समाचार

    Showing 7,881-7,890 of 10,045 items.
  • दलितलाई राजनैतिक संरक्षण दिनुपर्छ:मन्त्री सोनाल

    धरान/  प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले जातीय विभेद तथा छुवाछुतलगायत विभिन्न समस्याबाट पीडित वनाइएको दलित समुदायको समग्र विकासका लागि उनीहरूलाई राजनैतिक संरक्षण दिनु आवश्यक रहेकोमा जोड दिएका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको आयोजनामा जनकपुरमा सम्पन्न ‘दलित समुदायको संवैधानिक अधिकार कार्यान्वयनमा प्रदेशस्तरीय सरोकारवाला निकायको भूमिका र भावी रणनीति’ विषयक संवाद कार्यक्रममा मन्त्री सोनालले यस्तो बताएका हुन् । दलित समुदायको विकासका लागि प्रदेश नं २ सरकार संवेदनशील रहेको बताउँदै उनले नेपालमा पहिलोपल्ट प्रदेशस्तरीय दलित सशक्तीकरण ऐन ल्य

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विप्लव समूहसँग वार्ता गर्न सरकारद्वारा २ सदस्यी र्वाता टोली गठन

    धरान । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सग वार्ता गर्न सरकारले २ सदस्यी वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवम सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरि २ सदस्यी र्वाता टोली गठन गरिएको बताएका हुन् । उनले गृहमन्त्री रामबहादुर थापा(बादल)को संयोजकत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई सहितको दुई सदस्य टोली गठन गरिएको बताए । मन्त्री गुरुङले छिटै वार्ता हुने विश्वास पनि व्यक्त गरेका छन् । साथै नेपाललाई शान्त बनाउने र सशस्त्र समूह सबैलाई शान्ति प्रक्रियामा ल्याउने सरकारको तयारी रहेको उनको

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 764 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हातमा दल्ने सेनिटाइजर खाँदा दुईको मृत्यु

    विराटनगर,हातमा दल्ने सेनिटाइजर खाँदा मोरङमा दुईजनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा झापाको शिवसताक्षी नगरपालिका–४ घर भई विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको क्वार्टरमा बस्ने ६५ वर्षीया अम्बिका गिरी र मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डल छन् । किटाणु नष्ट गर्न प्रयोग गरिने सेनिटाइजर खाएर उनीहरू सिकिस्त भएका थिए । उपचारका क्रममा अस्पतालमा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिए । गिरीले मदिरा भनेर र मण्डलले पारिवारिक विवाद बढ्दा सेनिटाइजर खाएको खुल्न आएको प्रहरीको भनाइ छ । मदिराको नशामा रहेकी गिरीले शनिबार राति ११ बज

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 1,347 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुन्दरहरैँचामा ‘उज्यालो कार्यक्रम’

    इटहरी/  मोरङको सुन्दरहरैँचामा पहिलोपटक ‘वडाध्यक्ष उज्यालो कार्यक्रम’ थालनी भएको छ । सोमबार औपचारिक कार्यक्रम आयोजना गरी वडा नं ४ बाट सो कार्यक्रमको थालनी गरिएको हो । वडाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उद्घाटन गर्दै उज्यालो वडा अभियानको थालनी भएको घोषणा गरे । वडामा रहेको कुनै पनि टोललाई अँध्यारोमा नराख्ने घोषणा गर्दै उनले प्रत्येक गाउँमा प्रविधियुक्त बत्ती जडानगरिने बताए । वडा नं ४ को मातृभूमि टोलबाट शुरू गरिएको अभियानअन्तर्गत एकै दिन विभिन्न टोलमा सयभन्दा बढी बत्ती जडान गरिएको बताइएको छ । जडान गरिएका बत्तीहरू प्रविधियुक्त छन् । वडा ४ मा २९ वटा टोल रहेकामा एकै दिन सातभन्

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘निजीलाई पोस्ने’ यातायात ट्रायल सेन्टरको निर्णय कार्यान्वयन नगर्न लेखा समितिको निर्देशन

    विराटनगर । अब प्रदेश १ सरकारलाई ‘निजीलाई पोस्ने’ गरी यातायात सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षाको जिम्मा दिने निर्णय तत्काल कार्यान्वयन गर्न कठिन भएको छ । सार्वजनिक लेखा समितिले यस निर्णयबाट पछि हट्न मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारलाई सोमबार निर्देशन दिएको छ । प्रदेश १ मा यातायात कार्यालयले जग्गा भाडामा लिएर निःशुल्क रुपमा ट्रायल सेन्टर संचालन गर्दै आएका थिए । तर, राई आफैंले नेतृत्व गरेको भौतिक पूर्वाधार मन्त्रालयले भने सरकारको निर्णयलाई कार्यान्वयन गर्न यातायात कार्यालयलाई परिपत्र गरी प्रक्रिया नै शुरु गरिसकेको छ । प्रदेश सरकारले गत पुस दोस्रो साता सवारी चालक अनु

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 1,052 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • पूर्व बजेटमाथि प्रदेश १ का व्यवसायीको सुझाव : भ्याटको दायरा १० प्रतिशत बनाउन माग

    विराटनगर अर्थ मन्त्रालयले आगामी बजेटका विषयमा पूर्वछलफल शुरु गरेसँगै प्रदेश १ का व्यवसायीले सुझाव दिएका छन् ।आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा समेट्नुपर्ने विषय र क्षेत्रबारे अर्थ मन्त्रालयले प्रदेश १ को राजधानी विराटनगरमा बजेट छलफल आयोजना गरेको छ । नेपाल राजस्व परामर्श समितिले गरेको छलफलमा आयकर छुटको सीमालाई वृद्धि गर्न व्यवसायीले माग गरेका छन् । यो सीमा व्यक्तिका लागि ८ लाख र दम्पतिका लागि १० लाख रूपैयाँ कायम गरिनुपर्ने भन्दै उनीहरूले यस विषयलाई बजेटले सम्बोधन गर्नुपर्ने माग गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नम्बर १ का अध्यक्ष टीकाराज ढकालले कार्यपत्र प्रस्तुत गर्दै भन

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 748 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • १६ नम्बर वडा बालमैत्री वडा घोषित

    धरान/  धरानमा थप एउटा वडा बालमैत्री वडा घोषण भएको छ । सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरी धरान १६ नम्बर वडा लाई बालमैत्री वडा घोषणा गरिएको हो ।यो सगैँ धरानमा बालमैत्री वडा घोषण हुने वडाको संख्या १४ पुगेको छ भने ६ वडा अझै पनि घोषणा हुन बाँकी रहेका छन् । स्थानीय शासन रणनिति २०६८ले निर्धारण गरेको सुचकहरु गत चैतमै पुरा गरेको भएपनि कोरोनाका कारण केही घोषणा गर्न केही ढिलाई भएइको वडा बाल सञ्जालका अध्यक्षा ऐनिस रेग्मीले बताए । १६ नम्बर वडाका वडाध्यक्ष दिलकुमार गिरीका अनुसार ३९ वटा सूचकमा तोकिएको नतिजा प्राप्त गरेको र १६ वटा तहगत खुड्किला पार गरेर बालमैत्री वडा घोषणा गरिएको बताए ।उनले

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 1,123 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रेस संगठन सुनसरीको जिम्मेवारी बाँडफाड

    धरान । प्रेस संगठन नेपालको सुनसरी जिल्ला विस्तार सँगै नगर स्तरिय जिम्मेवारी बाँडफाट गरेको छ । नेकपा (ओलि सुमह) निकटका पत्रकारहरुको संगठनले फागुन २ गतेको बैठकले २२ सदस्यीय समिती बिस्तार गरेको थियो । सोमबार जिल्ला बैठकले थप ९ सदस्यहरुलाई मनोनयन गर्दै ३१ कार्यसमिती बनाएको छ । ४५ सदस्यीय जिल्ला कार्यसमितीका थप सदस्यहरु मनोनयन गर्ने जनाएको छ । जिल्ला कार्यसमितीमा रेवती निरौला, सिमा बस्नेत, वेद कुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ, सनम तामाङ, विकि श्रेष्ठ र मित्र क्षेत्रीलाई मनोनित गरेको छ । त्यसै गरि बैठकले धरान उपमहानगर इन्चार्जमा दामोदर गुरागाई, सहइन्चार्जमा रोशन दाहाल, सं

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शम्चूको ‘अनुहारमा आप्पा’ विमोचन

    विराटनगर/ युवाकवि दीपक शम्चूको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’ को विमोचन गरिएको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको विमोचन वरिष्ठ साहित्यकार डा तुलसीप्रसाद भट्टराई, प्राडा टङ्कप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङलगायतले संयुक्त रूपमा गरेका थिए । ‘अनुहारमा आप्पा’ शम्चूको पहिलो कवितासङ्ग्रह हो । विभिन्न पत्रपत्रिकामा उनका फुटकर सिर्जना प्रकाशित भएका छन् । विमोचित कृतिमाथि समालोचक भूषण ढुङ्गेलले टिप्पणी गरे । उनले कवितासङ्ग्रहमा विभिन्न स्वादका कविताहर

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 763 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बालिकालाई करणी गरेको आरोपमा पक्राउ

    विराटनगर/ बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाकी अभिभावकविहीन ११ वर्षीया बालिकालाई जर्बजस्ती गरेको आरोपमा ४५ वर्षीय राजेन्द्र सरबरियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको साहेबगन्जमा नेपाल–भारत सीमा नजिकबाट उनलाई पक्राउ गरिएको हो । पीडितकी ठूलीआमा ३८ वर्षीया पार्वतीदेवी मुखियाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले सरबरियालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताए । जहदा–१ को धुनीटोलमा बालिकालाई बलात्कार गरिएको आफन्तको दावी

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 756 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved