सुन्दरहरैँचामा ‘उज्यालो कार्यक्रम’

  • फागुन १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/  मोरङको सुन्दरहरैँचामा पहिलोपटक ‘वडाध्यक्ष उज्यालो कार्यक्रम’ थालनी भएको छ ।
सोमबार औपचारिक कार्यक्रम आयोजना गरी वडा नं ४ बाट सो कार्यक्रमको थालनी गरिएको हो ।

वडाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले उद्घाटन गर्दै उज्यालो वडा अभियानको थालनी भएको घोषणा गरे । वडामा रहेको कुनै पनि टोललाई अँध्यारोमा नराख्ने घोषणा गर्दै उनले प्रत्येक गाउँमा प्रविधियुक्त बत्ती जडानगरिने बताए ।

वडा नं ४ को मातृभूमि टोलबाट शुरू गरिएको अभियानअन्तर्गत एकै दिन विभिन्न टोलमा सयभन्दा बढी बत्ती जडान गरिएको बताइएको छ । जडान गरिएका बत्तीहरू प्रविधियुक्त छन् । वडा ४ मा २९ वटा टोल रहेकामा एकै दिन सातभन्दा बढी टोलमा बत्ती लगाइएको वडाध्यक्ष श्रेष्ठले बताए । अभियान सबै टोलमा जारी रहने उनले बताए । नगरपालिकामै पहिलोपटक यसै वडाबाट वडा प्रोफाइलको काम पनि शुरू भएको वडाध्यक्ष शैलेन्द्रश्रेष्ठले बताए ।

त्यस्तै, वडा नं ४ का वडा सदस्य रविन दाहालले स्थानीय निर्वाचनअघि जनतामाझ गरिएको प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने बताए । उनले एकैपटकमा सबै वाचा पूरा नभए पनि क्रमशः अघि बढाउँदै लैजाने प्रतिबद्धता जाहेर गरे । कार्यक्रममा विभिन्न टोल विकास समितिका अध्यक्षलगायत स्थानीयको पनि उल्लेख्य
सहभागिता थियो ।

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved