समाचार

    Showing 7,981-7,990 of 10,045 items.
  • दलित महिलाको भेला तथा प्रशिक्षण सम्पन्न: सञ्जालको अध्यक्षमा भुषाल, सचिवमा देविका निर्वाचित

    धरान । धरान उपमहानगरपालिका अन्तर्गतको दलित विकास समितिको आयोजना माघ १३ गते दलित महिला महिला सञ्जालको तेश्रो नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एक नम्बर प्रदेश सांसद उमिता बराइलीको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा सांसद बराइलीले दलित महिलाहरुको काँधमा सिंगो दलित मुक्ति आन्दोलनको जिम्मेवारी आएको बताउँदै त्यसका लागि दलित महिलाहरुको क्षमता बृद्धि गर्नुपर्ने आवश्यकता भएको बताइन् । देशैभरका दलित महिला वडा सदस्यहरु नै दलित समुदायको प्रतिनिधि भएकोले अबको दलित मुक्ति आन्दोलनलाई सहि ढंगले अघि बढाउन दलित महिलाहरु नै सक्रिय हुनुपर्नेमा जोड दिएकी छन् । उनले दलित आन्दोलन छरपष्ट

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 834 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गोदाममा राखिएको डेढ सय मन अलैँची रातारात गायब

    इटहरी: इटहरीको एक गोदामबाट डेढ सय मन अलैँची रहस्यमय ढङ्गले रातारात गायब भएको छ ।खोटाङ जिल्लाबाट ल्याइएको अलैँची जनता बस्तीको गोदाममा राखिएको थियो । गत पुस ४ गते राति नै इटहरी ल्याइएको अलैँची भोलिपल्ट खोजी गर्दा गोदाममा नभेटिएपछि रातारात गायब बनाइएको रहस्य खुलेको थियो । आफूहरू साहु भएको बताउँदै अलैँची मगाएर रातारात गायब बनाएपछि आफूहरू झुटो व्यापारीबाट ठगिएको भन्दै अलैँची किसान खोटाङका युवराज राईले यहाँस्थित इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा इटहरी प्रहरीले चारजनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको छ&nb

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,341 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा समूहका आ–आफ्नै दाबी, प्रदेशसभा बैठक अनिश्चित

    बिराटनगर: सत्तारुढ दल नेकपामा आन्तरिक द्वन्द्व बढेर प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भए पनि यसबारे दलहरूबीच नै छलफल भएको छैन । राजनीतिक रूपमा विभाजित नेकपाका दुवै समूहका आ-आफ्नै दाबी छन् । यही द्वन्द्वले प्रदेशसभा बैठक पनि अनिश्चित बनेको छ । नेकपा (प्रचण्ड-नेपाल समूह) प्रदेश १ का इन्चार्ज भीम आचार्यले काङ्ग्रेसले संविधानसभा विघटनलाई असंवैधानिक कदम भन्दै त्यसको विरोधमा सङ्घर्ष सुरु गरिसकेकोले अब आफूहरूसँगै सहकार्य हुने जिकीर गरेका छन् । आचार्यले विराटनगरमा पार्टीले गरेको पत्रकार सम्मेलनमा अविश्वास प्रस्ताव पारित भएपछि मुख्यमन्त्री कुन

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 895 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आन्दोलनबाटै संसद् पुनःस्थापित हुन्छ : भट्टराई

    इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले आन्दोलनबाटै प्रतिनिधिसभा पुनःस्थापना हुने धारणा राखेका छन् । यहाँ नेकपा (प्रचण्ड-नेपाल समूह) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले बिहीबार यस्तो बताएका हुन् । संविधान बचाउनकै लागि एकपटक कडा आन्दोलन गर्नुपर्ने बताउँदै उनले सबै कार्यकर्तालार्ई कडा रूपले आन्दोलनमा सहभागी हुन आग्रह गरे । भट्टराईले भने, ‘आन्दोलनबाटै आगामी फागुन १५ गतेसम्ममा प्रतिनिधिसभा पुनःस्थापित हुन्छ ।’ संविधानमा हुँदै नभएको बाटो गएर प्रधानमन्त्रीले स्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ । नेता भट्टराईले जनताको ब

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 693 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • षड्यन्त्रको गन्ध आएपछि संसद् विघटन : पोखरेल

    इटहरी: नेकपा (ओली समूह) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकमा संविधानविरोधी चलखेल सुरू भएको गन्ध पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संसद् विघटन गरेको बताएका छन् । दुहबीमा बिहीबार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले गणतन्त्र र सङ्घीयताविरुद्ध पार्टीभित्रबाटै षड्यन्त्र भएको गन्ध आएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको जिकीर गरे । जनताले निर्वाचनमा भारी मत दिएर ओलीलाई प्रधानमन्त्री बनाएको केही समयमै प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र रचेको सुइँको पाएपछि संसद् विघटनको विकल्प नरहेको उनको धारणा छ । पार्ट

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 873 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ

    बिराटनगर। झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ३ जना पक्राउ परेका छन् । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतिय नागरीक किसनगंग धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेहलाई ९८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित झापा गाँपालिका-४ बाट पक्राउ गरेको हो । यसैगरी सुनसरीको कोशी गाँपालिका-१ लौकहीबाट लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका-६ का ३३ बर्षीय हेमराज नेपालीलाई रोकेर चेकजाँ

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,467 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • छ लेन सडक : वारि चिटिक्क, पारि भद्रगोल

    इटहरी:  रानी–किमाथाङ्का छ लेन लोकमार्गको इटहरी क्षेत्रमा अहिले एकपट्टि मात्र निर्माण प्रक्रिया अघि बढेको छ । पटक–पटकको विवादका कारण रोकिँदै निर्माण हुँदै गरेको लोकमार्गको इटहरी क्षेत्रमा विराटनगर रोडका घरधनीहरूको अवरोधका कारण यस्तो अवस्था आएको हो । पछिल्लो समय सर्वोच्च अदालतले जग्गाधनीहरूलाई क्षतिपूर्तिसँगै मुआब्जा पनि दिनुपर्ने विषयलाई प्राथमिकता दिएपछि उत्पन्न परिस्थितिका कारण यहाँ एकपट्टि मात्र सडक विस्तार गर्न थालिएको छ । सडकको एकपट्टि २० फुट बढाएर सडक विस्तार भइरहेको छ । तत्काललाई एकपट्टि मात्रै बनाउन सुरू गरिएको परियोजना प्रमुख बद्री शर्माले ब

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,051 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानउपमहानगर प्रमुख तिलक राईद्धारा शहीद दिवसको शुभकामना

    धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामनाव्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूतिदिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् । नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपालीवीर सपुतको बलिदानी रहेको उपमहानगर मेयर राईद्वारा जारी गरिएको शुभकामना सन्देशमाभनिएको छ । ‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ

    • प्रकाशित मितिः माघ १६, २०७७
    • 1,544 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम

    धरान । धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम आजबाट सुरु भएको छ । धरानको वार्ड नं. २० मा रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर, उपमेयर, वडाध्यक्ष र सामाजिक शाखाका प्रमुखसहितको टोलीले आज (विहीबार) आवश्यक पर्ने औजार सामाग्रीहरु हस्तान्तरण गरेर सुरु भएको हो । नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगार कार्यक्रम रहेको बताउँदै यो वर्ष धरान उपमहानगरपालिकाका १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य महाशाखाका बरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए । बरिष्ठ अधिकृत खतिवडाका अनुसार एक जना रोजगारदाता बराबर ५

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 1,161 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अविश्वास प्रस्ताव पारित भएपछि मुख्यमन्त्रीको विषयमा कांग्रेससंग छलफल हुन्छ : नेता भीम आचार्य

    विराटनगर । नेकपाका प्रदेश १ का इन्चार्ज भीम आचार्यले प्रदेश सरकारविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि कांग्रेससंग मुख्यमन्त्रीको को बन्ने भन्ने विषयमा छलफल हुने बताएका छन । उनले शेरधन राई सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने पनि दाबी गरे । राजनीतिक एजेण्डा मिलेका र संसदमा भएका दलसंग मिलेर अविश्वासको प्रस्ताव पारित गर्ने बताउँदै आचार्यले अब प्रदेश १ मा पनि नयाँ सरकारको अपेक्षा जनस्तरबाट समेत भईरहको चर्चा गरे । नेकपा प्रदेश कमिटीले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा विपक्षी दलसंग आफूले छलफल गरेको बताउँदै आचार्यले भने“कतिपय दलको केन्द्रबाट निर्णय भएर आउन

    • प्रकाशित मितिः माघ १५, २०७७
    • 1,009 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved