धरान । धरान उपमहानगरका प्रमुख तिलक राईले शहीद दिवसको अवसरमा शुभकामनाव्यक्त गरेका छन् ।
आज एक शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापना एवं पुनस्थापना तथा विभिन्न कालखण्डका लागि जीवन आहूतिदिने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुको सम्झना गर्दै शहीद दिवसको अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।
नेपालका सबैखाले आन्दोलन सफल बनाउन नेपालीवीर सपुतको बलिदानी रहेको उपमहानगर मेयर राईद्वारा जारी गरिएको शुभकामना सन्देशमाभनिएको छ ।
‘स्वतन्त्रताको पक्षमा निरंकुशताविरुद्ध उभिएर प्रजातन्त्र, लोकतन्त्र तथा गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने महान शहीदहरुको योगदान सधै स्मरणीय रहनेछ । आफ्नो जीवनअर्पण गर्ने सम्पूर्ण ज्ञात अज्ञात महानशहीदहरुप्रतिहार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमाउच्च सम्मानअर्पण गर्दछु’शुभकामना सन्देशमाउल्लेख छ ।
देश र जनताको लागि आफ्नो जीवन आहुतीदिने विर शहीदहरुप्रति श्रद्धा, सम्मान र स्मरण स्वरुप धरान उपमहानगरपालिकामा पनि विविध कार्यक्रमहरु गरी शहिद दिवस मनाइँदै आएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
नेपालमा प्राप्त लोकतन्त्र र अग्रगमन हाम्रा महान् शहीदहरुका त्याग तथा बलिदानको परिणाम हुन् । शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास र समृद्धिका लागि अगाडि बढ्न सकेमा मात्र शहीदहरु प्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने राईले विश्वास व्यक्त गरेका छन् ।
मेयर राईले देशलाई दिगो आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउँदै शहीदहरुको सपना साकार पार्नकालागि एक भएर लाग्न प्रमुखराईले सबैलाई आग्रह समेत गरेका छन् ।
‘नेपाली माटोले जन्माएका शहीदहरु प्रतिपुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै विकास र समुन्नतीकालागि सबैमा प्रेरणा मिलोस् भन्ने शुभकामनाव्यक्तगर्दछु’शुभकामना सन्देशमा भनिएको छ ।