आन्दोलनबाटै संसद् पुनःस्थापित हुन्छ : भट्टराई

  • माघ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

इलाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले आन्दोलनबाटै प्रतिनिधिसभा पुनःस्थापना हुने धारणा राखेका छन् ।

यहाँ नेकपा (प्रचण्ड-नेपाल समूह) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले बिहीबार यस्तो बताएका हुन् । संविधान बचाउनकै लागि एकपटक कडा आन्दोलन गर्नुपर्ने बताउँदै उनले सबै कार्यकर्तालार्ई कडा रूपले आन्दोलनमा सहभागी हुन आग्रह गरे ।

भट्टराईले भने, ‘आन्दोलनबाटै आगामी फागुन १५ गतेसम्ममा प्रतिनिधिसभा पुनःस्थापित हुन्छ ।’
संविधानमा हुँदै नभएको बाटो गएर प्रधानमन्त्रीले स्वेच्छाचारी प्रवृत्ति देखाएको उनको आरोप छ ।

नेता भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) लाई प्रधानमन्त्रीले नै कुल्चिएको आरोप लगाए । पार्टीले असहयोग गरेको भन्ने प्रधानमन्त्रीको भनाइ गलत भएको उनको भनाइ छ ।

संसद्मा पेश गरिएका नीति, कार्यक्रम र बजेट फरक मतसमेत नराखी पारित गरेको उल्लेख गर्दै नेता भट्टराईले भने, ‘प्रधानमन्त्रीले पार्टीले असहयोग ग¥यो भन्नु गलत हो ।’

दुवै पार्टी (एमाले(माओवादी) बीचको सैद्धान्तिक र व्यावहारिक सहमतिपछि पार्टी एकता सम्भव भएको र एकताकै कारण दुई तिहाइको सरकार बनेको जिकीर गर्दै उनले थपे, ‘तर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर देशलाई सङ्कटमा लैजान खोजे पनि यसलाई आन्दोलनबाटै बचाउनुपर्छ ।’

 

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved