टोर (घर) निर्माण गरिने भएको छ । जिल्लाका १० स्थानीय तह मध्ये तीन स्थानीय तह फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिकामा स्टोर निर्माण गरिने भएको हो ।

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved