प्रेस संगठन सुनसरीको जिम्मेवारी बाँडफाड

  • फागुन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रेस संगठन नेपालको सुनसरी जिल्ला विस्तार सँगै नगर स्तरिय जिम्मेवारी बाँडफाट गरेको छ ।

नेकपा (ओलि सुमह) निकटका पत्रकारहरुको संगठनले फागुन २ गतेको बैठकले २२ सदस्यीय समिती बिस्तार गरेको थियो । सोमबार जिल्ला बैठकले थप ९ सदस्यहरुलाई मनोनयन गर्दै ३१ कार्यसमिती बनाएको छ ।

४५ सदस्यीय जिल्ला कार्यसमितीका थप सदस्यहरु मनोनयन गर्ने जनाएको छ । जिल्ला कार्यसमितीमा रेवती निरौला, सिमा बस्नेत, वेद कुमार सुब्बा, सिर्जना नेपाल, नरेन कुलुङ, विक्रान्त श्रेष्ठ, सनम तामाङ, विकि श्रेष्ठ र मित्र क्षेत्रीलाई मनोनित गरेको छ ।
त्यसै गरि बैठकले धरान उपमहानगर इन्चार्जमा दामोदर गुरागाई, सहइन्चार्जमा रोशन दाहाल, संयोजक केदार बस्नेत र सहसंयोजक बसन्त राईलाई जिम्मेवारी तोकेको छ । त्यसै गरि इटहरीको इन्चार्जमा सहसंयोजक शुभद्रा प्याकुरेल, संयोजक त्रिलोचन पौडेल र सहसंयोजकमा रेवती निरौलालाई तोकेको छ । त्यसै गरि बराहक्षेत्र नगरपालिकाको इन्चार्जमा विजय कुमार राई, सहइन्चार्ज कृष्ण भट्टराई (बहाव), संयोजक विमला घिमिरे र सहसंयोजकमा प्रदिप चौधरी रहेका छन् ।

धरान नगरसमिती पनि बिस्तार गरिएको धरान ईन्चार्ज दामोदर गुरागाईले जानकारी दिए । कमिटिलाई १९ सदस्यीय बनाइएको छ । कमिटिको सदस्यहरुमा दिपक लिम्बू, मौसमी कार्की, कमान सिंह याम्फु, बृद्धशिला मगर, निलेश बिष्ट, अनिस बस्नेत, कमल बिष्ट, लक्ष्मी कार्की, प्रविण राई, स्नेहा श्रेष्ठ, उत्तम श्रेष्ठ र सन्देश तिमल्सिना रहेका छन् ।
बैठकमा प्रदेश इन्चार्ज लिलाराज भट्टराई, प्रदेश सदस्य उपेन्द्र चाम्लिङ लगायतले संगठनले श्रमजिवि पत्रकारहरुको पक्षमा काम गर्ने भएकाले सक्रिय पत्रकारितामा लाग्न आग्रह गरे ।

वीपी प्रतिष्ठानलाई छ ...

धरान/ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धर ...

अमरवस्ती सेतोपुलका ब ...

धरान/ एक बर्ष अघि अविरल वर्षासँगै आएको भीषण बाढीको ...

धरान–१६ मा महिलालाई ...

धरान/  महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने ...

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved