षड्यन्त्रको गन्ध आएपछि संसद् विघटन : पोखरेल

  • माघ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी: नेकपा (ओली समूह) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकमा संविधानविरोधी चलखेल सुरू भएको गन्ध पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल संसद् विघटन गरेको बताएका छन् ।

दुहबीमा बिहीबार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले गणतन्त्र र सङ्घीयताविरुद्ध पार्टीभित्रबाटै षड्यन्त्र भएको गन्ध आएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्नुपरेको जिकीर गरे ।

जनताले निर्वाचनमा भारी मत दिएर ओलीलाई प्रधानमन्त्री बनाएको केही समयमै प्रचण्ड र नेपाल पक्षले प्रधानमन्त्रीबाट हटाउने षड्यन्त्र रचेको सुइँको पाएपछि संसद् विघटनको विकल्प नरहेको उनको धारणा छ ।

पार्टी एकीकरणको समयमा व्यक्त प्रतिबद्धता र सम्झौताविपरीत प्रचण्ड र नेपालले धोका दिएर पार्टी र जनतामाथि अन्तर्घात गरेको आरोप लगाउँदै उनले प्रचण्डलाई जनताभन्दा कुर्सी प्यारो भएको दाबी गरे ।

जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले आगामी निर्वाचनमा जनताले ओलीलाई मुलुकको कार्यकारीमा चुन्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

उपप्रधानमन्त्री पोख्रेलले प्रचण्ड र नेपाल पक्षले विभिन्न जिल्लामा आयोजित सभामा जनता आफ्नो पक्षमा रहेको दाबी गरे पनि सत्यता भने त्यसको विपरीत रहेको ठोकुवा गरे ।

सोही कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू जनताबाट चुनिएर नेता भएको बताउँदै कसैले टीका लगाइदिएर मुख्यमन्त्री नभएको दाबी गरे ।

प्रदेश सरकारविरूद्ध अविश्वास प्रस्ताव दर्ताको बहानामा नेता भीम आचार्यले संसद् कब्जा गर्ने नियत राखेको उनको आरोप छ । तर यो योजना कदापि सफल हुन नदिने मुख्यमन्त्री राईले बताए ।

आफूप्रदेशको मुख्यमन्त्री भएर कार्यभार सम्हालेकै भोलिपल्टदेखि नेता आचार्यको समूहले आपूmविरूद्ध षड्यन्त्र रचेको जानकारी पाइसकेकोले संसद् कब्जा गर्ने उनको नियतको भण्डाफोर गर्ने मुख्यमन्त्री राईले बताए ।

केन्द्रदेखि प्रदेशसम्मका संसद् कब्जा गर्ने, सत्ता कब्जा गर्ने नियत राखेर आचार्य र केही सांसद्हरू मिलेर आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बताउँदै मुख्यमन्त्री राईले त्यसको डटेर सामना गर्न आपूm हरदम तयार रहेको धारणा राखे ।

duabhi

सुनसरी उवासंघको चुना ...

धरान/ आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य ...

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved