वराहक्षेत्र/ पन्ध्र वर्षसम्म लागूऔषध दुव्र्यसनमा फँसेका एक युवक अहिले लागूऔषधविरुद्धको अभियानमा सक्रिय छन् । उनको यो कार्य धेरै युवाका लागि प्रेरणाको स्रोत बनेको छ । वराहक्षेत्र–६ मा पर्ने चक्रघट्टीका ३८ वर्षीय अमृत पुलामी मगर अहिले रक्षा फाउन्डेसनमार्पmत् लागूऔषधविरुद्धको अभियानमा छन् । उनले सुधार केन्द्र खोलेर लागूऔषध प्रयोगकर्तालाई सुबाटोमा ल्याउने काम गर्दैछन् । उनको सुधार केन्द्र रामधुनीस्थित झुम्कामा छ । लागूऔषध प्रयोगमा लागेका मानिसलाई पुरानै अवस्थामा फर्काएर सामाजिकरूपमा सगौरव जीवन निर्वाह गर्न सक्ने बनाउन केन्द्र सञ्चालन गरेको उनी बताउँछन् । १५ जना क्षमताको सुधार के
वराहक्षेत्र/ नेकपा (प्रचण्ड–नेपाल समूह) को राष्ट्रिय युवा सङ्घ नेपाल वराहक्षेत्रले वडा कमिटी गठन गर्न थालेको छ । बिहीबार वडा नं. ३ कमिटी गठन गरेर शुरु गरिएको वडा कमिटी विस्तार कार्यक्रमअन्तर्गत शुक्रबार वडा नं. १ र २ मा पनि कमिटी गठन गरिएको छ । चतरास्थित बोलबम धर्मशालामा सम्पन्न १ र २ को संयुक्त भेलाले वडा नं. १ मा मनिष श्रेष्ठ संयोजक र वीरेन्द्र राई सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटी गठन गरेको नगर संयोजक सुरज भण्डारीले बताए । त्यस्तै, सोही भेलाले वडा २ को वडा संयोजकमा रामबहादुर राई र सागर लिम्बू सहसंयोजक रहेको ५१ सदस्यीय वडा कमिटि गठन गरेको छ । नगर संयोजक भण्डारीको अध्यक्ष
मोरङ/ कानेपोखरी गाउँपालिकामा शुक्रबार आठौं गाउँसभा शुरु भएको छ । गाउँसभामा छलफलका लागि ६ वटा विधेयक प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जनाए । नेपालमा सङ्घीयताको अभ्यास नयाँ भएको हुँदा स्थानीय सरकारलाई प्रभावकारी वनाउन कानुनको अभाव रहेकोले कानुन निर्माणमा विशेष ध्यान दिएको अध्यक्ष काफ्लेको भनाइ छ । गाउँसभामा उपाध्यक्ष राजमती इङ्नामले चालू आवमा भएका विकास निर्माण तथा अनुगमनसम्बन्धी क्रियाकलापको समीक्षा प्रस्तुत गरिन् । यसैगरी २ नं. वडाध्यक्ष सुशिल बुढाथोकीले चालू आवको हालसम्मको आम्दानी र खर्चको विवरणबारे सभालाई जानकारी दिए । गाउँपालिकामा सेवा प्रवाहको गुणस्तरमा
धरान । सिंचाई प्रयोजनका लागि खनिएका डिपबोरिङ धरानमा असफल बन्दै गएको छ । धरान ६ पानबारीमा ६ वटा डिप बोरिङ खनिए पनि स्थानीयहरु कृषिका लागि खोलाकै पानीको भर पर्नु पर्ने अवश्था रहेको छ । सबै डिपबोरिङहरु संचालनमा रहे पनि सिचाईका लागि प्रयोगमा नआएको पाइएको छ । ०७४ सालमा निर्माण शुरु भई दुई वर्षमा ६ वटै डिपबोरिङ संचालनमा ल्याइएको थियो । सिचाईलाई लक्षित बोरिङ खनिए पनि अहिले प्रयोग विहीन अवस्थामा पुगेका छन् । कृषकलाई सहज रुपमा सिंचाई गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका डिपबोरिङ आंशिक रुपमा मात्र सञ्चालनमा आउँदा कृषिकहरु सिंचाइका लागि खोलाको पानीको भर पर्नु परेको कृषकहरु गुनासो गर्छन् ।धरान उपमहानगरपाल
धरान – मोटरहेड बाइकको थ्रीएस सोरुम बुटवलमा सञ्चालनमा आएको छ । शुक्रबार नेपाल अटो मेकानिस ट्रेड युनियन (नाटु) का अध्यक्ष जीनव अधिकारीले नयाँ सोरुमको अद्घाटन गरेका हुन् । बिक्री शुभारम्भको अवसरमा बुटवलस्थित उक्त सोरुममा फागुन २१ देखि २३ गते सम्म एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध हुने मोटरहेड बाइकको अधिकारिक वितरक एसएलआर टेक्नो एन्ड टे«डका जनरल म्यानेजर उज्वल जोशीले बताए । यस अन्तर्गत जुनसुकै ब्रान्डका पुराना बाइकसँग नयाँ मोटरहेड बाइक साट्न सकिने छ । यसका लागि बजारमा प्रचलित मूल्य भन्दा थप १५ हजार रुपैयाँ प्रदान गरिने छ । नयाँ बाइकमा १० हजार रुपैयाँ छुट र निःशुल्क हेलमेट उपलब्
इटहरी/ एक साताअघि इटहरी–२ को भद्रटोलस्थित सावित्रा भण्डारीको घरमा दिउँसै ताला फुटाएर लाखौँ मूल्यको गरगहना तथा रकम चोरी भयो । अभियुक्तलाई चोरीका सामग्रीसहित प्रहरीले नियन्त्रणमा लियो । चोर नै समातिएपछि भण्डारीले आफ्ना गहना र रकम प्रहरीसँग माग गरिन् तर प्रहरीले कानुनी प्रक्रियामा गएको कारण तत्काल फिर्ता गर्न नसक्ने बतायो । त्यसपछि उनी आफ्नै सामान लिन झमेला व्यहोर्नुपरेको भन्दै प्रहरी कार्यालयबाट बाहिरिइन् । त्यस्तै, एक महिनाअघि इटहरी–३ को तालतलैया मार्गबाट एक विद्यार्थीको ल्यापटप र मोबाइल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिलाई इटहरी प्रहरीले ४८ घण्टाभित्रै सामानसहित नि
विराटनगर । नेकपामा उत्पन्न विवादसंगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा अविश्वास प्रस्ताव पेस भए पछि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनितिमा रहेको छ । प्रदेशसभा बैठक डाकिएको डेड महिना बितिसक्दा पनि सरकारले संसद छल्दै आफ्नो आयु लम्ब्याउने रणनीति अख्तियार गरेपछि प्रदेशसभा समेत बन्धक बन्न पुगेको छ । सरकार अनुकूल हुने गरी बारम्बार प्रदेशसभाको बैठकको मिति तोक्ने र बैठक सारिदिने गर्नाले पेस भएको अविश्वास प्रस्तावमाथि छलफल शुरु नहुँदा प्रदेश १ सरकारको आयु १२ दिन थपिएको छ । विहीबार २ बजेको लागि बैठक तय भएको थियो । तर, प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले बुधबार सूचना
इलाम । इलाम नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरणको जिल्लामा पहिलोपटक इलाम नगरपालिकाबाट शुरु भएको हो । यस अघि जिल्ला प्रशासन कार्यलय इलामले कार्यलयमा आउने सेवाग्राहीलाई फोटो खिचाउँदै आएको थियो । इलाम नगरपालिकामा शुरु भएको परिचय पत्र वितरण नगरका १२ वटै वडाहरुमा एकै पटक शुरु भएको नगरपालिकाले जनाएको छ । परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम नागरिकता प्राप्त व्यक्तिलाई राष्ट्रिय परिचयपत्र दिइनेछ । एक दिनमा एक सय २० जनासम्मको फोटो खिच्ने र विवरण लिइने इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए । फोटो खिच्नका लागि नागरिकता, विवाहित
विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश १ सरकारले राहत सामग्री उपलब्ध गराएको छ । विहीबार आगलागीले ध्वस्त भएको बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामग्री उपलब्ध गराउनुका साथै पिडितलाई थप राहत प्याकेज समेत घोषणा गरेका छन । पीडित परिवारलाई प्रदेश सरकारले प्रति परिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले दोभानबस्तीमा पुगेर बताए । त्यस्तै डेराभाडामा बस्दै आएका परिवारलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले सुनाए । आगलागी पीडितहरुको अवस्था बुझ्न घटनास्थल पुगेका मुख्यमन्त्री राईले पीडितहरुको माग अनुसार ग्यास
इटहरी/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले गत सोमबार उद्घाटन गरेको इटहरीको इपिल्यान्ड वाटर पार्क विवादमा तानिएको छ । परिचित व्यवसायी भीम पौडलसहित अवकास प्राप्त एआईजी कृष्ण बस्नेत तथा उनका नातेदार कृष्ण बस्नेत र पूर्व डीआईजी ज्ञानविक्रम साहको संयुक्त लगानीमा पार्क सञ्चालन भएको हो । सो पार्क सरकारी जग्गामा बनेको र नक्सा पाससमेत नगरी निर्माण भएको आरोप लागेपछि विवादमा तानिएको हो । पार्क नेपालकै पहिलो नमुना वाटर पार्क भएको सञ्चालकहरूको दावी छ । मन्त्री ढकालले उद्घाटन गरेर पार्क सञ्चालन भइसकेपछि इटहरीकी उपमेयरले सो पार्क अवैध र गैरकानुनी तवरले निर्माण भएको बताएकी छन् । उ