वाइवाइ नेपाल स्टारको टप ९ मा धरानका सन्देश

  • पुस १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेपालको चर्चित गायन रियालीटी सो वाइवाइ नेपाल स्टारको टप ९ मा धराने युवागायक सन्देश बम्जन लामा पर्न सफल भएका छन् । नेपाल टेलिभिजनबाट प्रत्येक शनिबार बेलुकी ८ः५० मा प्रसारण हुने गायत प्रतियोगितामा टप ९ मा पनि सफल भएका हुन् । अन्य प्रतिष्पर्धीहरुको तुलनामा उनको स्वरको तारिफ निर्णायकहरुले पनि गर्ने गरेका छन् । उनको गायन शैलीलाई पनि सबैले मन पराएका छन् ।

धरान २ का सन्देशलाई बाल्यकाल देखिनै संगित प्रति रुचि रहेको उनका बुबा पशुपति तामाङले बताउँछन् । संगित प्रतिको रुचि र साधनाले उनलाई टप ९ मा पुर्याएको छ । संगितको कुनै पनि अध्ययन नगरेका सन्देश घर, विद्यालयमै गुनगुनाउदै यो क्षेत्र सम्म आएको बुबा तामाङले बताए । सन्देशको उपलब्धी उनको मात्रै नभएर सम्पुर्ण धरानवासी भएकाले सबैलाई सहयोगका लागि बुबा तामाङले आग्रह गरेका छन् ।

सांगितिक क्षेत्र सगै पढाइमा पनि अब्बल रहेका सन्देशले गायन मार्फत नै धरान सहित नेपाललाई विश्व सामु चिनाउने लक्ष्य लिएको सन्देश बताउँछन् । बाँकी जिवन पनि संगितमै बिताउन चाहेको उनले बताए ।

सन्देशलाई भोट गरि टप ९ सम्म ल्याउन सहयोग गर्ने सबैलाई बुबा तामाङले धन्यवाद दिदै थप भोटका लागि सबैलाई आग्रह गरेका छन् । उनले भने, ‘देश विदेशमा रहेका सबै नेपाली संगित क्षेत्रलाई माया गर्नेहरुले सन्देशलाई भोट दिई वाइवाइ नेपाल स्टारको बिजेता बनाउन आग्रह गर्दछु ।’सन्देशलाई भोट गर्न म्यासेज बक्समा गई (NS13) टाइप गरि ३३००१मा प्रत्येक शनिवार ९ बजे देखि बिहिबार राति १२ बजे सम्म पठाउन सकिनेछ । साथै नेपाल टेलिभिजनको एप्स बाट पनि भोट गर्न सकिने छ ।

सन्देशले परीवारको आर्थिक अबस्थाका कारण साथी भाईको गितार मागेर गित गुनगुनाउने गर्थे । बुबा सवारी चालक भए पनि उनको साँगितिक मोहलाई परीवारले पनि साथ दिदै आएको छ । उनले प्रारम्भीक शिक्षा धरानकै त्रिवेणी विद्यालयबाट लिएका हुन भने माध्यमिक शिक्षा युरेका बाट लिएका थिए । उच्चशिक्षा पनि धरानकै सिटी कलेजबाट लिएका हुन् ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved